Category: हुलाक समाचार

हुलाक समाचार

  • फेरी बढ्यो सुनचाँदीको मूल्य

    फेरी बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भैइरहेको छ ।

  • आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ७०, रातो आलु ६५, सेतो आलु ५८, लोकल गाँजर १६०, तराईको बन्दा ७०, काउली स्थानिय ९०, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १३०, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।

    त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ७०, घिरौँला ६०, हरियो फर्सी पाकेको ५०,मटरकोशा १३०,राजमा घिउ सिमि १२०,रायोको साग ४०, पालुंगोको साग ९०, कन्य च्याउ १५०, डल्ले च्याउ २३०, बकूला १४०,तरुत ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ ।त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३००,निबुवा रुपैयाँ रहेको छ।

  • अमेरिकन र अष्ट्रेलियन डलरको भाउ घट्यो

    अमेरिकन र अष्ट्रेलियन डलरको भाउ घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार,आज अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३७ पैसा तोकिएको छ।त्यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ।

    थाई भाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ।हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ १० पैसा रहेको छ।

  • काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि आज बिजुली काट्ने भएको छ ।

    मंगलबार प्राधिकरणले एक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

    प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले जनाएको छ ।

  • बागलुङ बहुउदेश्यीय सहकारीको बेथिति: थिति बसाल्न खोज्ने प्रबन्धकमाथि डण्डा, जोखिममा शेयर सदस्यको करोडौँ लगानी !

    बागलुङ बहुउदेश्यीय सहकारीको बेथिति: थिति बसाल्न खोज्ने प्रबन्धकमाथि डण्डा, जोखिममा शेयर सदस्यको करोडौँ लगानी !

    बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षले आफ्नै कर्मचारीमाथि गालीगलाैज तथा हातपात गरेका छन् । संस्थामा प्रबन्धककाे रुपमा काम गर्दै आइरहेका दिनेश पन्तमाथि संस्थाका अध्यक्ष अशाेक गोविन्द राजभण्डारी र उनका छाेरा निलेश राजभण्डारीले गालीगलाैज तथा हातपात गरेकाे पन्तले बताएका हुन् ।

    पन्तले सहकारीको मूल्य मान्यता तथा सहकारी ऐन नियम सहकारी विधान तथा कर्मचारी नियमावली बमोजिम कामकाज गर्दै आइरहेको साथै सहकारीको कामकाज पारदर्शि तथा व्यवस्थित रुपमा सञ्चालन गर्न खोज्दा संस्थाका अध्यक्ष राजभण्डारीले गाली–गलौज गर्ने, डर देखाउने तथा धाकधम्की दिने गरेकाे बताएका हुन् ।

    उनले यसबारे संस्थाको संचालक समितिको बैठकमा समेत जानकारी गराएकाे पनि बताएका छन् । गएकाे असोज १ गते अध्यक्ष राजभण्डारी र उनका छोरा निलेशले कार्यालय समयमा काम गर्ने क्रममा पन्तमाथि गाली गलाैजसहित हातपात तथा दुर्व्यवहार गरेका हुन् ।

    उनले यसबारे सहकारीको नियामक निकाय बागलुङ नगरपालिकामा लिखित रुपमा अनुसन्धान गरी आवश्यक कार्वाहिको लागि माग गरेकोमा अहिलेसम्म पनि कुनै जानकारीसमेत नगराएको तथा कार्वाहिको लागि प्रक्रिया अगाडि नबढाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएका छन् ।

    राजभण्डारीले सहकारीका ५०० भन्दा बढी बचतकर्ताहरुको बचत खाता आफूखुशी बन्द गरी उक्त खाताहरुमा रहेको रकम आफ्नो खातामा सारी दूरुपयोग गरेकाे, बचत कर्ताहरुको रकम ठगी गरेको, आफू अनुकुल रुपमा कर्जा लगानी गरेको, विना शेयरलाई पनि कर्जा प्रदान गरेको, विनाधितो कर्जा लगानी गरेको, संस्थाको हिसावकिताब पनि ठिक नरहेको, कर्मचारीहरुको नियुक्ति तथा सेवासुविधाको विषयमा पनि विभेदकारी काम गरेकाे पन्तको आरोप छ ।

  • सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

    सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आइतबारकोतुलनामा सोमबार यूरो, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।त्यस्तै, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

  • इन स्टाइल ब्यूटी सलोनको सेवा नेपालमा सुरु

    इन स्टाइल ब्यूटी सलोनको सेवा नेपालमा सुरु

    काठमाडौं । पहिलो पटकमा नेपालमा इन स्टाइल ब्यूटी सलोन उद्घाटन भएको छ ।

    सोमबार एक समारोहबीच नायिका रेखा थापाको उपस्थितिमा काठमाडौंको बानेश्वरमा सलोनको उद्घाटन गरिएको हो ।
    उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका थापाले विदेशबाट अनुभव गरेर नेपालमा आएर त्यसलाई प्रयोग गर्ने आँट गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिइन् ।

    उनले सबैजना ग्राहक काठमाडौं आउनको लागि अप्ठ्यारो हुनसक्ने भन्दै आगामी दिनमा सातै प्रदेशमा यसको महाशाखाको उद्घाटन होस भन्ने कामना गरिन् ।उनले भनिन्,‘यसले फरक किसिमको सेवा दिने छ भन्ने आशा । बाहिर अनुभव गरेर नेपालमा आएर जुन खालको आँट गर्नु भएको छ । त्यो एकदमै राम्रो छ ।’

  • पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’बढाउने लक्ष्यमा चीन

    पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’बढाउने लक्ष्यमा चीन

    काठमाडौ । चीनका केही प्रान्तमा हिउँपरेपछि पर्यटकहरुको उपस्थिति बाक्लिएको छ । हिउँद ऋतुमा हिउँ पर्ने भएपछि त्यहाँका ट्राभल्स कम्पनीले सोही अनुसारको प्याकेजहरु बनाएर पर्यटक घुमाइरहेका छन् ।

    चीनले सन् २०२२ मा शीतकालीन ओलम्पिकको आयोजना गरेपछि शीतकालीन खेलकुदप्रति आकर्षण समेत बढिरहेको छ । हिउँमा खेल्न सकिने खेलप्रति पर्यटकहरुको आगमन बाक्लिएको छ ।यही ऋतुमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा हिउँसँग सम्बन्धित खेलमा रमाउनेहरुको उल्लेख्य उपस्थिति देखिन्छ । स्की रिसोर्टहरू, होम स्टे र होटलहरुमा पर्यटक खचाखच छन् ।

    खेलकुद र साहसिक पर्यटनको लागि विश्वव्यापी हब बनाउने तयारीमा रहेको चीनले बरफ र हिउँको अर्थतन्त्र बढाउने महत्वाकांक्षी योजनाको समेत बनाइरहेको जनाएको छ । त्यस्तै, उत्तरपश्चिमी चीनको सिन्जियाङको अल्टेमा पनि स्की खेलका पारखीहरुको उत्तिकै भीड देखिन्छ । त्यहाँ नयाँ हिउँ सिजनमा कुल १ करोड ४० लाख पर्यटक आउने अपेक्षा गरिएको छ
    सन् २०२२ मा शीतकालीन ओलम्पिक भएको स्थानमा पनि यस बर्ष पर्यटकहरुको संख्याले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । चीनले सन् २०३० सम्ममा १.५ ट्रिलियन युआन मूल्यमा बरफ र हिउँको माध्यमबाट आर्थिक वृद्धिको लक्ष्य लिएको छ । (सीसीटीभी)

  • सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

    अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो ।

     

  • आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ । यस्तै मौसमको १६० रुपैयाँ कायम भएको छ ।

    यसैगरी तरुलको ९०, आलु रातोको ७५, सेतो आलु ५९, लोकल गाँजर १९०, तराईको गाँजर १७०, लोकल बन्दा ९५, ज्यापु काउली १२५, सेतो मुला ४५, लाम्चो भन्टा ६५, तने बोडी १३५, मकै बोडी ६५, करेला ११०, लौका ८५, परबल ९५ रुपैयाँ प्रतिकिलो छ ।त्यसैगरी पाकेको फर्सी ३५, हरियो फर्सी ६५, भिन्डी ११०, स्कुस २५, रायोको साग ४५, पालुंगोको साग ९५, कन्य च्याउ २००, डल्लो च्याउ २७५, कुरिलो ११५०, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ ।