Category: अर्थ

अर्थ

  • ३ सयले घट्यो सुनको मूल्य

    ३ सयले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

    त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

  • घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मल्यले यसदिन पनि निरन्तरता पाएको छ ।

    आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ, सोमबार प्रतितोला पाँच सय रूपैयाँ र मंगलबार प्रतितोला सात सय रूपैयाँ गरी सुनको मूल्य तीन दिनमा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    सोमबार प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

  • ५ सय रुपैयाँले घट्यो सुनको भाउ

    ५ सय रुपैयाँले घट्यो सुनको भाउ

    काठमाडौं । कारोबारको दाेस्रो दिन आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

    आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    साथै, आज तेजाबी सुन  प्रतितोला १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

  • एकैदिन प्रतितोला एक हजार तिन सय रूपैयाँले घट्यो सुनको भाउ

    एकैदिन प्रतितोला एक हजार तिन सय रूपैयाँले घट्यो सुनको भाउ

    काठमाडाै‌ । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।

  • न्युट्रिसियन फूडमा काेशी स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकाे ‘व्यापक चलखेल’

    न्युट्रिसियन फूडमा काेशी स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकाे ‘व्यापक चलखेल’

    काठमाडाैं । बालबालिकालाई कुपोषण न्यूनीकरणका लागि आवश्यक पर्ने ‘न्युट्रिसियन रेडी टु युज फुड/रेडी टु इट सप्लीमेन्ट्री’का लागि कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले निकालेको टेण्डर प्रक्रियामा सेटिङ गरेको भन्दै आपूर्तिकर्ताले आपत्ति जनाएका छन् ।

    व्यवस्थापन केन्द्रले निकालेको न्युटिसियन रेडी टु युज फुड रेडी टु युज सप्लीमेन्ट्री उत्पादन तथा आपूर्ति गर्ने नेपालमा छ वटा कम्पनी रहेकोमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कुनै एउटा मात्र कम्पनीले मापदण्ड पूरा गर्ने र अरूलाई दाबी विरोधको ढोका पनि बन्द गर्ने गरी सेटिङमा टेन्डर निकालेपछि ठूलो चलखेल भएको भन्दै टेण्डर निकाल्नासाथ विवादित बनेकाे हाे ।

    शक्ति केन्द्रहरूको आशीर्वाद प्राप्त कम्पनीका लागिमात्र आवश्यक पर्ने मापदण्ड राखेर टेन्डर खोलेपछि ठूलो नीतिगत भ्रष्टाचारको आशंका गरीएको छ । बर्षौँदेखि सोही प्रोडक्ट उत्पादन तथा वितरण गर्दै आएका कम्पनीलाई अयोग्य बनाएर सेटिङवाला कम्पनीलाई मात्र योग्य हुने मापदण्ड राखिएको भनेर टेन्डर रद्ध गर्न आपूर्तिकर्ताले दबाब दिएका छन् ।

    गतवर्ष निकालेको टेन्डर अन्तिम समयमा रद्ध गरी अहिले मापदण्ड फेरेर सरकारी निकायमा दुई करोड ५५ लाख बराबरको सामान आपूर्ति गरेको हुनुपर्ने अनिवार्य शर्त राखेपछि सो मापदण्ड पूरा गर्ने एउटा मात्र कम्पनी भेटिएको र उसकै सेटिङमा मन्त्री–मुख्यमन्त्रीसम्मकै मिलेमतोमा त्यस्तो मापदण्ड बनाएको दाबी एक आपूर्तिकर्ताले बताए ।

    सेटिङमा टेन्डर निकालेको भन्ने आपूर्तिकर्ताको विरोधमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. बिरेन्द्र कुमार मण्डल भने आफूहरु निर्देशिका र मापदण्डमा नै रहेर काम गरेकाे दाबी गर्छन् । उनी भन्छन् ‘टेन्डर आह्वान गर्दाखेरी निर्देशिका बमाेजिम नै गरेका छाैँ । टेन्डरकाे जुन न्यूनतम क्राइटएरिया हुन्छ एनसीबी गर्दा त्यही परिधिभित्र बसेर हामीले काम गरेका छाैँ ।’

