Category: फोटो न्यूज

फोटो न्यूज

  • यसरी स्वागत गरियाे नयाँ वर्ष २०२२ (फाेटाेफिचर)

    यसरी स्वागत गरियाे नयाँ वर्ष २०२२ (फाेटाेफिचर)

    काठमाडौं । सन् २०२२ को आरम्भको स्वागत गर्न युरोप, अष्ट्रेलिया लगायत विश्वभरी नै नयाँ वर्षको ठूला ठूला कार्यक्रमहरु गरिएको छ ।

    कोरोना भाइरसले विश्व आक्रान्त भइरहँदा नयाँ वर्षको उत्सव मनाएर नयाँ वर्षको स्वागत गरेका हुन् ।

    सबै तस्बिर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुबाट

  • काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

    काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

    काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।

    रातिदेखि परेको वर्षासँगै बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

    हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

    आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ । रासस

  • मिस युनिभर्स हरनाज संधूकाे सुन्दरता (तस्बिरमा)

    मिस युनिभर्स हरनाज संधूकाे सुन्दरता (तस्बिरमा)

    काठमाडाैं । मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज संधूले जितेकी छिन् । २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन् ।

    पञ्जाबकी सन्धुले पाराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी लालेला मासवानेलाई हराउँदै उपाधि जितेकी हुन् ।

    सबै तस्बिर : REUTERS/EPA

     

  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य

    हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

  • पुरैना तालमा ठूलो जलेवा चरा

    पुरैना तालमा ठूलो जलेवा चरा

    बेलौरी नगरपालिका– ६ स्थित पुरैना तालको डिलमा बसेका ठूलो जलेवा चरा । यो चरा यस तालको रैथाने प्रजातिका रुपमा रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

     

  • चलचित्र ‘टुल्की’ले पायाे प्रदर्शनको अनुमति

    चलचित्र ‘टुल्की’ले पायाे प्रदर्शनको अनुमति

    डाेल्पा । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

    समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी दिए । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । एक ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई सो चलचित्रमा उतारिएको छ ।

    चलचित्रको निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाले गरेका छन् । चलचित्रमा लगानी शेखर लामा र आरपी कर्माचार्यको रहेको छ । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

    करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको उक्त चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने लामाको भनाइ छ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

  • ‘प्रेम गीत ३’ फागुन १३ मा रिलिज हुने

    ‘प्रेम गीत ३’ फागुन १३ मा रिलिज हुने

    काठमाडाैं । चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक/ निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत् फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् ।

    दुई वर्षअघि चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको यो फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो ।

    प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ ।

    फिल्मको कथासमेत लेखेका छेतेन गुरुङको केही समयअघि निधन भएको थियो । ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी छ ।