Category: अर्थ

अर्थ

  • चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

    चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

    विराटनगर । चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

    नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ ।

    आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ ।

    चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको छ ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात भएको हो ।

    नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा निर्यात हुँदै आएको छ ।

    तर,नेपाली चियाको मुख्य बजार भारत हो । समुद्र पारका मुलुकमा पनि पछिल्लो समय चिया निर्यात बढिरहेको चिया व्यवसायीहरुले बताएका छन् ।

    इलामको फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालका अनुसार विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढेको छ ।

    चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ ।

    त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन् ।

    बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ । उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ ।

    नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ ।
    कोशी प्रदेशका इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा मुख्य रुपमा चिया खेती हुने गरेको छ । तर, पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको पाइन्छ ।

    नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सिटिसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् । यसैगरी अर्थोडक्स चिया उत्पादन गर्ने एकसय ५० वटाभन्दा बढी साना प्रशोधन उद्योग सञ्चालनमा छन् ।

     

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

  • सुनको भाउ घट्दा बढ्यो चाँदी,आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्दा बढ्यो चाँदी,आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।

  • सांसद सुनिल शर्माकाे नाेबेल मेडिकल कलेज सर्वाधिक कर तिरेर सम्मानित

    सांसद सुनिल शर्माकाे नाेबेल मेडिकल कलेज सर्वाधिक कर तिरेर सम्मानित

    काठमाडाैं । स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्ष पनि सम्मानित भएको छ ।

    गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदाताका लागि आयोजना गरीएको सम्मान कार्यक्रममा सांसद सुनिल शर्मा अध्यक्ष रहेको नोबेल मेडिकल कलेज यस बर्षको स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर सम्मानित भएको हो ।

    राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा नोबेल मेडिकल कलेजका तर्फबाट डा. खगेन्द्र प्रसाद (केपी) शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका थिए ।

    नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेर यसपटक समेत गरेर पाँच पटक सम्मानित भएको छ ।

    २०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ ।

    पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ । कोशी प्रदेश सहित विभिन्न प्रदेश र भारतबाट आउने बिरामीलाई नोवेलले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

  • यस्तो छ, आजको लागि विदेशी मुद्रा विनिमयदर

    यस्तो छ, आजको लागि विदेशी मुद्रा विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा पुगेको छ ।

    युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको छ ।

    यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

    क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १० पैसा र बिक्री दर ९७ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच ?

    सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।

    सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार  २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो ।

  • सुनको भाउ बढ्दा,चाँदी स्थिर कतिमा हुदैछ काराेबार ?

    सुनको भाउ बढ्दा,चाँदी स्थिर कतिमा हुदैछ काराेबार ?

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    आइतबारको तुलनामा छापावला सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रूपैयाँमा काराेबार भैरहेकाे  छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १५ हजार १ सय ५० रूपैयाँ तोकिएको छ ।

    आइतबार छापावला सुन प्रतितोला १ लाख १५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

  • बीआरआई कार्यान्वयन गर्न स्थानीय अवस्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

    बीआरआई कार्यान्वयन गर्न स्थानीय अवस्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

    काठमाडाैं । वरिष्ठ राजनीतिज्ञ सोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित ” शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम” मा सम्बोधन गरेका छन् ।

    नेपालसहित एशियाका ११९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उनले नेपालकातर्फबाट सम्बोधन गरेका हुन् ।

    “मिडिया सिम्पोजियम” सत्रमा धारणा राख्दै उनले बीआरआईका लक्ष्य प्राप्त गर्न स्थानीय अवस्था, क्षेत्रीय देशहरुको विशेषता र सरोकारका आधारमा संचार रणनीति अपनाउनुपर्ने बताए ।

    उनका अनुसार स्थानीय अवस्थाको कुरा गर्दा प्रत्येक क्षेत्रको अद्वितीय संस्कृति, आर्थिक र राजनीतिक पक्षहरुलाई ध्यान दिनुपर्नेछ । यी अवस्था ठाउँ अनुसार भिन्न हुन्छन् । स्थानीय जनतालाई बीआरआईका फाइदा र अवसरबारे बुझाउनु पर्दछ ।

    यसका लागि संचार विधिको उपयोग अपरिहार्य छ । स्थानीय जनसंख्या मिल्दो अनुकुल दृष्टिकोण प्रयोग गर्नुपर्दछ । यसका लागि स्थानीय भाषा प्रयोग गर्ने, साँस्कृतिक परम्पराको सम्मान गर्ने, प्रत्येक क्षेत्रका मानिसको विशेष आवश्यकता र सरोकारलाई सम्बोधन गर्नुपर्दछ ।

    त्यस्तै क्षेत्रीय देशहरुको चासोलाई स्वीकार गर्नुपर्ने विषय पनि उनले उठाएका छन् । क्षेत्रीय देशहरुका फरकफरक प्राथमिकता र आशंका हुन्छन । यी देशहरुसंग वार्तामा बस्न, उनीहरूको प्रतिकृया सुन्न र तीनिहरुका सरोकारलाई सम्बोधन गर्न हिच्किचाउन हुँदैन ।

    कार्यक्रममा नेपालबाट उप्रेतीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, मन्त्री डा बेदुराम भुषाल र काँग्रेसका राजन केसी सहभागी थिए ।

  • लगातार चार दिन घटेको सुनको भाउ शुक्रबार बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    लगातार चार दिन घटेको सुनको भाउ शुक्रबार बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ नै बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार प्रतितोला १ हजार ३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।