Category: फोटो न्यूज

फोटो न्यूज

  • गलकोटबाट देखिएको धौलागिरि र माछापुच्छ्रे हिमश्रृखलाको दृष्य (फोटो फिचर)

    गलकोटबाट देखिएको धौलागिरि र माछापुच्छ्रे हिमश्रृखलाको दृष्य (फोटो फिचर)

    गलकोटबाट देखिएको धौलागिरि र माछापुच्छ्रे हिमश्रृखलाको दृष्य

     

     

  • च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु (फोटोफिचर)

    च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु (फोटोफिचर)

    दोलखा । दोलखाको जिरी नगरपालिकामा अवस्थित च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ । समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित च्योर्दोङलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको छ । जिरीका स्थानीय जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान सुरु गरिएको हो ।

    ‘जाऔं है च्योर्दोङ’ अभियान अन्तर्गत मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा सम्पन्न भयो । अभियानमा पत्रकार, पर्यटन व्यवसायी, समाजसेवी, र साहसिक खेलका प्रतिनिधिहरू,स्थानिय युवाहरुको सहभागी भएका थिए । अभियानको क्रममा ३६ जनाको जम्बो टोलीले च्योर्दोङ डाँडामा पदयात्रा गरेर साँझ त्यहीं क्याम्पिङ गरेका थिए । नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन गरेका थिए ।

    यस अभियानका लागि लेखक, पत्रकार, फोटोग्राफर, साइक्लिस्ट, र स्थानीय व्यवसायीहरू सम्मिलित ३६ जनाको समूहले मंगलबार जिरीबाट च्योर्दोङ डाँडासम्म यात्रा गरेको छ ।

     

    च्योर्दोङबाट यहाँबाट धौलागिरी , अन्नपूर्ण, माछापुछ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ । डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।

    च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ । यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ, र हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ ।

    हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ । यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ ।

    च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियान संयोजक लिलाराम खड्काले भने, “हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरेका हौं। साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौं ।”

    नेपाल साईकल संघका वरिष्ठ उपाध्यक्ष सुदिप पौडेलले च्योर्दोङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउन सके यसलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिने बताए । “साहसिक पर्यटनले स्थानीय आम्दानी बढाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ,” उनले भने ।

    डोल्पाली शिक्षासेवी सेम्दुक लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, “डोल्पाभन्दा फरक अनुभव भयो । अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो । काठमाडौं नजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ ।”

    च्योर्दोङ भ्रमण टोलीमा बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पर्यटनकर्मी शिक्षासेवी सेम्दुक लामा, र सगरमाथा आरोही लालबहादुर जिरेल लगायत सहभागी थिए । साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी, र चन्द्रा खड्काले पनि साहसिक पर्यटनको सम्भावना पहिचान गर्न योगदान दिए । साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै यसको सम्भावना र चुनौतीहरूको अध्ययन गरेका थिए ।

  • काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)

    काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर महानगर दिवस मनाएको हो ।

    दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा : एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ ।

    यस्तै, महानगरले आज दिउँसो ३ बजे टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि गर्दैछ । सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ ।

    २०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो ।

     

     

  • जोखिम मोलेर रुखबाटै एनपीएल हेर्दै क्रिकेटप्रेमी

    जोखिम मोलेर रुखबाटै एनपीएल हेर्दै क्रिकेटप्रेमी

    काठमाडौं । टियु क्रिकेट मैदानमा अहिले नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ ।

    एनपीएल प्रत्यक्ष हेर्न खासगरी शनिवार र सार्वजनिक विदाको दिन क्रिकेटका समर्थकहरु अथाह आउने गर्छन । डिसेम्बर ७ (आज) टिकट काटेर आउने र बाहिर बसेर हेर्ने दर्शकले टियु क्रिकेट मैदान बाहिर भिडमभिड छ ।

    भुईमा मात्र होइन रुखमा जोखिम मोलेरै क्रिकेट समर्थक एनपीएल हेरिरहेका छन् ।

    हेर्नुहोस तस्बिरहरु

  • बन्दै गरेको घण्टाघर (फाेटाेफिचर)

    बन्दै गरेको घण्टाघर (फाेटाेफिचर)

    हातमा घडी नभएका जनताले समय थाहा पाउने, घण्टाघरको नामसँगै रानीपोखरी र धरहराको नाम सम्झनामा आउने घण्टाघर अहिले पुन बन्दै गैइरहेकाे छ ।

    घण्टाघर यस्तो सम्पदा हो जसको महत्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन् । कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गर्ने गरेको थियो । कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैं समय चिनाउनकाे लागि पुन निर्माण हुँदैछ ।

    भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको हो ।

  • मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह

    मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् ।

    शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुमधुर हुने बताएका हुन् ।

    उनले भने, ‘मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सधैं अगाडि बढाउन चाहन्छौं । ’

    साथै उनले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महशुस गराएका समेत बताए ।

  • प्रहरीको कुकुर पूजा (फोटो फिचर)

    प्रहरीको कुकुर पूजा (फोटो फिचर)

    काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज बिहीबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

    कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागू औषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन् ।

    कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो ।प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।

  • साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन (तस्वीर सहित)

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ३ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो ।

    एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । सुरुमा टिकेट विक्रीका लागि नीजि कम्पनीसँग सम्झौता गरेको एन्फाले पछि आफैं टिक विक्री गर्न थालेको हो ।

    उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

    सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

    जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ ।

  • धुमधाम धनतेरस : नयाँ भाँडाकुँडा किनमेलको चटारो (फोटो फिचर)

    धुमधाम धनतेरस : नयाँ भाँडाकुँडा किनमेलको चटारो (फोटो फिचर)

    काठमाडौं । आजदेखि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ ।

    धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

    धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुनेछ ।

    दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।
    आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।

  • शारीरिक रुपमा अशक्त रामकुमारले फुलाए ढकमक सयपत्री (फोटो भिडियो)

    काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिकाका रामकुमार तामाङले फूल खेती गरेको लगभग दुई वर्ष भयो । आफू शारीरिक रुपमा अशक्त भएर पनि चार रोपनी जग्गामा फूल खेती गरेर उनले आयआर्जनको राम्रो स्रोत बनाएका छन् ।उनले तिहारको लागि भनेर सधैं सयपत्रीको खेती गर्ने गरेको बताए । उनले यसमा सरकारले व्यापारको लागि सहज वातावरण मिलाए राम्रोसँग आम्दानीको स्रोत बन्न सक्ने बताए ।

    उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो । खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो । सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं । अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं । काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो ।

    एउटा व्यवसाय त गर्नैपर्यो । गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो ।’साथै उनले भारतबाट फूल आयात हुने भएकाले नेपाली फूल बिक्रीमा असर परेको बताए । उनले हरेक कुरामा भारतलाई प्राथमिकता दिँदा नेपाली उत्पादनहरु विक्री हुन नसकेको गुनासो गरे ।