Category: समाज

समाज

  • रेफ्री संघ मकवानपुर अध्यक्ष श्रेष्ठको निधन

    रेफ्री संघ मकवानपुर अध्यक्ष श्रेष्ठको निधन

    काठमाडौ। मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्री समेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए ।

    परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

    हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए ।साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले विहीबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठकाका श्रीमती र एक छोरा छन् ।

  • ललितपुरमा ‘घर घरमा नगर प्रहरी’ अभियान शुभारम्भ

    ललितपुरमा ‘घर घरमा नगर प्रहरी’ अभियान शुभारम्भ

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् ।

    विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि ललितपुर महानगरपालिकाले कार्यक्रम ल्याएको बताए ।

    उनले भने, ‘यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा यसबाट मेयर मात्र होइन वडा अध्यक्ष, सदस्यहरुलाई अभियानले धेरै नै सहयोग प्राप्त हुनेछ भन्ने आश गरेको छु । यो कार्यक्रम भव्यताकासाथ सफल हुन्छ । यसले नगरपालिका र नगरबासीको बीचमा सेतुको काम गर्नेछ । यसबाट दुइपक्षीय संवाद् हुन्छ । नगरबासीहरुको सुख, दुख र पीर आदिको बारेमा महानगरपालिका र जनप्रतिनिधिहरु सुचित हुने मौका पाउनेछ ।’

    यसको साथै उनले अभियानको बारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिंदै अभियानले सेवा चुस्त र दुरुस्त हुने बताए ।
    उनले भने, ‘यसबारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग पनि हामी समन्वय गरेर हामी अगाडि बढ्छौ । जसले गर्दा हाम्रो सेवा चुस्त र दुरुस्त हुने नै छ ।’

     

  • एनसेल र नेपाल युवा परिषद्को सहकार्यमा ७७ जिल्लामै वृक्षारोपण गरिने

    एनसेल र नेपाल युवा परिषद्को सहकार्यमा ७७ जिल्लामै वृक्षारोपण गरिने

    काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ ।‘एक युवा, एक विरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गर्न लागेको हो ।

    एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रत्येक जिल्लाका १०० जना युवालाई एक विरुवा वृक्षारोपणका लागि उपलब्ध गराउने छ ।यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ । वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवा स्वयंको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।

    ‘यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुदाँ यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले भनिन् ।

    नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखि वृक्षारोपण अभियान संचालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताएका छन् । कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरुलाई वातावरण संरक्षणमा जोड्दै युवाहरुलाई सामाजिक रुपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्य राखेको छ ।

  • चापाकोट नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ वितरण

    चापाकोट नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ वितरण

    स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले कृषकहरूलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण गरेको छ ।

    चापाकोटका १० वटै वडाका किसानहरूलाई उन्नत जातको धान उत्पादन गर्न धान बिउ वितरण गरिएको चापाकोट नगरपालिका कृषि शाखाले जनाएको छ।

    नगरपालिकाले २५ मेट्रिकटन बीउ बितरण गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १८ मेट्रिकटन बीउ वितरण गरिसकेको छ। गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।

    चापाकोट नगरपालिकाका नगरप्रमुख देब बहादुर खाणले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको बताए।

    गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दा नगरमा पच्चीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यवस्थापन गरेको नगरप्रमुख खाणले बताए । बीउमा ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।

    उक्त धान बिउ नगरक्षेत्रका कृषक र कृषक समूहलाई उन्नत जातको साबित्री, सावा मन्सुली, रामधान जातको धानको बिउ वितरण गरिरहेको कृषि शाखाले जनाएको छ ।

    धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् ।

     

  • सरकारको मनसुन पूर्वतयारी : अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

    सरकारको मनसुन पूर्वतयारी : अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा यो वर्ष मनसुनबाट हुनसक्ने सम्भावित क्षति र जोखिमको विवरण उल्लेख गर्दै उनले गृहमन्त्रालय र मातहत निकाय मनसुनको सामना गर्न तयारी अवस्थामा रहेको बताए ।

    यसका लागि निरन्तर एक महिना अघिबाटै मन्त्रालयले कार्ययोजना बनाइरहेको बताएका उनले कार्यकारी समितिको मंगलबार बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालय अन्र्तगतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको सहसचिवको नेतृत्वमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय गरेको जानकारी सदनलाई गराए । जसमा सबै सुरक्षा निकाय र विपद व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् ।

    गृहमन्त्री लामिछानेले भने, ‘कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्व तयारी र विपद घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन वान्स स्टप्स सेन्टरको रुपमा संयोजनकारी भूमिका खेल्ने छ । यसै पोस्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैर सरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा पनि समन्वय गर्नेछ ।’

    मन्त्री लामिछानेले आवश्यक पर्दा कमाण्ड पोस्टले गृहमन्त्री देखि प्रधानमन्त्री सम्मलाई प्रतयक्ष समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको बताएका छन् ।‘कमाण्ड पोस्टले अन्य कुनै स्थानमा समन्वय गर्नु परेमा पनि सो कार्य गर्ने बताएका उनले उक्त पोस्टलाई तत्काल कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै भने, ‘काँही कतै समन्वयनको अभावको कारणले गर्दा सामग्रीहरु नजाने, पैसाको निकासी नहुने, कुरामा विगतमा भएका अनुभवबाट सिकेर कमाण्ड पोस्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ । यसले आवश्यक पर्दा गृहमन्त्री, सचिव र आवश्यक परे प्रधानमन्त्रीसँग समेत समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको छ,’ लामिछानेले भने ।

