Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • प्रचण्डकाे गुनासाे: प्रधानमन्त्री हुँदा गाली खान नपरेपनि भयानक असहयोग महसुस गरेँ (भिडिओ)

    प्रचण्डकाे गुनासाे: प्रधानमन्त्री हुँदा गाली खान नपरेपनि भयानक असहयोग महसुस गरेँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा गाली खान नपरेपनि भयानक असहयोग भएको महसुस गरेकाे गुनासाे गरेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्राे राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताए ।

    प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’

    उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे ।

    ‘मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूका बीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु’ प्रचण्डले भने ।

    हेर्नुहाेस् भिडिओ :

  • बाबुराम भट्टराईकाे टिप्पणी: प्रचण्ड ‘खलनायक’काे भूमिकामा देखा परे

    बाबुराम भट्टराईकाे टिप्पणी: प्रचण्ड ‘खलनायक’काे भूमिकामा देखा परे

    काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डमाथि ‘खलनायक’काे भूमिका खेलेकाे आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले देश र लोकतन्त्र खतरामा परेका बेला गोरखाका जनप्रतिनिधि (प्रचण्ड) खलनायकको भूमिकामा देखा परेको टिप्पणी गरेका हुन् ।

    २०७९ चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा– २ बाट विजयी भएका थिए । उनले आफ्नाे निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेका थिए ।

    ‘वर्तमान नेपाल राज्यको उद्गमस्थल गोरखा लिगलिगकोटको फेदी पालुंगटारबाट मैले यतिबेला भित्री र बाहिरी तत्वहरूको अनुचित चलखेलबाट देश, लोकतन्त्र र जनजीवन गम्भीर संकटमा परेको (देखिरहेको छु) । त्यसमा गोरखा– २ बाट २०७९ मा चुनेर पठाएका जनप्रतिनिधिले समेत एउटा खलनायकको भूमिका खेलिरहेका छन् ।’

    अगाडि उनले लेखेका छन्, ‘अब सचेत जनताले बेलैमा यो सत्यतथ्य बुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको लगायतका कुरा बताउन उचित र आवश्यक ठानेको हुँ र त्यसमा म दृढ छु, रहन्छु ।’

    बिहीबार पालुङटारमा नयाँ शक्तिको नगर अधिवेशन उद्घाटन कार्यक्रममा भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताका कारण देश रसातलमा पुगेको टिप्पणी गरेका थिए ।

  • माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड

    माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्‍याउने बताएका छन् ।

    नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उनले बताए ।

    आफूहरु शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताए ।

    अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताए ।

    उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए ।

    उनीजस्तै हजारौं योद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन उर्जा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उनीहरुप्रतिको साचो श्रद्धाञ्जली हुने बताए ।

    नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन् ।

    माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए । उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा सामना सास्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

  • उपसभामुख हटाउने कुराबाट काँग्रेस–एमाले ब्याक हुन्छन् : प्रचण्ड

    उपसभामुख हटाउने कुराबाट काँग्रेस–एमाले ब्याक हुन्छन् : प्रचण्ड

    विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन् ।

    विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा केही त्रुटी गरेको भन्दै त्यसको लागि पदबाट हटाउनेसम्म जान नपर्ने बताए । उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त भएको व्यक्ति हुन् तर टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला ।’

    उनले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

    उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने पनि बताए । यसको साथै, उनले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए ।

    उनले भने, ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ ।’

  • राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासमा प्रचण्ड

    राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासमा प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

    कांग्रेस र एमालेबीच नयाँ सरकार गठनमा भएको सहमति भएको भोलिपल्ट प्रचण्ड राष्ट्रपतिसँग परामर्श गर्न शीतलनिवास पुगेका हुन् ।

    दिउँसो साढे १२ बजेको समयमा प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सहमति भएको भन्दै मार्ग प्रशस्त गर्न प्रचण्डलाई मंगलवार बिहान आग्रह गरेका थिए ।

    तर, प्रचण्डले संसद् फेस गर्ने अडान लिइरहेका छन् ।

  • ‘प्रचण्ड’ ले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

    ‘प्रचण्ड’ ले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् ।

    बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

    कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।

    राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

  • बालुवाटार बैठकमा जुटेन सहमति, प्रमुख सचेतकसँग छलफलमा सभामुख

    बालुवाटार बैठकमा जुटेन सहमति, प्रमुख सचेतकसँग छलफलमा सभामुख

    काठमाडौं । सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

    सदन अवरोध खुलाउन बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक निष्कर्षविहीन भएको हो ।

