शारीरिक रुपमा अशक्त रामकुमारले फुलाए ढकमक सयपत्री (फोटो भिडियो)

काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिकाका रामकुमार तामाङले फूल खेती गरेको लगभग दुई वर्ष भयो । आफू शारीरिक रुपमा अशक्त भएर पनि चार रोपनी जग्गामा फूल खेती गरेर उनले आयआर्जनको राम्रो स्रोत बनाएका छन् ।उनले तिहारको लागि भनेर सधैं सयपत्रीको खेती गर्ने गरेको बताए । उनले यसमा सरकारले व्यापारको लागि सहज वातावरण मिलाए राम्रोसँग आम्दानीको स्रोत बन्न सक्ने बताए ।

उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो । खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो । सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं । अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं । काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो ।

एउटा व्यवसाय त गर्नैपर्यो । गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो ।’साथै उनले भारतबाट फूल आयात हुने भएकाले नेपाली फूल बिक्रीमा असर परेको बताए । उनले हरेक कुरामा भारतलाई प्राथमिकता दिँदा नेपाली उत्पादनहरु विक्री हुन नसकेको गुनासो गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१