    विपद्का सूचना लिनदिन कमाण्ड पोस्टले आजैबाट काम थालिसकेको बताएका मन्त्री लामिछानेले चौविसै घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बर मनसुन नसकिँदासम्म चालु राख्ने जानकारी दिए ।यस वर्षको मनसुन अवधिभर १८ लाख जनसंख्या प्रत्यक्ष प्रभावित हुने अनुमान गृह मन्त्रालयले गरेको छ ।मनसुनमा अत्यधिक वर्षा हुने अनुमान गरिएकाले बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार

    घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ ।सम्भावित प्रभावित मध्ये १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान मन्त्रालयले गरेको छ ।यो वर्ष मनसुन जेठ ३१ गते नेपाल भित्रिएर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ ।

  • पोखरामा प्रधानमन्त्रीले भने— ‘दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्’

    पोखरामा प्रधानमन्त्रीले भने— ‘दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्’

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन् ।
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिएका छन् ।

    दाहालले भने, ‘चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यो प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ । आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।’

    उनले भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रतिष्ठानको विकास, विस्तार र उन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको बताए ।

  • फोहर व्यवस्थापन नीति आवश्यक छ :अध्यक्ष दाहाल

    फोहर व्यवस्थापन नीति आवश्यक छ :अध्यक्ष दाहाल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले फोहोर व्यवस्थापन गर्न उपयुक्त नीति नहुँदा सरकारलाई चुनौती बढेको बताएका छन् ।

    बुधबार काठमाडौंमा ‘फोहोर व्यवस्थापन र जलवायु सम्मेलन २०२४’ उद्घाटन कार्यक्रममा उनले फोहोर व्यवस्थापन लागि उपयुक्त नीति नहुँदा घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाँउबाट निस्किने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको बताए ।

    उनले भने, ‘फोहोर व्यवस्थापनको व्यवस्थित नीति नहुँदा हाम्रो घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाउँबाट निस्कने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको छ । हामीले घर, उद्योग, कलकारखाना र विभिन्न क्षेत्रबाट निस्कने फोहोर उचित रुपमा व्यवस्थापन गर्न सकेनौं भने स्वच्छ वातावरण निर्माण गर्न सक्दैनौं ।’उनले जलवायु परिवर्तन र फोहोर व्यवस्थापन विश्व समुदायकै लागि जटिल समस्या भएको भन्दै सबैले यसलाई साझा संकल्प बनाउन आवश्यक रहेको बताए ।उनले भने, ‘जलवायु परिवर्तन र फोहोर व्यवस्थापन नेपालको मात्र समस्या होइन् ।

    विश्व समुदायकै लागि जटिल समस्या बनेको छ । यसको लागि एउटा जिल्ला, राष्ट्र, देश होइन सिंगो विश्व समुदायले नै साझा संकल्प गर्न आवश्यक छ । फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माण एकअर्कासँग सम्बन्धित विषय हुन् । यी दुइ विषयलाई हामीले छुट्टाएर हेर्नु हुँदैन ।’जलवायु परिवर्तनका कारण धेरै क्षेत्रहरु प्रभावित भएको भन्दै सरकारले बजेटमा पनि जलवायु परिवर्तनको विषयलाई गम्भिरताका साथ प्रस्तुत गरेको पनि उनको भनाइ छ ।

    उनले भने, ‘सिमान्तकृत वर्ग यसबाट बढि प्रभावित भएका छन् । जलवायुजन्य प्रकोपबाट हुने क्षति सम्बन्धी अध्यन अनुसन्धान, आधारभूत तथ्यांक संकलनमा कमि हुनु हाम्रो लागि चुनौतीको विषय बनेको छ । जलवायु परिवर्तनका कारण कृषि तथा खाद्य जलस्रोत, वन जंगल तथा जैविक विविधता, मानव स्वास्थ्य, उर्जा, सिँचाइ, बसोबास तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । यसले बाढी, पहिरो, जीविकोपार्जनमा असर जस्ता जटिल समस्याहरु बढ्दै गएका छन्।’

  • बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा मेघगर्जन चट्याङ्ग सहित पानी पर्ने सम्भावना

    बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा मेघगर्जन चट्याङ्ग सहित पानी पर्ने सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहानैबाट कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश,कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    यसैगरी आज राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

  • विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

    विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

    काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।
    ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ ।

    दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका मानिस द्वारा सिर्जित विविध समस्याले पारेको असर न्युनिकरण गर्दै वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिदै एक सन्देह जारी गरेका छन्।गुटेसरले भने, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।’

    उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने आ–आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्। तर, उनले विकासोन्मुख देशलाई ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।‘त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ’, महासचिव गुटेरेसले भनेका छन्।

    विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि हाम्रो भूमिका नगण्य भए तापनि नेपालले क्लाइमेट चेन्जको असर भोग्दै आएको छ ।संघ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थालगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सम्भव छ । यस सन्दर्भमा, दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ।

  • मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रमा

    मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रमा

    काठमाडौ। कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो ।

    प्रहरी नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन् । उनले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ति बालबालिकालाई परिवारको सहमतीमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतु काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण साहीले बताए ।

    डिएसपी साहीले भने, ‘बालबालिकाकालाई बैद्धलगायतका काठमाडौंका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ति व्यक्तिले देखाएको काजगमा उल्लेख छ ।

    तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौं ।’ हालसम्मको अनुसन्धानको क्रममा मानव बेचविखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाईफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको साहीले जानकारी दिए । तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाई उनको छ ।

    ‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतीमा पठाइएको देखिएको छ । दुई वाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन । उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतीमै पठाएको भन्दै तगातार फोन गरिरहेका छन् ।

    तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौं’ साहीले भने ।तर, डिएसपी साहीले ति बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएको छैन् । प्रहरीले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ ।