
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँले सुनकाे मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो ।