Category: प्रविधि

प्रविधि

  • नेपालगञ्जमा सोलार रुफटप प्रवर्द्धनबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपालगञ्जमा सोलार रुफटप प्रवर्द्धनबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपालगञ्ज । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्य तथा समन्वयमा उद्योग ब्यबसायीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रम नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष श्री टंक बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्र्तगत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रमा कार्य गरिरहेको बताउनुभएको थियो । केन्द्रका विभिन्न कार्यक्रमहरुको चर्चा गर्दै ऊर्जामा लगानी र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रको साथै नीजि क्षेत्रको समेत सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्वन उत्र्सजनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा सोलार रुफटप प्रविधि महत्वपूर्ण हुने भन्दै नवीकरणिय ऊर्जा अनुदान नीति २०७८, अनुदान परिचालन कार्यविधि २०७९ तथा केन्द्रिय ऊर्जा कोष अन्र्तगत रहेको दिगो ऊर्जा च्यालेन्ज फण्डको बारेमा समेत उद्योग तथा ब्यवसायीहरुलाई प्रष्ट बताउनुभएको थियो ।

    सोहि कार्यक्रममा केन्द्रका सौर्य शाखा प्रमुख श्री डा. लक्ष्मण प्रसाद घिमिरेले केन्द्रले प्रर्वद्घन गरिरहेको सौर्य प्रणालीहरुसँग सम्वन्धित कार्यक्रमहरु बारे चर्चा गर्दै डि.के.टि.आई. सोलार आयोजनाको सक्षिंप्त जानकारीका साथ सोलार रुफटप कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । उँहाले नवीकरणिय ऊर्जा नीतिमा रहेको प्रावधान र सोलार रुफटप जडान गर्नको लागि कुनै उद्योग ब्यबसायी आफैंले वा ईनर्जी सर्भिस कम्पनीले ऋण लिएमा उक्त ऋण रकमको ब्याजदरमा पचास प्रतिशत सम्म अनुदान ५ वर्षसम्म दिईने कुराको जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा सोलार रुफटपको आवेदन प्रक्रिया, प्राविधिक तथा आर्थिक पक्ष एवं वातावरणीय र सामाजिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत भएका थिए ।

    कार्यक्रमको अध्यक्ष श्री टंक बहादुर धामीले यस प्रकारको जानकारीमूलक कार्यक्रम सञ्चालनले सोलार रुफटफको प्रवद्र्घनमा सहज हुन जाने भन्दै भविष्यमा थप घनिभुत छलफलको आवश्यकता औंल्याउनुका साथै यस क्षेत्रमा सोलार रुफटप प्रविधि जडान गर्न ब्यवसायीहरुलाई आग्रह गर्दै कार्यक्रम समापन भएको थियो ।

  • विज्ञान प्रविधिः कम चलाउँदा पनि विग्रिन्छ कार

    विज्ञान प्रविधिः कम चलाउँदा पनि विग्रिन्छ कार

    काठमाडौं । धेरै मानिसहरू ट्राफिक जाम र तेलको मूल्यको कारण धेरै कम ड्राइभ गर्छन् । यसो गर्दा कारमा विभिन्न किसिमको क्षति हुने जोखिम बढ्छ ।लामो समयसम्म कार नचलाउदा गाडीको टायरमा पनि प्रतिकूल असर पर्छ । लामो समयसम्म कारलाई एकै ठाउँमा पार्किङ गर्दा कारको टायरका केही भागहरूमा बढी दबाब पर्छ । यसका साथै कारको टायरमा रहेको हावा पनि बिस्तारै कम हुन थाल्छ । एकै ठाउँमा कम हावा र दबाबका कारण टायर सुक्न थाल्छ । जब यस्तो हुन्छ, टायर चाँडै बिग्रन्छ ।

    खियाको जोखिम

    पार्किङ गरिएको गाडीमा खिया लाग्ने जोखिम पनि बढी हुन्छ । कारलाई एकै ठाउँमा लामो समयसम्म पार्किङ गर्दा कारको वरिपरि माटो जम्मा हुने भएकाले यस्तो हुन्छ । यो माटो गाडीमा पनि जम्मा हुन थाल्छ । एकै ठाउँमा चिस्यान र माटोको उपस्थितिका कारण खिया लाग्न थाल्छ ।

    इन्जिनमा समस्या

    यदि तपाईको कार एकै ठाउँमा लामो समयसम्म पार्क गरिएको छ भने कारको इन्जिनमा समस्या आउने खतरा पनि बढ्छ । वास्तवमा, कार लामो समयसम्म प्रयोग नगर्दा, रेडिएटरमा कहिलेकाहीं धुलोको कणहरू पुग्छन् र यस्तो अवस्थामा कार चलाउँदा कारको इन्जिनको भित्री भाग बढी तातो भएर बिग्रने जोखिम पनि बढ्छ ।

