Category: अर्थ

अर्थ

  • लगातार एक साता घटेको सुनको भाउ बुधबार भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    लगातार एक साता घटेको सुनको भाउ बुधबार भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ ।

    गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ बुधबार भने बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

     

  • डिजिटल पेन्ट्सको पर्व उपहार, ल्यापटपदेखि बम्परमा नगद १ लाख सम्म

    डिजिटल पेन्ट्सको पर्व उपहार, ल्यापटपदेखि बम्परमा नगद १ लाख सम्म

    काठमाडौं । डिजिटल पेन्ट्सले चाडपर्व लक्षित उपहार योजना ल्याएको छ ।

    ‘डिजिटल हर्ष, उपहारको वर्षा’ अन्र्तगत चाडपर्व लक्षित उपहार योजना ल्याएको डिजिटल पेन्ट्ले सिमेन्ट, प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्ट्, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स लगायतका सामग्री खरिद गर्दा आकर्षक उपहारको योजना दिइएको जनाएको छ ।

    ग्राहकहरुलाई सर्वसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको दाबी गर्दै पेन्ट्सले उपहार योजना अन्र्तगत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई,दितिय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतिय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गर्ने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए ।

    साथै सान्तवना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडि र बम्पर उपहार अन्र्तगत १ जनालाई नगद १ लाख रुपैया प्रदान गरिने आचार्यले जानकारी दिए ।

    डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठुला सहर गरी ८० भन्दा बढि आधिकारीक डिलरहरु मार्फत ग्राहकहरूलाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउदै आएको आर्चायको दाबी छ । कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ ।

    जर्मन प्रतिधिवाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्यावबाट गुणस्तरीय सामग्री मात्र बजारमा उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देबिप्रसाद गौतमले जानकारी दिए ।

  • एक सातामा पाँच हजार ६ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    एक सातामा पाँच हजार ६ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।

    मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ, सोमबार प्रतितोला एक सय रुपैयाँ र मंगलबार प्रतितोला एक हजार तीन सय रुपैयाँ गरी सात दिनमा सुनको भाउ प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।

  • सुनको भाउ घट्ने क्रममा, कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्ने क्रममा, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

    आइतबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो ।

  • ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर

    ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’ ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर ल्याएको छ ।

    कम्पनीका अनुसार नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यो अफर ल्याइएको हो । असोज १४ गतेदेखि सुरु भएको अफर मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।

    उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

    त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् ।

    अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।

  • पेट्रोलियम पदार्थको मूल्य यथावत राख्न निगमलाई निर्देशन

    पेट्रोलियम पदार्थको मूल्य यथावत राख्न निगमलाई निर्देशन

    काठमाडौं । सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउन निगमलाई निर्देशन दिएको छ ।

    मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीले पेट्रोलियम पदार्थमा बढेको मुल्य लागु नगर्न निर्देशन दिएको जानकारी दिइन् ।

    पेट्रोलिएम पदार्थमा भएको मूल्य वृद्धि नियन्त्रण गर्न क्याविनेटको विषय नभएको तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमलाई निर्देशन दिएको प्रवक्ता शर्माको भनाई छ ।

    ‘यो आयल निगमको विषय थियो । मूल्य वृद्धि साविककै कायम गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले निर्देशन गरिसक्नुभएको छ । उहाँको निर्देशनमा आयल निगमले केहीेबेरमै सूचना सार्वजनिक गर्दै होला,’ शर्माले भनिन् ।

  • आजदेखि सोनापुर मिनरल्सको आईपीओ खुला

    आजदेखि सोनापुर मिनरल्सको आईपीओ खुला

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।

    सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

    कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरिएको हो ।

    सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १५ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

  • ऋण दिँदा पनि कमिसन माग्छ एनआईसी एसिया बैंक !

    ऋण दिँदा पनि कमिसन माग्छ एनआईसी एसिया बैंक !

