• २०८३ साउन १
  • 2026 July 17, Friday

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

काठमाडौं । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ ।

सोमबार विज्ञेप्ती सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आवेदन माग गरेको हो ।सब इन्जिनियर, प्राविधिक सहायक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ ।

आगामी पुस १४ भित्र आयोगको वेबसाइटमार्फत आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर भने पुस २१ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।