• २०८३ असार १७
  • 2026 July 01, Wednesday

रेफ्री संघ मकवानपुर अध्यक्ष श्रेष्ठको निधन

काठमाडौ। मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्री समेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए ।

परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए ।साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले विहीबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठकाका श्रीमती र एक छोरा छन् ।