Category: हुलाक समाचार

हुलाक समाचार

  • चिनियाँ र रुसी वायुसेनाबाट हवाई गस्तीको दोस्रो चरण पूरा

    चिनियाँ र रुसी वायुसेनाबाट हवाई गस्तीको दोस्रो चरण पूरा

    काठमाडौ । चिनियाँ र रुसी वायुसेनाले शनिबार पश्चिमी प्रशान्त महासागरको हवाई क्षेत्रमा संयुक्त हवाई गस्ती गरेका छन् ।
    यससँगै नवौं संयुक्त रणनीतिक हवाई गस्तीको दोस्रो चरण पूरा भएको छ ।

    चिनियाँ रक्षा मन्त्रालयका अनुसार दुई देशको वायु सेनाबीचको संयुक्त तालिम र परिचालन क्षमताको प्रभावकारी परीक्षण र अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्तो गस्ती गरिएको हो ।

    यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको र हवाई रणनीतिक गस्ती रहेको पनि चीनको रक्षा मन्त्रालयले जनाएको छ ।(सीसीटिभीप्लस)

  • राष्ट्र बैंकद्वारा ५० करोडको निक्षेप संकलनका लागि आवेदन आब्हान

    राष्ट्र बैंकद्वारा ५० करोडको निक्षेप संकलनका लागि आवेदन आब्हान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि ’लगानीका साधन (डेपोजिट कलेक्शन)’ कार्यक्रमको व्यवस्था गरिएको छ ।

    यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् ।कार्यक्रम अन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनुपर्नेछ । बिडिङ प्रक्रियामा समावेश हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।निक्षेप संकलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

    सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरूः
    संकलनको नामः लगानीका साधन (डेपोजिट कलेक्शन)
    अनलाइन बिडिङ प्रणालीः मंसिर १६ गते दिउँसो २ बजेबाट
    निक्षेप अवधिः ७ दिन
    सहभागिताको नियमः ५० लाखदेखि १० करोड रुपैयाँसम्म बिड गर्न सकिने

     

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

  • एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

    एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरु छैनन् ।

    आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ ।

    आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः १५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।

     

  • सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

    सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ ।

    काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    मालिक शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्न साथ जोडिएकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद व्यक्त गरे । ’ग्लोबल आईएमई बैंकलाई धेरै धन्यवाद दिन चाहन्छौं । हाम्रो उपाधि जित्ने लक्ष्यमा यहाँहरुको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौं,’ शाहले भने ।

    डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ’हामीले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएका हौं । हामीले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेका हौं । हामी सबै यो सहकार्यका लागि उत्साहित छौं,’ पोखरेलले भने ।

    सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

    क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

  • इलामको झन्डीडाँडा : प्राकृतिक भ्यू–टावर

    इलामको झन्डीडाँडा : प्राकृतिक भ्यू–टावर

    काठमाडौ । पूर्वी इलामका जति पनि अग्ला डाँडाहरु छन ति सबै सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त मानिन्छन् । किनकी पंश्चिम बंगालको खाडीबाट झुल्कने सूर्यले पहिलो पटक इलामकै अग्ला डाँडालाई स्पर्श गर्छ । इलामको रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडा पछिल्लो समय सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त स्थानका रुपमा चर्चा छ । त्यति मात्र होइन पदमार्ग र साहसीक खेल गन्तब्यका रुपमा विकसित हुँदै गएको छ ।

    सूर्यको पहिलो झुल्को नियाल्न र साहसीक खेल पारखीहरुका लागि भर्जिन गन्तब्यका रुपमा यस स्थानले परिचय पाउन थालेको छ । नेपाल–भारत सीमा छुट्याउने मेची नदी किनारबाट शुरु भएको करसोङ पदमार्ग साइकल यात्रीहरुका लागि प्रख्यात छ, सोही पदमार्गसँग जोडिएको झन्डीडाँडाले उत्तिकै पख्याती कमाउन थालेको छ ।१ हजार ३ सय ९६ मिटर उचाइमा रहेको यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ ।

    रोङ गाउँपालिकास्थित पर्यटन सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार सामान्य भौतिक संरचनाहरुको निर्माण भएपछि भारतीय पर्यटकहरुले झण्डीडाँडा रमाइलो गन्तब्य बनाएका छन् । ‘तराईको गर्मी छल्न भारतको दार्जिलिङ, मिरिक र खरसाङ उक्लिएका पर्यटकले झण्डीडाँडा पनि रोज्न थालेका छन् । साइकल यात्रीहरु समूह बाँधेर यहाँसम्म आइपुग्छन् । देश विदेशमा थप प्रचार गर्न सके यस स्थान पूर्वी नेपालको अर्गानिक गन्तब्य बन्ने निश्चित छ,’ घिमिरेले भने ।झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर र मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको यो स्थान तराई र पहाड दुवै तर्फबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको स्थान रहेको स्थानीय हर्कटे बजारका युवा अगुवा सन्तोष गुरुङ बताउँछन् । ‘यहाँ आउने पर्यटकले कान्छी पाथिभराको दर्शन गर्दै नजिकैको गुगल पोइन्टमा रमाइलो गर्दै कन्याम चिया बगानलाई पनि आफ्नो प्याकेजमा समावेश गर्न सक्छन । क्याम्प फायर र नाइट स्टे क्याम्प गरेर भिन्न आनन्द लिन सक्छन्, । ग्रामीण परिवेशको रहनसहन र चुरे क्षेत्रको अवलोकनबाट पनि बेग्लै आनन्द लिन सक्छन्,’ गुरुङले जानकारी दिंदै भने ।
    हिजोआज झन्डीडाँडालाई पर्यटकले प्राकृतिक भ्यू टावरको उपमासमेत दिनेगरेका छन् ।

    धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान मानिने यो डाँडामा किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रुपमा चिनिएको छ । झन्डीडाँडामा रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ । किरातीहरुले उधौली, उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास रहेको उक्त स्थानलाई पर्यटकीय गन्तब्यका रुपमा प्रचारमा जुटेका स्थानीय अगुवा अशोक वान्तवाको भनाइ छ । ‘किरातीहरु वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्छन । किरात संस्कृतिको धरोहर यहाँ साकेला थान छ भने उधौली उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ । त्यसैले यसको धार्मिक महत्व उत्तिकै महत्वपूर्ण छ,’ उनले भने ।झन्डीडाँडामा भ्यु–पोइन्टको अवधारणा स्थापना गर्न संघीय र स्थानीय सरकार, स्थानीय अगुवा, किरात फ्रेन्ड्स क्लब लगायतको योगदान महत्वपूर्ण मानिन्छ । आर्थिक वर्ष २०७७/०७८ पछि यहाँ पूर्वाधार विकासले गति लिंदै गएको छ । रोङ गाउँपालिकाले यसको आसपासमा गुराँस रोपेको छ ।

    पालिका अध्यक्ष मणीकुमार (सुवास) स्याङबो करसोङ पदमार्गसँगै झन्डीडाँडालाई विश्वकै नमूना पर्यटकीय गन्तब्य बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँछन् । ‘म त्यसैपनि पर्यटनप्रेमी हुँ । रोङका हरेक रमणीय स्थानलाई प्राथमिकताका साथ योजना बनाएर काम गरिरहेको छु, झन्डी त्यसकै एक नमूना हो । यसको प्रचारका लागि प्रशस्त काम गर्नुपर्नेछ,’ उनले भने ।
    झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६सय २ किलोमिटरमा झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।झन्डीडाँडा सम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम–स्टे छन् ।

    भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।
    यो स्थानमा २०७८ सालमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गाउँपालिका अध्यक्ष स्याङ्बो वर्तमान वडाध्यक्ष सत्यम राई चौरासे, रम्भ्याङ सामुदायिक वन अध्यक्ष आशिष प्रधानलगायत स्थानीय अगुवा यसको व्यावसायिकताका लागि जुटिरहेका छन् ।

    प्याराग्लाइडिङ संचालनपछि भारत कोलकातासम्मका पर्यटकसमेत यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ ।प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्ने छ ।यहाँबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारी र काँकडभिट्टाका होटलमा बास बस्न पुग्न सकिने वडाध्यक्ष सत्यम राईको भनाइ छ । ‘भौतिक पूर्वाधार निर्माणका लागि यसपाली थप बजेट विनियोजन गरेर काम गर्ने योजना छ,’वडाध्यक्ष राईले भने ।यहाँ आउने पर्यटकलाई लक्षित गरि रम्भ्याङ गाउँमा होम–स्टे विस्तार गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ । यहाँ सुन्तला फल्ने सिजनमा सुन्तलाबारीमा रमाउन सक्छन र अर्गानिक सुन्तलाको स्वाद लिन सक्छन् । यहाँ रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि प्रशस्त सम्भावना छ । करसोङ पदमार्गमा पाइने दुर्लभ बनस्पती सुनाखरी फुलले पर्यटकलाई थप आकर्षित गर्ने गर्छ ।

    पर्यटन समिति गठन
    इलाम । इलामको रोङ–६ रम्भ्याङस्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्न झण्डी डाँडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएको छ । रम्भ्याङको धजे भञ्ज्याङमा ६ नम्बर वडा कार्यालय द्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बर बहादुर राईको अध्यक्षतामा समिति गठन गरिएको हो ।नव गठित समितिको सदस्य सचिव रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका डुकिमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेम कुमारी खड्का चयन भएका छन् ।समितिले झण्डी डाडा पर्यटनको प्रवर्दन र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटनलगायत अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले बताए ।भेला रम्भ्याङ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानको अध्यक्षता र वडा अध्यक्ष सत्यम राई चौरासेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो

     

     

     

  • नेपालमा सेभ द चिल्ड्रेनका ४० वर्ष

    नेपालमा सेभ द चिल्ड्रेनका ४० वर्ष

    काठमाडौं । ‘सेभ द चिल्ड्रेन’ले बालअधिकार सम्बन्धी विश्वकै पहिलो दस्तावेज जेनेभा घोषणापत्र जारी भएको एक शताब्दी पुगेको अवसरमा ‘बालअधिकार शताब्दी महोत्सव’ मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको जेनेभा घोषणापत्रले विश्वभर बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशीला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेन अग्रणी संस्था मानिन्छ ।

    जेनेभा घोषणापत्रको एक दशक र नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवद्र्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको छ । सेभ द चिल्ड्रेन नेपाल र भूटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीका अनुसार नेपालमा सेभ द चिल्ड्रेनले सन् १९७६ बाट काम गर्न सुरु गरेको थियो । बालबालिकाको स्वास्थ्य, पोषणा र शिक्षा क्षेत्रबाट काम गर्न सुरु गरेको सेभ द चिल्ड्रेनले चार दशकमा नेपालमा बाल अधिकारलाई संविधानसम्म समेट्न सफल भएको छ ।

    निर्देशक क्षेत्रीले भनिन्, ‘हामीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनहरुसँगको सहकार्य गर्दैआएका छौं । बालबालिकाहरुले जलवायु परिवर्तन सृजित विपद्हरुदेखि अनलाइन÷अफलाइन जोखिमसम्मका चुनौतीहरूको सामना गरिरहेको अहिलेको समयमा बालबालिकाका अधिकार र समाजमा उनीहरुको अर्थपूर्ण सहभागिताका लागि हामी एकजुट छौं ।’

    बालमैत्री स्थानीय शासन, दश वर्षे शसस्त्र संर्घको समयमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने, बाल श्रम निषेध गर्ने कानून, बालबालिका सम्बन्धी ऐन र बालबालिका सम्बन्धी राष्ट्रिय नीति लागु गर्नमा सेभ द चिल्ड्रेनको भुमिका महत्वपूर्ण छ ।

    ‘नेपालमा बालअधिकार अभियानः अवसर र भावी मार्गचित्र’ शिर्षकमा सेभ द चिल्ड्रेनले प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदनले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बालअधिकार अभियानले हासिल गरेका उपलब्धिहरुलाई दिगो रुपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ताहरु तयार गर्नुपर्नेमा जोड दिएको छ ।

     

    प्रतिवेदन अध्ययनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले विशेष संरक्षण आवश्यकता भएका बालबालिकालाई प्राथमिकता दिँदै बालबालिकाको आवाजलाई नीति निर्माणको हरेक तहमा समेट्न सरकार प्रतिबद्ध रहेको बताए ।

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

    काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

    प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेभने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

    ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

  • पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै

    पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै

    काठमाडौं । नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ ।

    शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै प्रथम पटक थालनी गर्न लागेको जानकारी दिएको हो ।

    प्रतियोगितामा इरानबाट चादौर मालो क्लव, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लव, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरि पाँच टीमको सहभागिता रहनेछ ।भलिबल खेलको माध्यमबाट खेलको वृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै शुरुवात गर्ने जमर्को गरेको संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव एक करोड खर्च हुने संघको अनुमान रहेको छ ।

  • आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग

    आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग

    काठमाडौ। आँधीबेहरी र शक्तिशाली हावाका कारण दक्षिणी गाजापट्टीमा विस्थापित प्यालेस्टाइनीहरूको अवस्था नाजुक भएको छ । विस्थापितहरुको दशौं हजार पालहरु उडाएको छ ।

    सबैभन्दा ठूलो आँधीबेहरी र शक्तिशाली हावाले उक्त क्षेत्र प्रभावित छ । हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयका अनुसार अलमवासी शिविरमा रहेका करिब १० हजार पालहरू समुद्री उछालबाट बगेको र क्षतिग्रस्त भएका हुन् ।सन् २०२३ को अक्टोबरबाट सुरु भएको इजरायली–प्यालेस्टिनी द्वन्द्वको पछिल्लो चरणमा १० हजार व्यक्तिहरु विस्थापित छन् ।

    धेरैजसो विस्थापितहरु समुद्री किनारामा जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन् ।स्थानीय बासिन्दाले चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) विस्थापितहरुलाई चिसोबाट बच्न पर्याप्त सामग्री र जाडोबाट बच्नका लागि पर्याप्त सामग्रीहरु छैनन् ।जाडोको आगमनसँगै गाजाको तापक्रम घट्दै गएको छ, वर्षा र हावाको दिन बढ्दै गएको छ। विस्थापित मानिसहरूलाई बस्ने १ लाख ३५ हजार पालमध्ये ८१ प्रतिशत नराम्ररी क्षति पुगेको छ । इजरायलले गाजामा आवश्यक पालहरू र मोबाइल घरहरू वितरणमा रोक लगाएका कारण थप कठिनाइ भएको छ । (सीसीटिभीप्लस)