Tag: फुटबल

  • दुई लिग लिडर रियल र सिटीकाे भिडन्त

    दुई लिग लिडर रियल र सिटीकाे भिडन्त

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको टोली हो ।

    अर्काे टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुबै टोली दुई लिगमा शीर्षस्थानमा छन् ।

    यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज (मंगलबार) मध्यराति पौने १ बजे सिटीको घरेलु मैदान इतिहादमा हुनेछ ।

    दोस्रो लेग रियलको घरेलु मैदानमा ४ मे मा आयोजना हुनेछ । यसपछिको फाइनल खेल भने अर्काे महिना फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

    पहिलो लेग अघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र रियलका प्रशिक्षक कार्लाे एन्सेलोटी दुबै आ-आफ्नो बलियो एघारलाई मैदान प्रवेश गराउनेछन् र फाइनल नजिक पुग्ने योजनामा छन् ।

    केभिन डे ब्रुयन, बर्नाण्डो सिल्भा, फिल फोडेन, रियाद मेहरेज, रहिम स्टर्लिङ, रोड्री, केली वाल्कर, गाब्रियल जेसुस गोलरक्षक इडर्सन रियलका लागि घातक हुन सक्छन् ।

    यता, रियलले पछिल्लो समय उच्च लयमा रहेका फरवार्ड तथा कप्तान करिम बेन्जेमालाई मुख्य हतियार बनाउने छ । अन्तिम आठको खेलमा उनले पेरिस सेन्ड जर्मेन (पीएसजी)विरुद्ध ह्याट्रिक गरेका थिए ।

    उनको साथमा भिनिसिअस जुनिअर, कासेमिरो, लुका मोड्रिक, डेभिड अलबा जस्ता खेलाडी छन् र उनीहरूले सिटीलाई घरेलु मैदानमा दबाब सृजना गर्ने सक्छन् ।

  • फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर

    फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर

    काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

    खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले नक्कली प्रमाणपत्र प्रकरणका खड्कालाई दोषी ठहर गरेको हो ।

    उनलाई ५ हजार जरिवाना तोकिएको छ । अख्तियारले भने भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो ।

    खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए ।

    खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

    शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

    काठमाडाैं । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन ।

    अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाङको २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधरमा मछिन्द्र नै अगाडि हुनेछ ।

    त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ । मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

    मछिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औँ मिनेटमा गरेको एक गोल नै मछिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए ।

    यस हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

  • म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा

    म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा

    काठमाडाैं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।

    बुधबार बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेडले २–० गोलकाे जित निकालेकाे हाे । युनाइटेडकाे जितमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरे ।

    रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरे ।

    जितपछि युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ ।

    लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै, लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

  • मौरिससविरुद्ध नेपालकाे गाेल

    मौरिससविरुद्ध नेपालकाे गाेल

    काठमाडाैं । नेपालले मौरिससविरुद्धकाे खेलमा गाेल गर्न सफल भएकाे छ । दाेस्राे हाफकाे ५४ औँ मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गरेका हुन् ।

    अन्जन विष्टको पासमा गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

    चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । घरेलु टोली नेपाल र मौरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको थियाे ।

    दोस्रो हाफको खेल जारी रहेको छ ।

  • चेल्सी पराजित भएपछि शीर्षस्थानमा उक्लियाे सिटी

    चेल्सी पराजित भएपछि शीर्षस्थानमा उक्लियाे सिटी

    काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डमागि ३–१ अन्तरकाे जित निकालेर अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो ।

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए ।

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाएकाे छ । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक बने ।

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो ।

    जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ ।

  • बराबरीमा रोकियाे पीएसजी

    बराबरीमा रोकियाे पीएसजी

    काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ ।

    शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

    पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए । वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।

    बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ । पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ । यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ ।

  • रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

    रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

    काठमाडौंं । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

    बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १/१ गोल गरे ।

    समूह ‘डी’ कै अर्काे खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेकाे छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए ।

    जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।

    यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।