२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी स्थीर

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ ।

चाँदीको मूल्य भने आज स्थीर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१