बाबुराम भट्टराईकाे टिप्पणी: प्रचण्ड ‘खलनायक’काे भूमिकामा देखा परे

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डमाथि ‘खलनायक’काे भूमिका खेलेकाे आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले देश र लोकतन्त्र खतरामा परेका बेला गोरखाका जनप्रतिनिधि (प्रचण्ड) खलनायकको भूमिकामा देखा परेको टिप्पणी गरेका हुन् ।

२०७९ चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा– २ बाट विजयी भएका थिए । उनले आफ्नाे निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेका थिए ।

‘वर्तमान नेपाल राज्यको उद्गमस्थल गोरखा लिगलिगकोटको फेदी पालुंगटारबाट मैले यतिबेला भित्री र बाहिरी तत्वहरूको अनुचित चलखेलबाट देश, लोकतन्त्र र जनजीवन गम्भीर संकटमा परेको (देखिरहेको छु) । त्यसमा गोरखा– २ बाट २०७९ मा चुनेर पठाएका जनप्रतिनिधिले समेत एउटा खलनायकको भूमिका खेलिरहेका छन् ।’

अगाडि उनले लेखेका छन्, ‘अब सचेत जनताले बेलैमा यो सत्यतथ्य बुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको लगायतका कुरा बताउन उचित र आवश्यक ठानेको हुँ र त्यसमा म दृढ छु, रहन्छु ।’

बिहीबार पालुङटारमा नयाँ शक्तिको नगर अधिवेशन उद्घाटन कार्यक्रममा भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताका कारण देश रसातलमा पुगेको टिप्पणी गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१