Tag: माधव नेपाल

  • नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्छ : माधव नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने कोसिस भइरहेको भन्दै नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्ने बताए ।

    इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै उनले इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उल्लेख गरे । उनले राजनीति गर्न मन लागे पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष माने राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजालाई सुझाव पनि दिए । अध्यक्ष नेपालले जनताको बहुदलिय जनबादले लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात गर्ने भएकाले कम्युनिष्टलाई अधिनायकवादी भन्न नमिल्ने तर्क गरे ।

    कार्यक्रममा अनेरास्ववियुको सदस्यता वितरण अभियानको पनि शुभारम्भ गरिएको थियो ।

  • राजाले पनि पार्टी खोले हुन्छ, नभए व्यापार गरे हुन्छ : माधव नेपाल

    राजाले पनि पार्टी खोले हुन्छ, नभए व्यापार गरे हुन्छ : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् ।

    नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन् ।’, नेता नेपालले पूर्व राजालाई राजनीति गर्नका लागि नयाँ पार्टी खाेल्न सुझावसमेत दिए ।

  • माधव नेपालकाे टिप्पणी : एमालेमा बसेका दश भाइको हरिबिजोग भयो

    माधव नेपालकाे टिप्पणी : एमालेमा बसेका दश भाइको हरिबिजोग भयो

    सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् ।

    सुनसरीको इटहरीमा प्रदेश १ काे प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए ।

    पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने ठाेकुवा गरे ।

    मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’