विराटनगरले दियाे चितवनलाई १८२ रनको कठिन लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको कठिन लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएकाे हाे ।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे ।

राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट रहे ।

मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए । कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१