    सभामुखको सचिवालयले दिएको जानकारीअनुसार सदन खुलाउने विषयमा सहमति जुट्न सकेन । सदन खुलाउने विषयमा सभामुखले अब दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

    सहमति हुन नसक्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुचारु हुन सकेको छैन ।

  • प्रधानमन्त्री प्रचण्ड युगान्डा जाँदै

    प्रधानमन्त्री प्रचण्ड युगान्डा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा जाने भएका छन् । असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते युगाण्डाको राजधानी कम्पाला जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    आउँदो माघ ५ र ६ गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि कम्पाला जानेछन् ।

    नेपालको परराष्ट्र नीति पनि असंलग्नताको सिद्धान्तहरूमा आधारित छ । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

  • भारतीय विदेशमन्त्रीसँग चिनियाँ टोलीबारे कुरै भएन : प्रधानमन्त्री प्रचण्ड

    भारतीय विदेशमन्त्रीसँग चिनियाँ टोलीबारे कुरै भएन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू आएकै दिन चिनियाँ नेतालाई पनि काठमाडाैंमा स्वागत गरिएकाेबारे भारतीय विदेशमन्त्री एस जयशंकरले आपत्ति प्रकट गरेकाे कुरामा सत्यता नभएकाे जिकिर गरेका छन् ।

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले यसबारे गलत चर्चा फैलाइएकाे दाबी गरे ।

    उनले भने, ‘भारतीय विदेशमन्त्रीले चीनको मण्डल आउनेबारे म सँग कुरा गरे भन्ने सत्य हैन । एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन । मसँग अनौपचारिक वान टु वान कुरा हुँदा पनि यो विषयमा प्रश्न तथा चासो उहाँले राखेको हैन । प्रस्ट हुन अनुरोध गर्छु, यो गलत चर्चा हो ।’

    प्रचण्डले जसले निर्माण गरे पनि दस वर्षमा दस हजार मेगावाट विद्युत भारतले किन्ने सम्झाैता भएकाे बताए । भारतीय दूतावासले २० कराेड लगानी गर्न पाउने विषय भने सत्य भएकाे उनले बताए ।

    ‘३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो । तर, जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो’, प्रचण्डले भने, ‘तर, उठेका विषयमा भने मेरो ध्यानाकर्षण भएको छ ।’

    छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौता नगर्ने बताए ।

    सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेका थिए ।

  • दाहाल सरकारको एक वर्ष : जनतामा जागेन आशा

    दाहाल सरकारको एक वर्ष : जनतामा जागेन आशा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको आज मंगलबार एक वर्ष पूरा भएको छ ।

    दाहाल गतवर्ष मंसिर ४ को निर्वाचनपछि तत्कालिन चुनावी गठबन्धन तोड्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेपनि दाहालले प्रधानमन्त्रीका रुपमा एक वर्ष पूरा गरेको यो नै पहिलो पटक हो ।

    प्रतिनिधिसिभामा करिब १२ प्रतिशतमात्रै हिस्सा भएर पनि प्रधानमन्त्री बनेका दाहाल यसपटक संसदीय राजनीतिमा अब्बल सावित भए, गठबन्धन टुट्ने र फुट्ने भएपनि दाहालको कुर्सी टसमस भएन । बरू उनले संसद्मा प्रधानमन्त्रीका हैसियतमा नेपालको संसदीय राजनीतिकै अभूतपूर्व समर्थन पाए । तर उनको सरकार जनतामा भने पूर्णतः असफलझैँ देखिएको छ ।

    नयाँ संविधानमा थुप्रै अधिकार र आशा सञ्चय गरेर देशमै संमृद्धिको सपना बुनेका लाखौँ नेपालीहरू संविधान जारी भएर दोस्रो आवधिक निर्वाचनपछि भने देशमा रोकिन सकिरहेका छैनन् । हिमाल र मध्यपहाडका गाउँ रित्तिदै गर्दा देश बुढापाका र केटाकेटी मात्रै बस्ने भूगोलजस्तो बन्दैछ ।

    चुनावपछिको पहिलो वर्षमा सरकारले आगामी चार वर्षको मार्गचित्र प्रस्तुत गर्दै कम्तिमा नागरिकमाझ आशा जगाउन सक्नुपथ्र्यो । तर त्यसमा पनि दाहाल सरकार सफल भएको देखिएन ।

