वैज्ञानिकहरुले बनाए मृत्युको मिति भविष्यवाणी गर्ने एआई प्रणाली

काठमाडौं । अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्यु समेत मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् ।

लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए । यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन् ।

डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसाङ्ख्यकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ ।

यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो । निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ । २५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो । एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो ।

डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने । आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाइ छ । लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१