    डा. मण्डलले यसो भनेपनि आपूर्ति व्यवस्थापन केन्द्रले गत नोभेम्बर २३ तारीखमा निकालेको रेडी टु युज फुड/ रेडी टु इट सप्लिमेन्ट्रीको टेण्डरमा सो मापदण्ड पूरा गर्ने एउटा मात्र कम्पनी योग्य हुने दाबी आपूर्तिकर्ताको छ । उनीहरुले कुनै अमुक कम्पनीले मात्र मापदण्ड पुरा गर्ने गरी निकालेको टेण्डर सेटिङ गरेर कमिसनको लोभमा यसो गरिएको भन्दै अख्तियारले यो विषयमा छानबिन गर्नुपर्ने दाबी गरे ।

    तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. विरेन्द्रकुमार मण्डलले उहाँहरुले दाबी गरे जस्तो सेटिंग वा कुनै कम्पनीलाई पार्ने गरी टेन्डर ननिकालिएकाे जिकिर गरे ।

    हेर्नुहाेस् भिडिओ :

  • २ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी स्थीर

    २ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी स्थीर

    काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

    नयाँ मूल्य अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ ।

    चाँदीको मूल्य भने आज स्थीर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार  ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

  • कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप

    कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप

    काठमाडौैैं । कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ ।

    राजधानीमा बुधबार एक कार्यक्रमका बीच कम्पनीले मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप ल्याइएको कम्पनीले जनाएको छ ।

    एपमार्फत रिटेलरहरूले जुनसुकै समय र स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थहरू छिटो र सहज रुपमा अर्डर गर्न सक्ने जानकारी कार्यक्रममा दिइयो । नेपालभरका २५६ वितरक र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ ।

    कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपकनाथ सेन्थिलले नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा जोड्न र अर्डर लिनदिन सजिलो बनाएको बताए ।

    अझै पनि परम्परागत रुपमै अर्डर गर्ने शैलीमा निर्भर उद्योगको लागि चौबिसै घण्टा चाँडोभन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन भएको उनको भनाइ छ ।

    ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३ सय ६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो,’ उनले भने,‘यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौं।’

    त्यस्तै कोकाकोला बेभरेजेज नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले सुविधाजनक रुपमा अर्डर गर्ने एप कोक बडी विशेषरूपमा आफ्ना रिटेलरहरूका लागि तयार पार्दा धेरै उत्साहित भएको बताए । अर्डर गर्ने नयाँ डिजिटलाइज्ड तरिकाको आफ्ना रिटेलरहरूले पूर्ण रुपमा आनन्द लिने उनको विश्वास छ ।

    उनले भने, ‘यस एपमार्फत अब तपाईंहरुले कोकाकोलाको कुनै पनि पेय पदार्थहरू जुनसुकै समयमा र जहाँ पनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुनेछ । चाँडो अर्डर गर्न मिल्नुको साथै यस एपले तपाईंहरूको खरिद व्यवहारमा आधारित प्रडक्ट रेकमेण्डेसन, कूलरका बारेमा प्रश्नहरूदेखि अन्य प्रमोसनल अफरद्वारा ग्राहक समर्थन पनि प्रदान गर्दछ । हामी आशा गर्दछौं कि अर्डर गर्ने यस नयाँ डिजिटलाइज्ड तरिकाको हाम्रा रिटेलरहरूले आनन्द लिनुहुनेछ ।’

  • घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । आज (बुधवार) सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।

    आज सुनको भाउ प्रतितोला ८ सयले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    सुनको भाउ हिजो मंगलवार प्रतितोला २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदीे प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मंगलबार चाँदीे प्रतितोला १ हजार ५ सयमा कारोबार भएको थियो ।

  • मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

    मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार ४ सय रुपैयाँले घटेको छ ।

    दिनहुँ मूल्य बढेर नयाँ रेकर्ड बनाएको सुन आज २४ सयले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २४ सय रुपैयाँले सुन सस्तिएको हो ।

    त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि २३ सय ५० रुपैयाँ घटेर आएको छ ।

    सोमबार १ लाख २१ हजार कायम भएको तेजावी सुन आज प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

    त्यसैगरी,आज चाँदीको मूल्य आज प्रतितोला १ हजार ५ सय रहेको छ ।