Category: हुलाक समाचार

हुलाक समाचार

  • लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

    लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

    काठमाडौं : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ। राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आज महोत्सव आयोजना गरेको हो।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

    बौद्ध धर्ममा विशेष केन्द्रित हुँदै भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई मनाएको छ। साँझमा भारत र नेपालका कलाकारहरुको प्रस्तुति सहितको एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

    कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो। यो प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)ले सहयोग गरेको थियो। सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए।

    महोत्सवको एक हिस्साका रूपमा आज बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयक शैक्षिक गोष्ठी आयोजना गरियो। गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी थिए। उनीहरूले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा आफ्नो बहुमूल्य अन्तर्दृष्टि साझा गरे।

    सोही बिहान कथक नृत्यांगना शिखा शर्मा र उनको नृत्य समूहले कथक नृत्यकला बारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी-३ स्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्‍यो। विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा निर्माण गरिएको हो। यस अन्तरक्रियाले भारतीय शास्त्रीय नृत्यको समृद्ध सम्पदालाई प्रवर्द्धन गर्नुका साथै विद्यालयका युवा विद्यार्थीहरूमाझ भारतीय कलाका विविध प्रकारमा गहिरो अभिरुचि राख्न प्रेरित गरेको दूतावासले उल्लेख गरेको छ।

    महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कथक नृत्य समूहले काठमाडौं र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ। जनता-जनता बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै र हाम्रो सांस्कृतिक सम्पदालाई मनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपाल बीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले दुई देश बीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई जोड दिएको छ।

  • सुनको मूल्य बढ्दा चाँदी स्थिर

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ ।

    यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

  • प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

    प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

    काठमाडौं । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ ।

    सोमबार विज्ञेप्ती सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आवेदन माग गरेको हो ।सब इन्जिनियर, प्राविधिक सहायक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ ।

    आगामी पुस १४ भित्र आयोगको वेबसाइटमार्फत आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर भने पुस २१ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

  • आजको फलफूल तथा तरकारीको मूल्य

    आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको छ ।यसैगरी कन्य च्याउ १६०,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ९० रुपैयाँ ,तितो करेला १०० रुपैयाँ,कायम भएको छ।

    रायो सागको मूल्य २५ रुपैयाँ छ । तोरिको साग ४० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २०रुपैयाँ रहेको छ ।
    त्यस्तै,लोकल गाजर १०० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ५० रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।

  • एनपीएलमा आज ब्रेक

    एनपीएलमा आज ब्रेक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन।

    भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् । खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी खाता खोल्न समेत सकेको छैन।

    मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्। कर्णाली याक्सले चार खेल खेल्दा दुई जित र पोखरा एभेन्जर्स ले तीन खेलमा मा एक खेल जित्न सफल भएका छन् ।

  • पावरलि फ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

    पावरलि फ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

    काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

    खुल्ला पुरुष, महिला र जुयिनर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो । पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए ।पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, बिक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए । पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने । ७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए ।

    महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भईन् । महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योती थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भईन् । महिला ६४ केजी माथिको तौल समूहमा सर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भईन् । जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजिव खड्का पहिलो, आकृत बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे ।पुरुष, महिला र जुनियर बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए ।

  • लुम्बिनी लायन्स १ रनले पराजित

    लुम्बिनी लायन्स १ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स १ रनले पराजित भएको छ । लगातार ३ खेल हारेको लुम्बिनीले आइतबारको खेलमा पनि जनकपुर बोल्ट्ससँग हार बेहोरेको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

    जनकपुरका कप्तान अनिल साहले ४५ रन, सुभ कन्साकारले २२ रन, लाहुरु मिलान्थाले २४ रन र आसिफ सेखले १६ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । १३६ रनमा रोक्न लुम्बिनीका अभिसेस गौतमले ३ विकेट, रोहित पौडेल र साद विन जफरले समान २/२ र सन्दिप जोराले १ विकेट लिए ।

    त्यसलगतै ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५ रन, अर्जुन साउदले २० रन, आसुतोष घिरैयाले ८ रन, टोम मरिसले ३१ रन, बेन कटिङ ३ रन, दुर्गेश गुप्ताले ५ रन र सन्दिप जोरा १६ रन बनाए ।

    जनकपुरका लागि हर्ष थाकरले ५ विकेट, ललित राजवंशी र सेर मल्ल समान १/१ विकेट लिए ।

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा अइतबार सुनको मूल्य घटेको छ ।

    यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

  • आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

    आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

    त्यस्तै,जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ।थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा तोकिएको छ।

  • लुम्बिनीले पायो १३७ रनको लक्ष्य

    लुम्बिनीले पायो १३७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले १३७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो । जनकपुरका कप्तान अनिल साहले ४५ रन, सुभ कन्साकारले २२ रन, लाहुरु मिलान्थाले २४ रन र आसिफ सेखले १६ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

    लुम्बिनीका अभिसेस गौतमले ३ विकेट, रोहित पौडेल र साद विन जफरले समान २/२ र सन्दिप जोराले १ विकेट लिए ।

    जनकपुर बोल्ट्स ३ खेलमा ३ जीतसहित तालिकाको पहिलो स्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा ३ हारसहित तालिकाको पुछारमा छ ।