Category: समाज

समाज

  • एसएस फाउन्डेसनद्वारा प्रहरीलाई सहयोग

    एसएस फाउन्डेसनद्वारा प्रहरीलाई सहयोग

    काठमाडौं । एसएस फाउन्डेसनले काठमाडौं बुद्धनगर स्थित प्रहरी चौकीलाई सहयोग गरेको छ । प्रहरीलाई आवश्यक सामग्री आइतबार हस्तान्तरण गरेको हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सह कोषाध्यक्ष तथा समाजसेवी शोभीत उप्रेतीले प्रहरी प्रभाग प्रमुख खम्भधोज खड्कालाई सामग्री हस्तान्तरण गरेका छन । एसएस फाउन्डेसनले पंखा, प्रेसर कूकर झुल, आवश्यक सामग्री प्रदान गरेको हो ।

    फाउन्डेसनद्वारा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले यसअघिपनि स्वास्थ्य सामग्री विपन्न परिवारलाई सहयोग, बाढी पहिरो पीडितहरुलाई सहयोग गरेको थियो। फाउन्डेसनका संरक्षक तथा समाजसेवी उप्रेतीले आगामी दिनमा पनि देशभर एसएस फाउन्डेसनले आपतविपतमा सकेको सहयोग गर्ने बताए ।

  • १९ वर्षीय युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

    १९ वर्षीय युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरी प्रक्राउ गरेको छ ।

    १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित

    क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित

    काठमाडौं । क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् ।

    क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने, २०७९ माघ ११ गतेको मन्त्रीपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

    उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नविकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरषद्को निर्णय कार्यान्वयन गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

    व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

  • तितुङ हत्याका दोषीलाई कारबाहीको माग

    तितुङ हत्याका दोषीलाई कारबाहीको माग

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाका मकवानपुरका शुकबहादुर तितुङको परिवारलाई राहत दिन माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोलेका बर्तौलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे ।

    ‘पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले शुकबहादुर तितुङ लगायतका जनताहरुलाई आक्रमण गरे गोली हानेर शुकबहादुर तितुङको हत्या गरे ।’उनले यही असार ७ गते मध्यवर्ती क्षेत्र वनभित्र त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियता समेत नराखी तितुङको हत्या गरेको बताए ।

    बर्तौलाले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै उक्त हत्याका दोषीलाई कारबाही गरिनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

    ‘घटना भैसक्यो दोषी सुरक्षाकर्मीलाई पहिचान गरी कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले

  • ६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना

    ६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना

    काठमाडौ । मुगुमा ६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना भएका छन् ।

    आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि गरिएको अर्धवार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ ओटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए ।

    मुगुको सदरमुकाम गमगढीमा सम्पन्न कार्यक्रममा शाहीले प्रस्तुत गरेको विवरणमा महिला हिंसाका घटना बढी छन् ।६ महिनाको तथ्यांक अनुसार जिल्लामा महिला हिंसाको ७ ओटा, कुटपिट सम्बन्धि ४ वटा र दुव्र्यवहार सम्बन्धि एउटा घटना भएको छ ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पारेका थिए । साथै, उनले जिल्लामा हुने मानव अधिकार उल्लंघनका घटनाहरुमध्ये सबै प्रहरी समक्ष नपुग्ने र पुगेका घटना पनि दर्ता नभएर मेलमिलापमा टुङ्ग्याउने गरेको भन्ने इन्सेक प्रतिनिधिले गरेको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । थापाले आगामी दिनहरुमा सबै विवरण स्पष्ट राख्ने प्रतिबद्धता समेत जनाए ।

    नागरिक समाज मुगुका अगुवा रुप बहादुर मल्लले इन्सेकले मानव अधिकार उलंघन सम्बन्धिका घटना दर्ताका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । मल्लले नागरिकमा रहेको कम चेतनाका कारण जिल्लामा घटेका कतिपय घटना बाहिर नआउने र बाहिर आए पनि उजुरी गर्ने प्रकृया सम्म नपुगी गाउँमै घटना मिलाउने हुने गरेको धारणा राखे । स्थानीय तहका न्यायिक समिती कमजोर भएको कारण मानव अधिकार उल्लंघनका घटनामा पनि उजुरी नै नपर्ने गरेको भनाई उनको थियो ।

    नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले पनि मुगुका नागरिकमा आफ्ना अधिकारबारे चेतना फैलाउनुपर्नेमा जोड दिए ।मल्लले मुगुमा अखाद्य (मिति सकिएका) खाद्यान्न आउने गरेको, अभाव र अज्ञानका कारण जनताले त्यही अखाद्य खानेकुरा प्रयोग गर्ने गरेको भन्दै खाद्य अधिकारबारे विशेष जोड दिएर जनचेतना फैलाउन इन्सेकलाई आग्रह गरे ।