    कार कसरी बचाउने

    यदि तपाइँ पनि लामो समयसम्म एकै ठाउँमा कार पार्क गर्नुहुन्छ भने । त्यसैले कभर पार्किङमा मात्र कार पार्क गर्नु पर्छ ।

    यस्तो गर्दा कारलाई धुलोबाट मात्र जोगाउन सकिन्छ । यसबाहेक केही समयको लागि मात्र कार स्टार्ट गरेर केही समय चलाउँदा धेरै प्रकारका समस्याबाट बच्न सकिन्छ ।

  • वैज्ञानिकहरुले बनाए मृत्युको मिति भविष्यवाणी गर्ने एआई प्रणाली

    वैज्ञानिकहरुले बनाए मृत्युको मिति भविष्यवाणी गर्ने एआई प्रणाली

    काठमाडौं । अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्यु समेत मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् ।

    लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए । यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन् ।

    डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसाङ्ख्यकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ ।

    यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो । निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ । २५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो । एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो ।

    डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने । आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाइ छ । लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन ।

  • अन्तरिक्ष अध्ययनमा ठूलो सफलता, पहिलो पटक लेजर सन्देश प्राप्त

    अन्तरिक्ष अध्ययनमा ठूलो सफलता, पहिलो पटक लेजर सन्देश प्राप्त

    काठमाडौं । पृथ्वीमा पहिलो पटक अन्तरिक्षबाट लेजर सन्देश प्राप्त भएको छ । यो सन्देश १६ मिलियन किलोमिटरको दूरीबाट पृथ्वीमा पठाइएको थियो । सन्देश प्राप्त गर्न केवल ५० सेकेन्ड लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

    यसरी लेजर सन्देश प्राप्त गरेको यो पहिलो पटक भएको पनि नासाको भनाई छ । अन्तरिक्षमा रहेको साइकी स्पेसक्राफ्टबाट सन्देश पठाइएको थियो, जुन ५० सेकेन्डमा पृथ्वीमा प्राप्त भएको हो ।

    नासाका अधिकारी टर्डी कोर्टेसका अनुसार पछिल्लो उपलब्धिले अन्तरिक्षमा सञ्चारमा सुधार ल्याउने मार्ग प्रशस्त गर्नेछ ।

    उनले भने, ‘यसबाट हामी भविष्यमा अन्य ग्रहमा वैज्ञानिक सूचना, फोटो र भिडियो पठाउन सकिने प्रविधि निर्माण गर्न सक्षम हुनेछौं ।’

    साइकी स्पेसक्राफ्ट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट अक्टोबर १३ मा प्रक्षेपण गरिएको थियो । यस प्रयोगका लागि डीप स्पेस अप्टिकल कम्युनिकेसन (डीएसओसी) प्रणाली प्रयोग गरिएको थियो । यो डीएसओसी प्रणाली साइकी स्पेसक्राफ्टमा स्थापित गरिएको थियो ।

    अन्तरिक्षमा अन्तरिक्ष यानसँग सम्पर्क स्थापित गर्न पृथ्वीमा ठूला एन्टेनाहरू जडान गरिएको छ । रेडियो संकेतहरू यी एन्टेनाहरूबाट सन्देशहरू पठाउन र प्राप्त गर्न प्रयोग गरिन्छ । तर तिनीहरूको ब्यान्डविथ सीमित छ ।

    यो प्रयोगपछि नासाले अब रेडियो सिग्नलको सट्टा ‘लाइट’ प्रयोग गरेर पृथ्वी र अन्तरिक्ष यानबीच सम्पर्क स्थापित गर्न सक्नेछ । यस लाइट वा लेजर मार्फत सन्देशहरू पठाउन र प्राप्त गर्न सकिन्छ । नासाका अनुसार यो प्रणालीले हाल प्रयोगमा रहेका अन्तरिक्ष सञ्चार उपकरणहरूभन्दा १० देखि १०० गुणा छिटो सूचना पठाउन सक्छन् ।

    नासाले नोभेम्बर १४ मा साइकी स्पेसक्राफ्टले क्यालिफोर्नियाको पालोमर अब्जर्भेटरीमा हेल टेलिस्कोपसँग सञ्चार सम्पर्क स्थापना गरेको जनाएको छ । यस सञ्चार लिङ्कको सफल प्रयोगलाई ‘फस्टलाइट’ नाम दिइएको छ ।

