Tag: एनपिएल

  • विराटनगरले दियाे चितवनलाई १८२ रनको कठिन लक्ष्य

    विराटनगरले दियाे चितवनलाई १८२ रनको कठिन लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको कठिन लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएकाे हाे ।

    विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे ।

    राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट रहे ।

    मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए । कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए ।

  • जनकपुरले पायाे १०२ रनकाे सामान्य लक्ष्य

    जनकपुरले पायाे १०२ रनकाे सामान्य लक्ष्य

    काठमाडाैं । जनकपुर बोल्ट्सले जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाजले जनकपुर बोल्ट्सको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो ।

    काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

  • सुपर ओभरमा पोखराको जित

    सुपर ओभरमा पोखराको जित

    काठमाडौं । नेपाल प्रिमियर लि (एनपीएल) को बिसौं खेलमा विराटनगर किंग्सलाई पोखरा एभेन्जर्सले हराएको छ ।

    टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । साेही रनको लक्ष्य पछ्याएको पोखराले ६ विकेट गुमाएर १३९ रननै बनायो ।

    त्यसपछि भएको सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो । विराटनगरले १९ रनको लक्ष्य पाएकोमा ५ रन बनायो । पोखराका रेमोन रिफेलले १७ रन र एन्द्रिस गौसले १ रन प्रहार गरे भने विराटनगरका मार्टिन गप्तिल २ रन र निकोलस किर्टोनले २ रन हाने ।

    यसअघि विराटनगरका स्कोट इडवाडले सर्वाधिक ४५ रन हाने । उनले ३४ बलमा ५ चौका प्रहार गरे । लोकेश बमले २६ रन, बसिर अहमदले २१ रन र निकोलश किर्टोनले १९ रन प्रहार गरे ।

    पोखराका सागर ढकाल र रेमोन रिफेलले समान २,२, कुशल भुर्तेल र दिनेश खरेलले समान १,१ विकेट लिए ।

    जवाफि ब्याटिङमा उत्रिएको विराटनगरले एन्द्रिस गौसले ३९ रन, कुशल भुर्तेलले ३१ रन, रेमोन रिफेलले ३४ रन, मिचेल लिस्कले ११ रन र दिनेश खरेलले ११ रन हाने । प्रतिश जिसीले ४ विकेट र क्रिस सोलले २ विकेट लिए ।

  • ‘प्ले अफ’काे दाैडबाट बाहिरियाे लुम्बिनी, काठमाडाैंको दाेस्राे जित

    ‘प्ले अफ’काे दाैडबाट बाहिरियाे लुम्बिनी, काठमाडाैंको दाेस्राे जित

    काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । बुधबार भएको खेलमा काठमाडौंसँग पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो ।

    ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । काठमान्डुको भने ४ खेलमा दोस्रो जित हो । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ ।

    लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।

    काठमान्डुका लागि भिम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।

  • जनकपुर ५१ रनमा अलआउट, टुंगियाे अपराजित यात्रा

    जनकपुर ५१ रनमा अलआउट, टुंगियाे अपराजित यात्रा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहेकाे जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले बुधबार स्तब्ध बनाएकाे छ ।

    पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो ।

    जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २-२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिदलो बलमै विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए ।

    कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।

    जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।

  • कर्णालीकाे तेस्राे जित, पोखरा ७ विकेटले पराजित

    कर्णालीकाे तेस्राे जित, पोखरा ७ विकेटले पराजित

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

    सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।

    पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे । एक रनले अर्धशतकबाट विमुख भएका उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

    त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन् । देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गरेकाे थियाे ।

  • कर्णालीविरुद्ध १ सय ३ रनमा समेटियो पोखरा

    कर्णालीविरुद्ध १ सय ३ रनमा समेटियो पोखरा

    काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    विलियम बोसिस्टोले घातक बलिङका कारण पोखरा १६.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमा समेटियाे ।

    बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात भने निकै राम्रो गरेको थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडेका थिए ।

    गाउस १२ बलमा २५ रन जोड्दै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै, खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए ।

    त्यसपछि भने पोखराले लय गुमायो । मात्र ४३ रनमा टोलीले थप ६ विकेट गुमाउन पुग्यो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।

  • सुदूरपश्चिम रोयल्सको पहिलो हार

    सुदूरपश्चिम रोयल्सको पहिलो हार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो ।

    सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।

    बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए ।

    त्यसअघि टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।

    बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिएका थिए ।

    एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि भएका ३ वटै खेलमा सुदूरपश्चिमले जित निकालेको थियो ।

  • चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

    चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङ गरेकाे चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको हो ।

    चितवन राइनोजका लागि हसन ईशाखिलले अर्धशतकीय योगदान गरे । अफगानिस्तानका ब्याट्सम्यान हसनले ६५ रन बनाए ।

  • काठमाडौं गुर्खाजकाे पहिलाे जित, कर्णाली याक्स पराजित

    काठमाडौं गुर्खाजकाे पहिलाे जित, कर्णाली याक्स पराजित

    काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

    कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको हो ।

    बुधबारको पहिलो खेलमा काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।

    पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौले दोस्रो खेलमा आएर पहिलो जित निकालेको हो ।