    लामो संघर्ष र सशस्त्र क्रान्तिको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि नामअनुसारको काम भने गर्न सकेनन् ।प्रधानमन्त्रीकारुपमा उनका भाषणले नागरिक दिक्क बनेका छन् । कुर्सीमा टिक्न दाहालले खुमलटारदेखि कहिले बालकोट त कहिले धुम्बाराहीतिर फन्को मात्रै लगाइरहँदा नागरिकमा झन् निराशा थपिएको छ ।

    एमाले, रास्वपा र राप्रपाको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पहिलो दुई महिनामै गठबन्धन फेरे, त्यसयता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसमेत गरी ७ दलले सरकार चलाइरहेका छन् ।

    संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बलियो साथले दाहाल सरकार अब दोस्रो वर्षको आरोहणमा निक्लिएको छ ।
    गठबन्धन बनाउने र सत्ता टिकाउनेमा केन्द्रित देखिएका प्रधानमन्त्री दाहाल मुलुकको आर्थिक विकास, सुशासन, सामाजिक न्याय र संविधान कार्यान्वयनको पाटोमा भने खरो उत्रिन सकेका छैनन् ।

    मुलुकको कमजोर अर्थतन्त्रमा सुधार, चुस्त सेवा प्रवाह, विकास निर्माणलाई गति, कुटनीतिक सम्बन्धमा सुधार, भ्रष्टाचारमा शुन्य सहनशीलता, सुशासन र सामाजिक न्याय तथा कानून निर्माणमा प्राथमिकता दिने भनेका प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको गठजोड मिलाउनमै केन्द्रित हुँदा आफ्ना प्राथमिकताहरू सबै पछि छोडिदिए ।

    समग्रमा दाहालको एक वर्ष आरोह र अवरोधपूर्ण बन्यो । भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले अभियान थाल्दा जनतामा झिनो आशा पलाएकै पनि हो । बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करीजस्ता अनियमितताका घटनामा सरकारको सक्रियता रह्यो, तर सरकारले ती अनियमिततालाई साङ्गो–पाङ्गो गर्न नसक्दा नागरिकले पूर्ण विश्वास गर्न सकेनन् । भ्रष्टाचारविरुद्धको अभियानमा कतै सरकारले ‘आफ्नालाई काखा, पराईलाई पाखा’ को नीति लिएको त होइन ? भन्ने आशंका जनतामाझ कायम छ ।

    आमनिर्वाचनले तीन तहमै सरकार फेरबदल भएपनि सरकारको दैनिक सेवा प्रवाहमा सुधार छैन । जनताले सरकारी कार्यालयमा पुगेर सहजै सेवा लिने दिन आएका छैनन् । जनताको दैनिकीसँग जोडिएका दर्जनौँ विषयमा सरकारले सुशासन कायम गर्न सकेको छैन ।

    त्यसो त प्रधानमन्त्री दाहालको आफ्नै मूल्यांकनमा पनि सरकारको पहिलो वर्ष उति धेरै सफल छैन । उनले केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकमै सरकारको पहिलो वर्ष उत्साहजनक बन्न नसकेको स्वीकारेका थिए । मंगलबार विहान माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको कार्यक्रममा पनि प्रधानमन्त्री दाहालले सरकारको पहिलो वर्षमा थोरै मात्रै रेकर्डहरू बन्न सकेको बताए ।

    विगतमा जुनसुकै बेला सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्थाका कारण स्थायी सरकार नबनेको भन्दै नयाँ संविधानमा सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था गरियो । तर संविधानको त्यो व्यवस्थाले समेत अपेक्षाअनुरुप नतिजा दिएको देखिएन । किनकि दाहाल प्रधानमन्त्री नियुक्त भएको दुई महिनामै गठबन्धन फेरियो, त्यसपछिको बाँकी समय पनि गठबन्धन जोगाउनमै केन्द्रित रह्यो ।

    गठबन्धनमा चित्त नबुझाई मन्त्रिपरिषद्बाट एउटा पनि महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्था प्रधानमन्त्री दाहाललाई नतिजा उन्मूख काम गर्न बाधक बन्यो । यसबीचमा प्रधानमन्त्री दाहालले १२ पटकसम्म मन्त्रिपरिषद् हेरफेर र विस्तार गरे ।

    अर्थतन्त्र सुधारको लक्ष्य लिएपनि पहिलो वर्ष अर्थतन्त्र सुधारमा उल्लेख्य प्रगति नभएपछि प्रधानमन्त्री दाहाल अर्थमन्त्री प्रकाशशरण महतसँग रुष्ट बनेका छन् ।

    मूलतः भ्रष्टाचारसम्बन्धी प्रकरणहरूमा सरकारले लिएको कदमले जनतामा केही त हुन्छ भन्ने आशा जगायो ।

