Category: हुलाक समाचार

हुलाक समाचार

  • सन्दिप लामिछाने भन्छन् : सोचेजस्तो खेल्न सकेनौं, अब सुधार्छौ

    सन्दिप लामिछाने भन्छन् : सोचेजस्तो खेल्न सकेनौं, अब सुधार्छौ

    काठमाडौं । । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो । यो विराटनगरको लगातार दोस्रो हार थियो ।खेल पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिश गर्ने बताएका छन् ।

    उनले जे जस्तो भएपनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताएका छन् ।उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोशिस गर्छौ । मैंले आफैले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन् । अब आउने खेलमा राम्रो गर्ने सोच छ । प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ ।’

    आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन् । यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ । टस हारेरपनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ ।यस्तै, सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसि व्यक्त गरेका छन् ।उनले भने, ‘हामीले १५० रनभन्दा मार्थि गयौं भने जित्न सक्छौ भन्ने सोच बनाएर आएका थियौं । हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौ र जित्यौ । हामीलाई यसै गरि साथ दिने हो भने अगामी दिनहरुमा अझै राम्रो खेल्ने आशा राखेको छु ।’

  • चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

    चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।

    टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो।

    चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे।कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।

    बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २– २ विकेट लिए।

  • बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

    बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

    काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।चार दिने चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    चारदिने औपचारिक भ्रमणका लागि सोमबार राति बेइजिङ पुगेका हुन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबारदेखि बिहीबारसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा दुई पटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको सीसीटीभीप्लसले समाचार लेखेको छ ।

    प्रधानमन्त्री ओलीको भ्रमणसँगै चीन नेपालसँग रणनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न र चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगतिका लागि प्रयास गर्न तयार रहेको उल्लेख गरेको छ । ओली बेइजिङमा ओर्लिदा चिनियाँ उच्च अधिकारीहरुले भब्य स्वागत गरेका थिए ।ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुका साथै नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • सरकारी सेवा नै अपांगमैत्री नभएको गुनासो

    सरकारी सेवा नै अपांगमैत्री नभएको गुनासो

    काठमाडौं । राष्ट्रियसभा सदस्य पदम परियारले अपांगता भएका ब्यक्तिहरुको पहुँचलाई समाज र राज्यले ध्यान दिनुपर्ने बताएका छन ।काठमाडौँमा आइतबारदेखि जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत मंगलबारको एक शत्रमा उनले अपांगता भएका ब्यक्तिहरुको पहुँचका लागि राज्यसँग प्रश्न गर्नुपर्ने बताए।

    ‘अपांगतालाई ब्यक्तिमा भएको शारीरिक अवस्थालाई मात्र नबुझौं, समावेशी पहुँचका लागि राज्यलाई प्रश्न गरौं, समाजलाई प्रश्न गरौं,’परियारले भने।उनले सन १९४५ पछि विश्वमा राज्यले अपांगता भएका ब्यक्तिको अस्तित्वलाई स्वीकार्नु पर्छ भन्ने आवाज उठ्न थालेको बताए। सन १९८१ मा संयुक्त राष्ट्र संघले अपांगता अन्तरास्ट्रिय वर्षको अवधारणा लिएपछि १९८२ देखि त्यसलाई मनाउन थालिएको उनले बताए।सन् २००० को दशकतिर अपांगता भएका ब्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्ने गरेर अन्य नागरिक सरह बाँच्न पाउने भन्दै सन्धिहरुका बारे बहस हुन थालेको उनले जानकारी दिए।

    सन् २००१ बाट भने युएनले कमिटी बनाएर सन्धिका लागि काम गर्न थालेको र संसारभर छलफल गरेर महासन्धिको प्रारुप तयार गर्न थालिएको थियो। सन २००६ पछि भने युएनले अपांगता भएका ब्यक्ति सम्बन्धि महासन्धिलाई पारित गरेपछि सो नीतिलाई अन्तर्रास्ट्रिय रुपमा सहमतिका लागि खुला गरिएको परियारले जानकारी दिए। त्यसपछि नेपालसहितका देशले महासन्धिलाई स्वीकार गरेको उनले बताए।सन २०१० मे ८ मा १८५ देशले सो महासन्धिलाई अनुमोदन गरेका थिए। यस्तै युरोपियन युनियनलेसमेत सो महासन्धिलाई स्वीकार गरिसकेको छ।परियारले अगाडी भने,‘अन्तर्रास्ट्रिय रुपमा नै अपांगता भएका ब्यक्तिहरुको अस्तित्वलाई स्वीकार गर्ने गरेर महासन्धिमा हस्ताक्षर भइसकेकाले अहिलेको अवस्थामा अपांगता भएका ब्यक्तिलाई पुर्वजन्मको पाप भनेर बुझ्न हुँदैन, कुनैपनि प्रकारका विभेद गर्न पाइदैन,’ उनले भने।

    उनले कुनैपनि ब्यक्ति मान्छे भएर जन्मिएपछि मर्यादित भएर जिउन पाउनुपर्ने र मानवको अस्तित्वलाई स्विकार गर्नुपर्ने बताए।
    नेपालमा मानव अधिकार आयोग, सरकारी संयन्त्र र मानव अधिकारका सवालमा काम गर्दै आएका संस्था तथा निकायले अपांगता भएका ब्यक्तिहरुका सवालमा हुने गरेका विभेदको अनुगमन गर्दै आइरहेको जानकारी दिए।अपांगता भएका ब्यक्तिहरुका विषयमा कुनै पनि किसिमका छलफल हुँदा सो समुदायका ब्यक्तिहरुको समेत सहभागिता हुनुपर्ने भन्दै उनले राज्यले त्यसमा सँधै ध्यान दिनुपर्नेमा जोड दिए।अपांगता भएका ब्यक्तिहरुको अधिकारका सवालमा काम गर्दै आइरहेका अधिकारकर्मी माधव चौलागाईंले प्रविधिको पहुँच सबैका लागि हुनुपर्ने बताए। फरक शत्रमा आफ्नो अवधारणा प्रस्तुत गर्दै उनले सरकारी सेवा नै अपांगमैत्री छकी छैन भन्ने आजको प्रश्न रहेको बताए।‘पुर्वाधार मात्रै पहुँच योग्य होइन, प्रविधि पनि पहुँच योग्य हुनुपर्छ, सरकारसहित, निजी क्षेत्रले पनि डिजिटल सेवा सुविधालाई सबैका लागि बनाइनु पर्छ,’ चौलागाईंले भने।अन्तर्राष्ट्रिय रुपमा नै समान पहुँचको विषयलाई ध्यान दिएर अभ्यासहरु हुँदै आइरहेको बताउँदै उनले मानवनिर्मित कुनै पनि विषय समानतामा केन्द्रित हुनै पर्नेमा जोड दिए।

    सो शत्रमा डिजिटल एक्सीसीविलीटीलाई प्राथमिकता दिइनुपर्ने विषयमा छलफल जारी छ। सहभागिहरुले अपांगता भएका ब्यक्तिसम्म कसरी पहुँचयुक्त सुचना पुर्याउने भन्ने विषयमा आफ्नो धारणा राखिरहेका छन।काठमाडौंको पार्कभिलेज रिसोर्टका विभिन्न तीन फरक स्थानमा इन्टरनेटको प्रयोग र सुरक्षासहितका विषयमा छलफल जारी छ।नेपालमा ६ लाखभन्दा बढी अपांगता भएका ब्यक्तिहरु रहेका छन। तीमध्ये ४ देखि ५ लाख ब्यक्ति विभिन्न किसिमका इन्टरनेटका माध्यमको प्रयोग गर्ने गरेका छन।डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवल अन्तर्गत ईन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा धारणाहरु आइरहेका छन।फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल जारी छ।फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी छन। फेस्टिवलको आज समापन हुँदैछ।

  • एनपीएल : विराटनगरको लगातार दोस्रो हार

    एनपीएल : विराटनगरको लगातार दोस्रो हार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् ।

    विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो ।

    सुदूरपश्चिमले विराटनगरलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम रोयल्सले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य दिएको थियो ।सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ५७ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

     

  • एक हजारले बढ्यो सुनको मूल्य

    एक हजारले बढ्यो सुनको मूल्य

    काठमाडौं । आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।

    नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको एक हजार आठ सय १५ रुपैयाँ थियो ।

     

  • विराटनगरले टस जितेर बलिङ् गर्दै

    विराटनगरले टस जितेर बलिङ् गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगरले पहिले बलिङ गर्दै छ । विराटनगरले टस जितेर पहिले बलिङ् रोजेको हो । आजको खेल विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

    आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो ।

    विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

  • एनपीएलमा आज पनि दुई खेल हुदैँ

    एनपीएलमा आज पनि दुई खेल हुदैँ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुदैँछ ।आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैँछ । आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

    सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ ।विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

    यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुदैँछ । चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।

  • रवि लामिछानेविरुद्ध पासपाेर्ट मुद्दा सुनुवाईका लागि ४ महिनापछि पालाे

    रवि लामिछानेविरुद्ध पासपाेर्ट मुद्दा सुनुवाईका लागि ४ महिनापछि पालाे

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ ।

    महान्यायाधीवक्ता कार्यालयले रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग सम्बन्धी अनुसन्धानमा मुद्दा नचल्ने निर्णय गरेपछि त्यो निर्णय बदर हुनुपर्ने माग राखी युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    उक्त रिट निवेदनमाथि सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले हेर्न नभ्याएपछि १८ चैतका लागि पेशी तोकेका हुन् । पटक-पटक स्थगित भएको मुद्दाको सुनुवाई अब ४ महिनापछि हुनेछ ।

  • एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

    एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

    काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो ।जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

    जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले । जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।यस्तै आशिफ शेखले ३६ रन बनाए । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए । बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो ।कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए ।उनले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए ।भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट भए । बाबर हायतले १२ रन जोडे ।बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिए । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए ।यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।