Tag: प्रेम आले

  • विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

    विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

    माेरङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् ।

    विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताउए । उनले भने, “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।”

    मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए । विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए । क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे ।

    उनले भने, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ ।” विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिए ।

  • पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

    पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जान लागेका छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।

    भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका डिडिजी हंशराज पाण्डेयले जानकारी दिए ।

    उहाँका अनुसार उक्त कार्यक्रममा विशेष गरी मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्रियाउन तथा भारतसँग सिमान जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ ।

  • महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन : मन्त्री आले

    महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन : मन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एमालेका नेता केपी ओलीलाई महाभारतकाे दुर्याेधनसँग तुलना गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने बताएका हुन् ।

    आलेले भने, ‘अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेका छन् । महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

    पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका हुन् । आले अहिले नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका छन् । यसअघि उनी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला वनमन्त्री बनेका थिए ।

  • जसले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउँछ, उसकाे कहिल्यै भलाे हुँदैन : मन्त्री आले (भिडियाेसहित)

    जसले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउँछ, उसकाे कहिल्यै भलाे हुँदैन : मन्त्री आले (भिडियाेसहित)

    काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउनेकाे भलाे नहुने बताएका छन् ।

    मंगलबार महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याउने जानकारी पनि गराए ।

    समाराेह समितिकाे बैठकमा आलेले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गर्नुभएको छ । बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । जसले पशुपतिलाई गिद्धेदृष्टि लगाउँछ त्यसको कहिल्यै पनि कल्याण हुने छैन । अहिले त्यो धर्मशाला हामीसँग भएको भए करिब ४०० जना साधुसन्त, दर्शनार्थीहरू राख्न सकिन्थ्यो । तर, त्यो भएन । अब छिट्टै हामी धर्मशाला फिर्ता ल्याउँदै छौँ ।’

    यही फागुन १ गते उच्च अदालत पाटनले होटेल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरी आवश्यक प्रमाण माग गरेको थियो । सोमबार अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरिसकेकाे छ ।

    हेर्नुहाेस् भिडियाे :

  • मन्त्री आलेको आग्रहमा ज्येष्ठ नागरिकका लागि कम्बल प्रदान

    मन्त्री आलेको आग्रहमा ज्येष्ठ नागरिकका लागि कम्बल प्रदान

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र एकल महिलाका लागि तीन हजार थान कम्बल प्रदान गरेको छ ।

    उनले आफ्ना जिल्लाका विपन्न वर्गका ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि कम्बल प्रदान गर्न आग्रह गरेपछि सो संस्थाका नेपालका राष्ट्रिय संयोजक पियारत्न तुलाधरले कम्बल तथा १० हजार मास्क र सेनिटाजर हस्तान्तरण गरेकाे मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    फाउण्डेशनका तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा तीन हजार थान डोटीमा तथा बाँकी १७ हजार थान तराईका विभिन्न जिल्लामा वितरण गरिएको उक्त संस्थाले जनाएको छ । डोटीका जनताका लागि प्राप्त न्यानो कम्बल तथा स्वास्थ्य सामग्री तत्कालै जिल्लामा पठाइने मन्त्री आलेको सचिवालयले जनाएको छ ।

  • वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

    वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन् ।

    मन्त्री आलेले भने, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुनेछ ।”

    भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गरे ।

    यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौँमा एरट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भने, “भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिनसक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।” यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौँ जाने समस्या पनि समाधान हुने उनको भनाइ थियो ।

  • नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।

    साेमबार मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहलहोस् ।’

    निर्देशक ह्वाङ्क्युले राखेको प्रस्तावमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, ‘तपाईहरूले राख्नु भएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।’

  • गुहेश्वरी क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

    गुहेश्वरी क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

    आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गरी मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका क्षेत्रमा पुगेका थिए ।

    अनुगमनका क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए । पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

    उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रीका लागि छुट्टै स्थान बनाए पनि धर्मावलम्वीलाई अप्ठेरो हुनेगरी सडकमा नै फूलमाला बिक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

    उनले पशुपति क्षेत्रमा निःशुल्क गाई पालनका लागि स्थान दिइएको प्रति पनि आपत्ति जनाए ।

  • पर्यटन बाेर्डका सिईओ रेग्मीप्रति मन्त्री आलेको आक्रोश : ‘यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?’

    पर्यटन बाेर्डका सिईओ रेग्मीप्रति मन्त्री आलेको आक्रोश : ‘यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिईओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् ।

    पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सीईओ रेग्मीको आलोचना गर्दै भने– धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?

    आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको पनि उनले सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिईओ बनाए भने बोर्ड चल्छ ?’

    उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी पनि दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’