Category: खेल

खेल

  • अष्ट्रेलियामा ६ चर्चित टिमसँग खेल्दै नेपाली क्रिकेट टोलि

    अष्ट्रेलियामा ६ चर्चित टिमसँग खेल्दै नेपाली क्रिकेट टोलि

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा अष्ट्रेलियामा आयोजना हुने टप इन्ड टी-२० सिरिजमा ६ विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालले नर्थन टेरेटोरी स्ट्राइक्स, बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्स र अष्ट्रेलियाका लोकप्रिय बिग ब्यास लिगका टोलीहरू – मेलवर्न स्टार्स, होबर्ट हरिकेन्स र मेलवर्न रेनेगेड्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ।

    डार्बिनमा हुने यो सिरिजअन्तर्गत नेपालले १५ अगस्टमा नर्थन टेरेटोरी, १६ मा बंगलादेश ‘ए’, १८ मा मेलवर्न स्टार्स, १९ मा होबर्ट हरिकेन्स, २० मा मेलवर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।

    यो सिरिज सेप्टेम्बरमा हुने आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेलिँदैछ। विश्वकपमा दोस्रोपटक स्थान बनाउने लक्ष्यसहित नेपाली टोलीले अष्ट्रेलियापछि वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ। त्यसपछि, छनोट खेलका लागि नेपाल ओमान जानेछ, जहाँ ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष ३ टोलीले भारत–श्रीलंकामा आयोजना हुने विश्वकपका लागि स्थान बनाउनेछन्।

    यस्तो छ अस्ट्रेलियामा हुने सिरिजको पूरा खेल तालिकाः

  • महत्वपूर्ण खेलको दिन प्रधानमन्त्रीसँगको भिडियोकलले खेलाडीमा तनाव थप्यो

    महत्वपूर्ण खेलको दिन प्रधानमन्त्रीसँगको भिडियोकलले खेलाडीमा तनाव थप्यो

    नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले नेपाल–उजबेकिस्तानबीचको निर्णायक खेलमा खेलाडीहरू राजनीतिक दबाबमा परेको खुलासा गरेका छन्। उनका अनुसार, उक्त दिन बिहान ११ बजे प्रधानमन्त्रीसँग भएको भर्चुअल मिटिङका कारण खेलाडीहरू तनावग्रस्त भएका थिए।

    वाइल्डले भने, “हामीले खेल ३–१ को स्थितिबाट बराबरीमा ल्याएका थियौं, तर पेनाल्टी सुटआउटमा ३ देखि ५ जना खेलाडीले पेनाल्टि प्रहार गर्नै मानेनन्। किनभने उनीहरू प्रधानमन्त्रीसँगको भिडियोकलका कारणले मानसिक तनावमा थिए। उनिहरुले त्यसबेला खेलको दबाब नभएर राजनीतिक दबाबका कारण गेममा फोकस हुन सकेनन् ।

    उनले यति संवेदनशील घडीमा प्रधानमन्त्रीसँगको मिटिङ आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्। त्यसपछि “मैले उजबेकिस्तानको टिमलाई पनि सोधेँ – ‘तिमीहरूलाई राष्ट्रपति‌ले फोन गरे?’वाइल्डको उक्त प्रश?नमा उजवेकी टोलीको जवाफ थियो हामिलाई त्यसरी राष्ट्र प्रमुखले कल गरेर कुनै दबाब दिएनन् ।’उनले यस प्रसंगमा चर्चित स्पेनिस क्लब रियल मड्रिडको उदहारण दिदै जब रियल मड्रिड च्याम्पियन्स लिग खेल्छ, के पेरेज मिडियामा आउँछन्? त भनेर प्रश्न समेत उठाएका छन् ।

    वाइल्डले यस किसिमको राजनितीक दबाबले खेलाडीको मनोबल भंग हुने र खेलको परिणाममा असर पर्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

