मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तहकाे निर्वाचन मिति घाेषणा हुनसक्ने

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसाे तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बाेलाइएकाे छ ।

मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

निर्वाचन आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सम्भवत: यही मिति निर्वाचनका लागि ताेकिनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१