  • धरानमा विमानस्थल निर्माणको सम्भावना खोज्न मन्त्री किरातीको निर्देशन

    धरानमा विमानस्थल निर्माणको सम्भावना खोज्न मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न समिति बनाउन निर्देशन दिएका छन् ।

    धरानमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्ने समिति गठनको लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मनत्री राईले निर्देशन दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छु’, मन्त्री किरातीले लेखेका छन् ।

    हिजो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा विमानस्थल बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

  • राजेन्द्र लिङ्देनको प्रश्न- टेलिकमको ग्राहक बढ्दा आम्दानी बढ्न नसक्नुको कारण के हो ? (भिडिओ)

    राजेन्द्र लिङ्देनको प्रश्न- टेलिकमको ग्राहक बढ्दा आम्दानी बढ्न नसक्नुको कारण के हो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल टेलिकमको आम्दानीबारे अन्योल पैदा भएको बताएका छन् ।

    संसदीय लेखा समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले दूरसञ्चारले ग्राहको संख्या बढ्दा आम्दानी नबढाएको प्रतिक्रिया दिएका छन् ।

    उनले भने् ‘आ.व २०७४/७५ मा ३८ अर्ब आम्दानी गरेको नेपाल टेलिकमले अहिले ३७ अर्बमात्रै गर्‍याछ । त्यसबेला ९१ लाख ग्राहक थियो अहिले १ करोड ९२ लाख छ ।’

    दूरसञ्चारले किन आम्दानी घटाएको यसको ठोस उत्तर पाउन नसकिने उनको भनाई छ । ‘डाटा २०१५/१६ मा हामीले जति प्रयोग गर्थेउ त्यसको अहिले ९ सय ५१ प्रतिशत भन्दा माथि प्रयोग गर्ने बढेको छ । भने हामीले आम्दानी घटाउन पर्ने कारण भरपर्दो ढङ्गले पाउन सकिँदैन ।’ लिङ्देनले भने ।

  • नयाँ च्याटबट ल्याउँदै मेटा, च्याटजीपीटी जस्ता एआई टुललाई चुनौती

    नयाँ च्याटबट ल्याउँदै मेटा, च्याटजीपीटी जस्ता एआई टुललाई चुनौती

    काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ ।

    मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान हुने, तर विभिन्न सेलिब्रेटीहरूको व्यक्तित्वसँग मिल्ने छ ।

    यसका लागि र्यापर स्नुप डग, एनएफएल स्टार टम ब्रेडी, युट्युबर मिस्टर बिस्ट लगायतका सेलिब्रेटीसँग सहकार्य गरेको छ ।

    मेटाको यो एआई टुल प्रारम्भिक चरणमा अमेरिकामा मात्र उपलब्ध हुने छ ।

    त्यस्तै मेटाले प्रयोगकर्तालाई आफूअनुकूलको एआई टुल बनाउन सहयोग गर्ने उद्देश्यले एआई स्टुडियो समेत ल्याउने भएको छ ।

    त्यसबाट बनाइने एआई असिस्टेन्ट वा च्याटबटलाई मेटाको विभिन्न मेसेजिङ प्लेटफर्ममा प्रयोग गर्न सकिने जनाइएको छ ।

  • चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण

    चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण

    काठमाडौं । भारतले, चन्द्रयान ३ सफलतासंगै सुर्य अवलोकन मिसनको सुरुवात गरेको छ ।

    चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सुर्यको अवलोकन अभियान सुभारम्भ गरेको हो ।

    भारतले स्थानीय समय अनुसार आज विहान ११ बजेर ५० मिनेटको समयमा आदीत्य एल वन, सूर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो ।

    सो यानले अबको चार महिनामा सुर्य ९ लाख ३२ हजार माइल यात्रा पूरा गर्ने भारतीय स्पेश एजेन्सीलाई उदृतगर्दै बीबीसीले जनाएको छ । भारतले हिन्दु र्धममा देवता मानिने सुर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सुर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।

  • नयाँ दिल्ली उड्न लागेकाे एयर इन्डियाकाे जहाजमा समस्या

    नयाँ दिल्ली उड्न लागेकाे एयर इन्डियाकाे जहाजमा समस्या

    काठमाडौं । नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थल स्राेतले जनाएकाे हाे ।

    जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेकाे छ ।

    एयर इन्डियाको जहाजमा रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

    समस्या आएकाे एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

  • भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

    भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

    काठमाडौं । भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी आईतबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

    इसरोले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको तस्बिर समेत सार्वजनिक गरेको छ ।

    इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

    अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ ।