नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्छ : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने कोसिस भइरहेको भन्दै नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्ने बताए ।

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै उनले इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उल्लेख गरे । उनले राजनीति गर्न मन लागे पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष माने राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजालाई सुझाव पनि दिए । अध्यक्ष नेपालले जनताको बहुदलिय जनबादले लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात गर्ने भएकाले कम्युनिष्टलाई अधिनायकवादी भन्न नमिल्ने तर्क गरे ।

कार्यक्रममा अनेरास्ववियुको सदस्यता वितरण अभियानको पनि शुभारम्भ गरिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१