देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढी पबहिरोका...

पूरा पढ्नुहाेस्
बाढीका कारण झापाका २५० भन्दा धेरै परिवार विस्थापित

झापा । झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । केही दिनदेखि लगातार परिरहेको...

पूरा पढ्नुहाेस्
विपद्मा संयमित र एकताबद्ध भई उद्धारमा जुट्न कार्यवाहक प्रधानमन्त्रीको आग्रह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गरेका छन् । शनिबार विहान कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो आग्रह...

पूरा पढ्नुहाेस्
घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’

काठमाडौं । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती...

पूरा पढ्नुहाेस्
वर्षाले बागमती प्रदेश बढी प्रभावित, काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द

काठमाडौं । अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ। गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो । खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले...

पूरा पढ्नुहाेस्
सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको हवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए । बेपत्ता १७...

पूरा पढ्नुहाेस्
हेवाखोलाको बाढीमा बेपत्ताकाे पहिचान खुल्याे

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय...

पूरा पढ्नुहाेस्