  • एन्फालाई फुटबल होइन, केवल राजनीति चाहिएको छ- प्याट्रिक डे वाइल्ड

    एन्फालाई फुटबल होइन, केवल राजनीति चाहिएको छ- प्याट्रिक डे वाइल्ड

    नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गम्भीर आरोप लगाएका छन्।द काठमाडौं पोस्टका पत्रकार नायक पौडेललाई दिएको विशेष अन्तर्वार्तामा वाइल्डले एन्फालाई फुटबल विकासभन्दा राजनीति र आफ्नो स्वार्थ प्राथमिक रहेको आरोप लगाएका छन्।

    “सुरुको दिनदेखि नै समस्या सुरु भयो,” उनले भने, “खेलाडीहरूलाई होस्टेलजस्तो होटलमा राखिएको थियो, खानाको गुणस्तर पनि अत्यन्त खराब थियो। म मुख्य प्रशिक्षक भएर आएको भए पनि मलाई टिमबाट अलग एक होटलमा राखियो।”

    मैले भनेँ — खेलाडी र प्रशिक्षक एउटै होटलमा बस्नुपर्छ। उनीहरूले मलाई थ्रि-स्टार होटल दिन खोजे, तर मैले फोरस्टार चाहिन्छ भनेपछी समस्या त्यहीबाट सुरु भएको हो ।

    त्यही बेलादेखि एन्फा अधिकारीहरूले यो प्रशिक्षकसँग काम गर्न गाह्रो हुन्छ भन्ने महसुस गर्न थाले। तर मैले जे मागेँ, त्यो सबै खेलाडीहरूकै हितमा थियो। आखिर एन्फा त खेलाडी र फुटबलकै लागि हो, हैन र?

    वाइल्डले आफूलाई चार तारे होटलको माग गरेपछि एन्फाका अधिकारीहरूले उनलाई ‘कठिन कोच’ ठान्न थालेको बताए।

    टिम व्यवस्थापनसँगको मतभेदको विषयमा उनले थपे, क्याप्टेन छान्दा समेत विवाद भयो। सबित्रा भण्डारी नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनी नभए नेपालले जित्न गाह्रो पर्छ। गीता राना र सरस्वती हमाल पनि उत्कृष्ट खेलाडीहरू हुन्। सबै विवादहरूका बाबजुद, खेलाडीहरूले सबै कुरा बिर्सिएर राम्रो खेल खेलेकै हुन् । अवस्था जे-जस्तो भएपनि खेलाडीले आफ्नो धर्म कहिले बिर्सेनन् र जहिले मैदानमा ज्यान दिन तयार भए ।

    वाइल्डले कहिलेकाहीँ त होटलमा बरफ पनि हुन्नथ्यो भनेर उक्त अन्तरवार्तामा बताएका छन् । सोच्नुस् त, बरफ पनि नपाइने अवस्था!वाइल्डले होटलमा साधारण आवश्यकतासमेत पूरा नभएको भन्दै आक्रोश पोखे।

    म त्यस्ता प्रशिक्षक होइन जो केवल कफी पिउँछ र खेलाडीहरूलाई निर्देशन दिन्छ। म फरक छु। ‘यो गर’, ‘त्यो नगर’ भन्ने दबाब दिने शैली फुटबलको लागि राम्रो होइन।

    एन्फाबाट अपेक्षित सहयोग नपाएको उल्लेख गर्दै उनले भने, “मैले भौतिक प्रशिक्षक, भिडियो विश्लेषक, जिपिएस उपकरण र आधारभूत विश्लेषण टूल मागेँ — तर कुनै जवाफ आएन। न त डाटा, न क्यामेरा, न विश्लेषण —यस्तो अवस्थामा म के गरूँ?” भनेर वाइल्डले भावुक प्रश्न उठाएका छन् ।

