राजाले पनि पार्टी खोले हुन्छ, नभए व्यापार गरे हुन्छ : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन् ।’, नेता नेपालले पूर्व राजालाई राजनीति गर्नका लागि नयाँ पार्टी खाेल्न सुझावसमेत दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१