    पछिल्लो समय नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा पूर्वमन्त्रीहरूसहित संघीय सरकारका सचिवहरू समेत कारबाही प्रक्रियामा तानिए । त्यसले जनतामा सरकारले चाहेमा गर्न सक्छ भन्ने आशा बढायो ।

    पछिल्लो पटक एनसेलको सेयर बिक्रीसहितका विभिन्न काण्डमा प्रधानमन्त्री दाहालकै परिवारका सदस्य मात्र होइन, सत्ता गठबन्धन तथा विपक्षमा रहेका दलका नेताहरूको नाम समेत निरन्तर जोडिएपछि भने जनता फेरि सरकार र दलहरूप्रति सशंकित भए ।

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको उद्धार र उपचारमा सरकारले तदारुकता देखायो । तर पुनस्र्थापनामा सरकारको ढिलासुस्तीले पीडितहरू खुला आकाशमुनि रात बिताउन बाध्य छन्, चिसोकै कारण दर्जनौँ सुत्केरी महिला र बालबालिकाको मृत्यु भएको छ ।

    बढ्दो महँगी, बेरोजगारी, दैनिक उपभोग्य वस्तुको कृत्रिम अभावले निम्न आय भएका जनताको चुलो नबल्ने अवस्था बनेको छ । तर सरकारले यस्ता संवेदनशील विषयहरूमा समेत ठोस कदम चालेको छैन ।

    प्रधानमन्त्री र मन्त्रीहरूको दैनिकी देश र जनताको पक्षमा दीर्घकालिन योजना निर्माण र कार्यान्वयनमा बितिरहेको छैन, बरू दल र गुटको वकालत, स्टन्टबाजी, विदेश भ्रमण, उद्घाटन र शिलान्यासमै खर्च भइरहेको छ ।

    यसबीचमा सरकारले वर्षौंदेखि मिटरब्याजबाट पीडितका समस्या समाधान गर्न कानून बनाएको छ भने आयोग गठन गरेर पीडितहरूलाई राहत दिने काम गरेको छ । इजरायलमा हमासको आक्रमणपछि अलपत्र नेपालीलाई फर्काउन सरकारले लिएको पहलको प्रशंसा भयो । त्यसबेला परराष्ट्रमन्त्री आफैँ इजरायल पुगे । तर हमासको कब्जामा भएका बिपीन जोशीको उद्धारमा सरकार अहिले पनि सफल भएको छैन ।

    प्रधानमन्त्री दाहालले यो एक वर्षमा दुवै छिमेकी देशहरूको उच्चस्तरीय भ्रमण गरे । छिमेकीहरूसँगको सम्बन्धलाई सन्तुलनमा राखेको प्रधानमन्त्रीको दाबी भएपनि विश्लेषक र विपक्षीहरूले भने छिमेकी र मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेको आरोप लगाए ।

    भारतको भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विद्युत् व्यापारका विषयमा समझदारी गरे भने त्यसलाई नेपालको आर्थिक विकासका हिसावले महत्वपूर्णरुपमा हेरिएको छ । अन्य दर्जनौँ द्विपक्षीय हितका विषयहरू भने प्रधानमन्त्री दाहालले उठाउनै नसकेको आरोप समेत लाग्यो ।

    सरकारको आलोचना भएको अर्काे विषय भनेको राष्ट्रपतिबाट कैदमाफी हो । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरी, रिगल ढकाललगायत विवादित र गम्भीर प्रकृतिका अपराधमा संलग्नहरूको समेत बाँकी कैद मिनाहा गरिएकोप्रति सरकारको आलोचना मात्रै भएन, सर्वोच्चले सरकारको निर्णय उल्टाइदिएपछि माफी पाएर छुटेका रिगल ढकाल फेरि जेल पुगेका छन् ।

    सरकारको एक वर्षलाई सत्ता गठबन्धनकै साझेदार दलहरूले औसतमा लिएका छन् भने प्रतिपक्षले पनि सरकारको सतही विरोध गरेर सत्तामा आउने चाहबाहेक प्रतिपक्षी भूमिका निभाउनबाट चुकिरहेको छ । गत निर्वाचनमा मात्रै जनतामा आशाको सञ्चार गर्दै उदाएका दलहरू समेत संसदीय भूमिकामा दायित्व भन्दा सत्तालाई केन्द्रमा राखेर आगामी चुनावको प्रचारमा निस्किएका छन्, जुन जनताको तहबाट अस्वीकार र आलोचनायोग्य छ ।