    राजनीतिक दबाबले खेलाडीहरूमा तनाव थपिएको भनेर वाइल्ड गम्भिर बने ।

    नेपाल–उजबेकिस्तान खेलको दिन प्रधानमन्त्रीसँगको भर्चुअल मिटिङका कारण खेलाडीहरू मानसिक तनावमा परेको उनले खुलासा गरे। उजबेकिस्तानबिरुद्दको महत्वपुर्ण खेलमा हामी पेनाल्टी सुटआउटमा पुग्यौं । ३-१ को स्थितीबाट निर्धारीत ९० मिनेट सकिंदा खेल बराबरीमा ल्याइपुर्याउन नेपाली खेलाडीहरुले निकै मिहिनेत गरेका थिए । तर पेनाल्टि सुटआउटमा ३ देखि ५ जना खेलाडीले पेनाल्टी प्रहार गर्नै चाहेनन् ,किन? किनभने उनीहरू तनावमा थिए। यो केवल खेलको तनाव थिएन, यो राजनीतिक दबाब पनि थियो। निकै महत्वपुर्ण खेलको दिन बिहान ११ बजे प्रधानमन्त्रीसँग भर्चुअल मिटिङ छ भनेर भनिन्छ। यसले तिनीहरूलाई अत्यधिक दबाबमा राख्यो ।

    साच्चै त्यो महत्वपुर्ण समयमा प्रधानमन्त्रीसँगको भर्चुअल मिटिङ कति आवश्यक थियो । यो कुराले आफुलाई अचम्म लागेकाले उजबेकिस्तानलाई ,के तिमीहरूलाई राष्ट्रपति‌ले फोन गरे? भनेर सोधेको पनि बताए । जवाफमा उनिहरुले आफुहरुलाई राष्ट्रपतिबाट कुनैपनि कल नआएको बताए ।
    यहि प्रसंगमा वाइल्डले चर्चित स्पेनिस क्लब रियर मड्रिडको पनि उद्हारण लिए ।जब रियल मड्रिड च्याम्पियन्स लिग खेल्छ, के क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पत्रकार सम्मेलन गर्छन् ?पक्कै गर्दैनन् ।

    कसैको राजनितीक स्वार्थपुर्तीका लागी खेलाडीमाथीको दवाब बढाइनु पक्कै पनि राम्रो होइन ।

    उजबेकिस्तानसंग पराजित भएसंगै सोजै बेलजियम पुगेका वाइल्ड अब एन्फाले आफ्ना जायज मागहरु पुरा गरिदिएको खण्डमा मात्रै नेपाल फर्किने बताएका छन् । र यदि ‘फेरि फर्किएँ भने, आफ्नो हिसाबमा टिम बनाउने प्रतिक्रिया दिएका छन् ।

    प्रशिक्षक वाइल्डले आफू नेपाली स्टाफसँग पनि काम गर्न इच्छुक रहेको बताएका छन् । “तर, उनीहरूको योग्यता आफुले थाहा पाउनुपर्ने माग वाइल्डको रहेको छ ।
    मलाई त्यस्तो सहायक चाहिँदैन, जसले कम्प्युटर चलाउन पनि सक्दैन।”

    उनले अन्तिममा भने, “म ६१ वर्षको भएँ। अब जीवनमा खुसी महत्त्वपूर्ण हो। अब म यस्ता अयोग्य र चरित्रहीन व्यक्तिहरूसँग काम गर्न सक्दिन।”

     

  • त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।

    रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

    निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेँलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रंगशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

  • शानदार प्रदर्शनसहित नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

    शानदार प्रदर्शनसहित नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

    काठमाडाैं । नेपालले सिंगापुरलाई पराजित गर्दै एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

    मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको फाइनल खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सिंगापुरलाई ४०.५ ओभरमा ११३ रनमा समेटेको थियो।

    सस्तो लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाउँदै उपाधि हात पारेको हो।

    नेपालका लागि जोय थापा २४ रनमा नटआउट रहे भने शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रनको योगदान दिए।

    बलिङतर्फ नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान ३/३ विकेट लिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले १ विकेट लिए।

    सिंगापुरले पावरप्लेमै चार विकेट गुमाएको थियो। ओपनर रोहन अस्टिन अरूणले ८४ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाए। कप्तान रियान नाइकले १५, वेदांश गुप्ताले नटआउट १२ र आकाश तेजाले १० रन जोडे। बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

    नेपालको सन्तुलित प्रदर्शनले फाइनलमा दबदबा जमाउँदै उपाधि दिलायो।

    नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

    नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो ।

  • जोटा दाजुभाइको निधनले स्तब्ध विश्वफुटबल

    जोटा दाजुभाइको निधनले स्तब्ध विश्वफुटबल

    काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र पोर्चुगल राष्ट्रिय टोलीका स्टार फरवार्ड डियोगो जोटाको २८ वर्षको उमेरमा स्पेनको जामोरा प्रान्तमा भएको कार दुर्घटनामा निधन भएको छ। यो दुखद् घटना स्थानीय समयअनुसार जुलाई ३, २०२५ को मध्यरात करिब १२:३० बजे जामोरा प्रान्तको सेर्नादिया नगरपालिका क्षेत्रमा भएको हो। दुर्घटनामा जोटासँगै उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ।

    स्पेनको A-52 राजमार्गमा जोटा र उनका भाइ आन्द्रे सिल्भा सवार लाम्बोर्गिनी कारले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा टायर पञ्चर भएको थियो। टायर पञ्चर भएपछि कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको र त्यसपछि कारमा आगलागी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। दुर्घटनापछि कारमा लागेको आगोका कारण दुवै दाजुभाइको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

    स्पेनको क्यास्टिला र लियोन क्षेत्रका आपतकालीन सेवाहरूले घटनास्थलमा पुगेर उद्धार कार्य गरे पनि जोटा र उनका भाइलाई बचाउन सकिएन। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ, तर प्रारम्भिक अनुसन्धानले कारको उच्च गति र टायर पञ्चरलाई दुर्घटनाको मुख्य कारण मानेको छ।

    डियोगो जोटा, जसको पूरा नाम डियोगो जोसे टेक्सेरा दा सिल्भा हो, सन् १९९६ डिसेम्बर ४ मा पोर्चुगलको मासारेलोसमा जन्मिएका थिए। उनले सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा आवद्ध भएपछि विश्व फुटबलमा आफ्नो नाम बनाए। उनले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। साथै, उनले एफए कप, कम्युनिटी शिल्ड, र काराबाओ कप जस्ता प्रतियोगिताहरूमा पनि क्लबलाई सफलता दिलाएका थिए।

    जोटाले पोर्चुगल राष्ट्रिय टोलीका लागि करिब ५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका थिए र गत महिना मात्र पोर्चुगलले युइएफए नेसन्स लिग जित्दा टोलीको महत्त्वपूर्ण सदस्य थिए। उनको गोल स्कोरिंग क्षमता, तीव्र गति, र खेलप्रतिको समर्पणले उनलाई विश्वभरका फुटबल प्रशंसकहरूको मन जितेको थियो।

    जोटाले हालै जुन २२, २०२५ मा आफ्नी लामो समयकी प्रेमिका रुटे कार्डोसोसँग पोर्चुगलको पोर्टो शहरमा विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्। जोटाले आफ्नो विवाहको तस्बिरहरू सामाजिक सञ्जालमा साझेदार गरेका थिए, जसले उनको व्यक्तिगत जीवनको खुशी झल्काउँथ्यो।

    दुर्घटनामा निधन भएका जोटाका भाइ आन्द्रे सिल्भा २६ वर्षका थिए र उनी पनि पेशागत फुटबलर थिए। उनले पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनाफिएलका लागि खेल्ने गर्थे। आन्द्रेले आफ्नो दाइको जस्तो अन्तर्राष्ट्रिय ख्याति नपाए पनि स्थानीय स्तरमा उनको खेल कौशलको प्रशंसा गरिन्थ्यो।

    जोटाको निधनको खबरले विश्व फुटबल जगत शोकमा डुबेको छ। पोर्चुगल फुटबल महासंघका प्रमुख पेड्रो प्रोएन्साले एक विज्ञप्तिमा भनेका छन्, ‘डियोगो जोटा केवल एक उत्कृष्ट खेलाडी मात्र थिएनन्, उनी एक असाधारण व्यक्तित्व पनि थिए। उनको हँसिलो स्वभाव र खेलप्रतिको समर्पणले उनलाई टोलीका साथी र विपक्षी खेलाडीहरूले समान रूपमा सम्मान गर्थे।’

