काठमाडाैं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।
बुधबार बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेडले २–० गोलकाे जित निकालेकाे हाे । युनाइटेडकाे जितमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरे ।
रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरे ।
जितपछि युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ ।
लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै, लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।