    रौतहट । रौतहटको गरुडा बजारमा रहेको एनआईसी एसिया बैंकले कृषि ऋण दिएबापत ऋणीसँग रकम असुलेको पाइएकाे छ । एनआईसी एसिया बैंक गरुडा शाखाका प्रमुख आमाेद गुप्ताले कृषि फर्म र तीनका सञ्चालकलाई दिएकाे ऋणबाट कमिशन रकम असुलेका हुन् ।

    गुप्ताले अम्बे कृषि फर्मलाई २ करोड ५ लाख ऋण दिएबापत ५० लाख असुलेको भनी असोज २ गते जिल्ला प्रशासनमा ठगीसम्बन्धी उजुरी परेको थियाे । पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरीलाई पत्राचार गरेर जिल्ला प्रशासनले याे विषय जानकारी गराएकाे थियाे । त्यसपछि प्रहरीले याे घटनाबारे अनुसन्धान गरिरहेकाे छ ।

    यसक्रममा गुप्ताले अन्य कृषि ऋण लिएका व्यक्तिबाट पनि रकम असुलेकाे पाइएकाे छ । गुप्तामाथि दुर्गा भगवती–१ स्थित अशोका एग्रिकल्चर प्रालिका सञ्चालक अशोककुमार साहलाई ४ करोड ७५ लाख रुपैयाँ ऋण दिएबापत ८५ लाख, जय बाबा बैजनाथ एग्रिकल्चर चन्द्रपुर–९ का सञ्चालक राकेश साहलाई ३ करोड २० लाख ऋण दिएबापत ७० लाख, अनु कृषि फर्म चन्द्रपुर –५ का सञ्चालक चिन्टु रायलाई ३ करोड ५० लाख ऋण दिएबापत ३० लाख र आकार कृषि फर्म दुर्गा भगवती गाउँपालिकाका अरुण साहलाई ३ करोड १० लाख रुपैयाँ ऋण दिएबापत ३० लाख रकम लिएको आरोप छ ।

    गुप्ताले गरुडाकै एक ब्यापारीले लिएकाे ऋण मिलाउनका लागि अन्य ऋणीहरुसँग रकम असुलेकाे पनि खुल्न आएकाे छ । उनले असुल गरेकाे सबै रकम गरुडाकै व्यापारी बादल गल्ला भण्डारको खातामा जम्मा गरिएकाे छ । गल्ला भण्डारका सञ्चालक हाल फरार छन् । उलने बैंकबाट ४ करोड ऋण लिएर फरार भएका हुन् । प्रमुख गुप्ताले फरार ब्यक्तिको खातामा ऋण मिलाउन अर्कालाई ऋण दिएर रकम असुलेको देखिन्छ ।

    यस विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकाे छ । बैंकका शाखा प्रमुख गुप्ता र ऋणका लागि निवेदन दिएका निवेदकहरूसित बयान लिने काम भइरहेको जिल्ला प्रहरीले जनाएकाे छ । शाखा प्रमुख गुप्ताले भने ऋणीहरूसित सल्लाह गरेरै रकम बादल गल्ला भण्डारमा जम्मा गरेको दाबी गरेका छन् ।

  • ४ दिनमा तीन हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    ४ दिनमा तीन हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँले सुनकाे मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो ।

     

  • सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

    मुगु । छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्या भन्ने ठाउँमा किसानहरु पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त भएका हुन् ।

    मुगुमा सिमी उत्पादनको राम्रो क्षेत्र मानिने मन्दु गाउँका बासिन्दा अचेल सिमी भित्र्याउने चटारोमा छन् । पचच्या भन्ने स्थानमा मुन्दालहरु सिमी उखेल्न, बत्ताउन र चुट्न थालेका हुन् ।

    मुन्दु गाउँमा ७० भन्दा बढी घरधुरी छ । मुस्किलले एक दुईजना मात्र नोकरीमा छन् । ती पनि अस्थायी र करार । गाउँलेहरुको प्रमुख आयस्रोत भनेको भेडापालन, जडिबुटी, सिमी, आलु र मह नै हो ।

