Tag: मन्त्रिपरिषद् बैठक

  • गठबन्धनको बैठकअघि देउवाले बाेलाए मन्त्रिपरिषद्को बैठक

    गठबन्धनको बैठकअघि देउवाले बाेलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    बालुवाटार स्रोतका अनुसार बिहीबार दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

    एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद भएपछि त्यसबारे छलफल गर्न बिहीबार नै गठबन्धनको बैठक पनि बोलाइएको छ ।

    सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीमा सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने बताइसकेको छ ।

  • मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तहकाे निर्वाचन मिति घाेषणा हुनसक्ने

    मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तहकाे निर्वाचन मिति घाेषणा हुनसक्ने

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसाे तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बाेलाइएकाे छ ।

    मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

    निर्वाचन आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सम्भवत: यही मिति निर्वाचनका लागि ताेकिनेछ ।

  • क्रिसमसका अवसरमा शनिबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

    क्रिसमसका अवसरमा शनिबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

    काठमाडाैं । क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शनिबार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

    यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।