• २०८३ असार १४
  • 2026 June 28, Sunday

सन्दिप लामिछाने भन्छन् : सोचेजस्तो खेल्न सकेनौं, अब सुधार्छौ

काठमाडौं । । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो । यो विराटनगरको लगातार दोस्रो हार थियो ।खेल पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिश गर्ने बताएका छन् ।

उनले जे जस्तो भएपनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताएका छन् ।उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोशिस गर्छौ । मैंले आफैले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन् । अब आउने खेलमा राम्रो गर्ने सोच छ । प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ ।’

आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन् । यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ । टस हारेरपनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ ।यस्तै, सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसि व्यक्त गरेका छन् ।उनले भने, ‘हामीले १५० रनभन्दा मार्थि गयौं भने जित्न सक्छौ भन्ने सोच बनाएर आएका थियौं । हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौ र जित्यौ । हामीलाई यसै गरि साथ दिने हो भने अगामी दिनहरुमा अझै राम्रो खेल्ने आशा राखेको छु ।’