
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आइतबारको तुलनामा छापावला सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रूपैयाँमा काराेबार भैरहेकाे छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १५ हजार १ सय ५० रूपैयाँ तोकिएको छ ।
आइतबार छापावला सुन प्रतितोला १ लाख १५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।