    कार्यक्रममा उपस्थित पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवाल र सरकारी वकिल कार्यलय मुगुका अधिवक्ता चन्द्र बहादुर खत्रीले मुगुमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु हुने गरेता पनि ति घटना स्थानीय तहको न्यायिक समिति र प्रहरी चौकिमै मेलमिलाप गराइने भएकाले इन्सेक सम्म नपुग्ने गरेको अनुभव सुनाए ।

     

  • लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

    लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् ।

    आइतबार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सिपको आधारमा प्रकृतिको संरक्षण, सम्वर्द्धन गरिरहेका छन् ।’

    संविधानले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हकसहितको विभिन्न अधिकारहरू प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानतः सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गरे ।

    ‘संविधानले अवसर तथा लाभमा आदिवासी जनजातिलाई अग्राधिकार दिइएको छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिँदा राजनीतिक दलले जनसंख्याको आधारमा आदिवासी जनजातिको पनि प्रतिनिधित्त्व गराउनुपर्ने व्यवस्था छ,’ उनको भनाइ थियो ।

  • पाँच प्रदेशमा मनसुनको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    पाँच प्रदेशमा मनसुनको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । यस्तै आज दिउँसो देशभर मौसम आंशिक देखि साधारण बदली रहने छ ।

    हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

    आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

     

  • जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु

    जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु

    काठमाडौं । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ

    शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् ।

    ‘उहाँको हिजो राती नै निधन भैसकेको रहेछ । अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी भैरहेको छ’ उपाध्यक्ष सिंहले भनिन् ।उनका अनुसार शनिबार राती ११ बजेतिर खोलामा एक्कासी आएको बाढीले माछा मार्न अन्य गएका ६ जनालाई पनि बगाएको थियो।

    बाढीमा परी कुशे गाउँपालिकाका राजेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, खिमबहादुर शाही, जीवन जैसी, कुशे–१, तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने सामान्य घाइते भएको उपाध्यक्ष सिंहले बताइन् ।

    तर अन्यले पौडिएर ज्यान जोगाए पनि ३९ वर्षीय रोकाया भने मृत भेटिएका हुन् । रोकाया गाउँपालिकाकै वडा नम्बर–४मा रहेको मालटाकुरा माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक हुन् ।

  • दुई दिनसम्म यी स्थानमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने

    दुई दिनसम्म यी स्थानमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने

    काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबा दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ ।

    मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो ।

    प्राधिकरणले शनिबार मातातीर्थ,सतुंगल, मच्छेगाउँ, फर्पिङ फिडर अन्तर्गत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

    यस्तै, भोलि (आइतबार) पनि मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ ।

  • निर्माणाधीन संसद भवनको काम छिटो सक्न ध्यानाकर्षण

    निर्माणाधीन संसद भवनको काम छिटो सक्न ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारमा निर्माणाधीन संसद भवनको कार्य प्रगति विवरणबारे सहरी विकास मन्त्रालयसँग छलफल गरेको छ ।

    सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा सांसदहरुले संसद भवन निर्माण सम्पन्न गर्न सरकारले निर्माण कम्पनीको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखेका छन् ।
    सांसद नरबहादुर बिष्टले भवनको डिजाइनका सन्दर्भमा अख्तियारबाट पटक पटक चिठी आउने र कर्मचारी तथा निर्माण कम्पनी डराउने भएका कारण निर्माणमा ढिलाई भइरहेको बताए ।

    उनले भने, ‘पूराना वस्तुकला अनुसार डिजाइन गर्दैगर्दा अख्तियारबाट पटक पटक चिठी आउने र निर्माण कम्पनी पनि डराउने अनि कर्मचारी पनि डराउने कारणले निर्माणमा ढिलाई भएको हो कि ?’, उनको प्रश्न थियो ।

    आयोजनाहरु निर्माणका क्रममा अदालतमा दर्ता भएका मुद्दाहरुको छिटो निरुपण नहुनुको कारण समेत विकास निर्माणमा ढिलाइ भइरहेको बताए ।

    समिति सभापति माया प्रसाद शर्माले छिटोभन्दा छिटो नयाँ भवन बनाउन आग्रह गर्दै छिट्टै नयाँ संसद भवनमा समिति बैठक बसाउन पाउने विश्वास व्यक्त गरे ।