
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार बिहीबार दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बस्नेछ ।
एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद भएपछि त्यसबारे छलफल गर्न बिहीबार नै गठबन्धनको बैठक पनि बोलाइएको छ ।
सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीमा सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने बताइसकेको छ ।