    जिल्ला सदरमुकाम गमगढीबाट २ घण्टाको पैदल दूरीमा रहेको यो गाउँ बत्ती मुनिको अँध्यारो जस्तै छ । बजार नजिक भएर पनि यातायातका साधनको सुविधा नहुँदा उत्पादित वस्तुहरु बोकेरै गमगढी बजारमा बिक्रीका लैजानुपर्ने अवस्था छ ।

    स्थानीय टेकेन्द्र ऐडी सिमी बेचेर आएको पैसाले बालबच्चा पढाउने, औषधी उपचार गर्ने, लुगाफोटो किन्ने र अन्य घर खर्च चलाउने गरेको बताउँछन् । ‘म कक्षा ११ पढ्छु, मेरो पढाईको सबै खर्च सिमी बेचेरै आएको पैसाले धान्ने गरेको छ’ उनले भने ।

    काखमा दुधे बालक च्यापेर सिमी चुट्दै गरेकी पुनी बोहोराले आफनो गाउँमा सिमी राम्रो उत्पादन हुँदै आए पनि पछिल्लो समय उत्पादनमा कमी हुने गरेको बताइन् ।

    ‘हामीले खेती गर्न जानेनौँ कि बिउ पुरानो भयो वा माटो बिग्रियो थाहा छैन’ उनले भनिन्, ‘कसैले तालिम, बिउ र गरा बनाउने सिकाए उत्पादन बढ्थ्यो होला ।’

    यहाँको सिमीको गुणस्तर राम्रो भए पनि गमगढीबाहेक ठूला बजारतिर बिक्रीका लागि मेसो नपाउँदा समस्या भएको स्थानीयको भनाइ छ ।

    पचच्या भन्ने स्थानमा बढी सिमी खेती गरिएको छ । ५४ जना गाउँलेले १० हेक्टरभन्दा बढी जग्गामा सिमी खेती गरेको मन्दु गाउँका जेष्ठ नागरिक धनरुप बोहोरा बताउँछन् ।

    पहिला पाथीको २ सय ५० मा बिक्री हुने सिमी अहिले ५ सय रुपैयाँभन्दा बढीमा बिक्ने गरेको छ ।

    बोहोराका अनुसार सिमी भण्डारणका लागि भकारी र बिउ दिएको छ । उनले घेरबारा, सिँचाई, तालिम र औजार पनि दिए अझ राम्रो हुने बताए ।

    सिमी बिक्रीबाट एक सिजनमा गाउँलेले १ लाखभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको अनुमान छ । अहिलेसम्म कति उत्पादन र विक्री हुन्छ सरकारी तबरबाट हालसम्म रेकर्ड राख्ने गरिएको छैन ।

    जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय रहेकाले सिमी विस्तार कार्यक्रम अन्तरगत कृषक, उत्पादन, बिक्री र खेती क्षेत्रबारे रेकर्ड राखिने परियोजना कार्यान्वयन ईकाई कार्यालय प्रमुख तेज विक्रम मल्ल बताउँछन् ।

    मुगुका कयौँ गाउँहरुमा सिमी, ओखर, स्याउ र जडिवुटीका लागि उर्बर भूमि भए पनि सीमित साधन, स्रोत र पुँजीका कारण अधिकतम लाभ लिन नसकिएको उनले बताए ।

    यो वर्षबाट प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय मुगुले सिमीको कृषकहरुलाई सिमी ढुवानीमा अनुदान दिन लागेको जानकारी उनले दिए ।

    किसानहरुले उत्पादिन वस्तु नेपालगन्ज, सुर्खेत, पोखरा, बुटवल र काठमाडौंसम्म बिक्रीका लागि लैजान ढुवानी खर्च नपाएर घरमै थन्काउनुपर्ने अवस्था भएपछि कार्यालयले यो वर्षबाट कृषकहरुलाई सिमी ढुवानी अनुदान दिन लागेको जनाएको छ ।

    ढुवानी अनुदान लिनका लागि कृषकहरुलाई आफ्नो उत्पादन यकिन गरी आवेदन दिन लगाउने र स्थलगत अनुगमन पछि सिमी उत्पादन र बिक्रीको यकिन तथ्यांक आउने जनाइएको छ ।