    लिभरपुल फुटबल क्लबले पनि एक भावुक विज्ञप्ति जारी गर्दै जोटालाई “क्लबको इतिहासमा सधैं स्मरणीय रहने खेलाडी” को रूपमा सम्झिएको छ। क्लबले उनको परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, लिभरपुलले आगामी खेलहरूमा जोटालाई श्रद्धाञ्जलि दिने योजना बनाएको जनाएको छ।

    युरोपियन फुटबल महासंघ (युइएफए) ले जोटा र आन्द्रेको सम्मानमा आगामी महिला युरो च्याम्पियनशिपको स्पेनविरुद्धको खेलअघि एक मिनेटको मौन धारण गर्ने अनुमति दिएको छ। जोटाको निधनको खबर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। नेपालमा पनि विभिन्न समाचार पोर्टल र व्यक्तिहरूले यो दुखद घटनाप्रति शोक व्यक्त गरेका छन्।

    डियोगो जोटा लिभरपुल र पोर्चुगलका लागि मात्र नभएर समग्र फुटबल जगतका लागि एक प्रेरणादायी खेलाडी थिए। उनको आकस्मिक निधनले फुटबल समुदायमा ठूलो रिक्तता छोडेको छ। उनको खेल कौशल, नेतृत्व, र व्यक्तिगत जीवनको सादगीले उनलाई सधैं सम्झनयोग्य बनाउनेछ।

  • एएफसी महिला एसियन कप छनोट :शीर्ष स्थानको दौडमा नेपाल आज श्रीलंकासँग भिड्दै

    एएफसी महिला एसियन कप छनोट :शीर्ष स्थानको दौडमा नेपाल आज श्रीलंकासँग भिड्दै

    एएफसी महिला एसियन कप २०२६ को छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। उज्वेकिस्तानमा जारी प्रतियोगितामा दुबै टिमबीचको खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

    यसअघिको खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गर्दै बलियो सुरुवात गरेको थियो। उक्त खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले पाँच गोलसहित कप्तानी पदार्पणलाई ऐतिहासिक बनाएकी थिइन्।

    श्रीलंकाले भने आफ्नो पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग १०-० को भारी हार व्यहोरेको थियो।

    सन् २०१० यता नेपाल र श्रीलंकाबीच भएको आठै खेलमा नेपाल विजयी भएको छ। ती खेलहरूमा नेपालले ३० गोल गर्दा अहिलेसम्म श्रीलंकाबाट कुनै गोल खानु परेको छैन।

    गत वर्षको साफ च्याम्पियनसिपमा पनि नेपालले श्रीलंकालाई ६-० ले हराएको थियो।

    समूहको विजेता मात्र २०२६ मा अस्ट्रेलियामा आयोजना हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपालले अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग भिड्नुअघि श्रीलंकाविरुद्ध ठुलो अन्तरको जित निकाल्न लक्ष्य बनाएको छ ।

  • नेपालले भुटानलाई २९८ रनले हरायाे, विपिनले लिए ४ विकेट

    नेपालले भुटानलाई २९८ रनले हरायाे, विपिनले लिए ४ विकेट

    काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु -१६ कपमा लगातार चौथो जित दर्ता गरेको छ । सिलेगंर ट्रफ क्लबमा आज भएको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो ।

    ३५८ रनको विशाल योगफल पछ्याएकाे भुटान ३२.४ ओभरमा सबै विकेट गुमाएर मात्र ६० रनमा समेटियाे । क्रिजमा भुटानी ब्याट्सम्यानहरूलाई निरन्तर दबाब झेल्न निकै गाह्रो भयो। उनीहरूको रन रेट १.८५ मा झरेकाे थियाे । भुटानका लागि त्सेझांग दावाले सर्वाधिक १४ रन बनाए, तर अन्य कुनै पनि ब्याट्सम्यानले दाेहाेराे रन छुन सकेनन्।

    बलिङमा नेपाल कप्तान विपिनप्रसाद शर्माले धारिलो बलिङ गरे । उनले १० ओभरमा अविश्वसनीय ७ रन खर्चेर ४ विकेट लिए । सुयोग भट्टराई र सचिन भट्टकाे नाममा समान दुई/दुई विकेट रह्याे ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन जोडेको थियाे । नेपालका लागि रौनक श्रीवास्तवले सानदार शतकीय पारी खेले । उनले १३२ बलमा १६८ रन प्रहार गरे ।

    उनको शतक नै नेपालको विशाल स्कोरको मुख्य आधार बन्यो। त्यसैगरी, जोय थापाले ६७ बलमा ६१ रन जोड्दा विकेटकिपर ब्याट्सम्यान शिवंश बजगाईंले ५२ बलमा ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै, सुगम बुढाथोकीले ३३ बलमा ३५ रनको महत्त्वपूर्ण योगदान दिए।

    भुटानका बलरहरूमध्ये साङ्गे दोर्जीले १० ओभरमा ७० रन खर्चेर ३ विकेट लिए। समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेकाे छ । पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो। प्रतियोगिताको फाइनल असार २१ मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

  • श्रीवास्तवको शानदार शतक, भुटानका लागि ३५९ रनको विशाल लक्ष्य

    श्रीवास्तवको शानदार शतक, भुटानका लागि ३५९ रनको विशाल लक्ष्य

    काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु-१६ अन्तर्गत आफ्नो चौथो खेलमा भुटानलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    सिलेगंर ट्रफ क्लबमा कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन जोडेको हो । नेपालका लागि रौनक श्रीवास्तवले सानदार शतकीय पारी खेले ।

    उनले १३२ बलमा १६८ रन प्रहार गरे । उनको शतक नै नेपालको विशाल स्कोरको मुख्य आधार बन्यो।त्यसैगरी, जोय थापाले ६७ बलमा ६१ रन जोड्दा विकेटकिपर ब्याट्सम्यान शिवंश बजगाईंले ५२ बलमा ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै, सुगम बुढाथोकीले ३३ बलमा ३५ रनको महत्त्वपूर्ण योगदान दिए।

    भुटानका बलरहरूमध्ये साङ्गे दोर्जीले १० ओभरमा ७० रन खर्चेर ३ विकेट लिए। समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगिसकेको नेपाल यसअघिका तीनै खेलमा अपराजित छ । पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो। प्रतियोगिताको फाइनल असार २१ मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

  • यू–१६ इस्ट जोन कपमा इन्डोनेसियामाथि नेपालको ३७० रनको विशाल जित

    यू–१६ इस्ट जोन कपमा इन्डोनेसियामाथि नेपालको ३७० रनको विशाल जित

    यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ३७० रनको शानदार जित निकालेको छ। मलेसियाको सेलाङगोरमा आइतबार सम्पन्न खेलमा कप्तान विपिन शर्माको उत्कृष्ट प्रदर्शनसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्‍यो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२१ रन बनायो। प्रसिद्ध मल्लले १३२ रनको शतकीय इनिङ्स खेले भने परिमार्जन यादवले २८ बलमा ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रनको योगदान दिए। सुगम बुढाथोकीले पनि ३९ रन बनाए।

    जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसिया २४.३ ओभरमा जम्मा ५० रनमै समेटियो। नेपालका कप्तान विपिन शर्माले मात्र १२ रन खर्चेर ७.३ ओभरमा २ मेडनसहित ६ विकेट लिए। इन्डोनेसियाका केभिन चड्डा (१५) र दिभित नाडा (१४) बाहेक अन्य ब्याटरले दोहोरो अंकसमेत छोएनन्।

    इन्डोनेसियाका बलरमध्ये केटुट दर्माले २ विकेट लिए भने अन्य तीन जनाले एक–एक विकेट लिए।

    यो जितसँगै नेपालले ३ खेलबाट ६ अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा कब्जा जमाएको छ। सिंगापुरले ४ खेलमा ६ अंक हासिल गरे पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। यसअघि नेपालले सिंगापुरलाई ६ विकेट र जापानलाई ९ विकेटले हराएको थियो।