Tag: रवि लामिछाने

  • ढाकाकुमारले नाम मुछेपछि रास्वपाले थाल्याे केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

    ढाकाकुमारले नाम मुछेपछि रास्वपाले थाल्याे केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि रासवपाले थापामाथि अनुसन्धान सुरु गरेकाे हाे ।

    एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो ।

    ‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ ।’

  • सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैन : रवि लामिछाने

    सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् ।

    टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।

    प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातिय, क्षेत्रिय तथा धार्मीक द्वन्द्वको भूमरिमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । ‘आज जातीय सदभाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम/थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खवरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’

    समाजिक सद्भाव कायम गर्न आफु पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे । ‘कानून विपरित कार्य हामी कसैले पनि गर्न हुदैन । त्यो भन्दापनि महत्वपूर्ण कुरा सद्भाव खल्वल्याउने कुरा,एक अर्काको विचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन ।’

    उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए । त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए । ‘हाम्रो दुस्मनि भनेको एक अर्काको होइन,एउटा जाति र अर्को जाति के यो नेपालीको दुश्मन हो? एउटा समुदाय अर्को समुदायको दुश्मन हो ? हाम्रो साझा दुश्मन गरिबी, अशिक्षा र बेरोजगार हो । हरेक एक नेपालीको साझा दुश्मन त्याही हो । हाम्रो लडाइँ त्यो दुश्मनसँग हो, एक अर्कासँग होइन ।’

  • ललिता निवास जग्गा प्रकरणका ठूलै गडबड छ : सभापति लामिछाने

    ललिता निवास जग्गा प्रकरणका ठूलै गडबड छ : सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।

    आइतबार सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।

    उनले लेखेका छन्, ‘सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठूलै गडबड छ ।’

  • रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

    रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ ।

    जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

    बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

    रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको जनाएको छ ।

    यसैगरी शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी काङसकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ ।

    ‘नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

  • ८४ सालमा स्वतन्त्र पार्टी देशकै ठुलो पार्टी बन्ने रविको दाबी

    ८४ सालमा स्वतन्त्र पार्टी देशकै ठुलो पार्टी बन्ने रविको दाबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

    शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्र्दभमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले २०८४ साल सम्ममा स्वतन्त्र पार्टी सबैभन्दा धेरै सदस्य भएको ठुलो पार्टी बन्ने जिकिर गरे ।

    उनले भने, ‘झण्डै १२ लाख जनताले घण्टीमा भोट हाल्नु भयो उहाँहरु सबै हाम्रो सदस्य होईन् भोलीपनि यो देशमा सबै भन्दा बढि सदस्यता लिने पार्टी स्वतन्त्र पार्टी हुन्छ ढुक्क हुनुहोस् । देश दौडानमा हिडिरहेका छौं २०८४ सालमा नेपाली जनताले जिताएर पठाएको सबै भन्दा ठूलो पार्टी पनि हुन्छ ।’

    उनले ८४ सालको चुनावको लागि पार्टीदेखि वडा सम्म होनाहार व्यक्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्ने तयारी भइरहेको बताए ।

    उनले भने, ‘पार्टी देखि वडा सम्म एक एक होनाहार व्यत्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्नु नै हाम्रो यो साढे चार वर्षको होमआर्क हो ।’

  • स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुङ्गा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने

    स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुङ्गा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफैले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फलेको वृक्षको उपमा दिएका छन् ।

    शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्दर्भमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले आफ्नो पार्टीबारे अन्य पार्टीका नेताले आलोचना गर्ने गरेको भन्दै उनले फलेको वृक्षमा सबैले ढुङ्गा हान्ने गरेको तर्क गरे।

    ‘हामीलाई दुश्मन सम्सझने सबै मञ्चबाट आजभोली नेताहरुको भाषणमा हाम्रो आलोचना भईरहेको देख्दा केहि साथिहरु दुःखी हुनुहुन्छ, म भन्छु दुःखी हुने कारण छैन । ढुङ्गा त तेही रुखमा हानिन्छ। जुन रुखमा फल लागेको छ।’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको बृक्ष हो ।’

    उनले सो ढुङ्गाको जवाफ मेयर हर्क साम्पाङले जस्तो पानी ल्याउने काममा प्रयोग गरेर दिने तर्क गर्दै भने, ‘हानीएका ढुङगालाई जवाफ फर्काउनु हुन्न त्यो ढुङगालाई जम्मा गरेर हर्क साम्पाङले जस्तो पानी ल्याउने काम गरे भई हाल्यो नि ।’

  • ८४ मा बहुमत ल्याउने देखेपछि दलहरु रास्वपासँग तर्सिएका छन् : रवि लामिछाने

    ८४ मा बहुमत ल्याउने देखेपछि दलहरु रास्वपासँग तर्सिएका छन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरूद्ध अन्य दलले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावमा विजयी हासिल गर्ने पक्का पक्की भएपछि अन्य दलले घेराबन्दी गरिरहेको जिकिर गरे ।

    उनले भने, ‘तपाईँहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन् । सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन् ।’

    उनले नेपाली जनताले सोचेको परिवर्तनलाई जनताको भाका टिपेर पार्टीको सुरुवात गरेको टिप्पणी गरे ।

    उनले भने,‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’

    उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको औँल्याए ।

  • संसदमा भैंसी प्रसंग, सत्ता र प्रतिपक्षका सांसदहरुले मिलेर देखाए रमिता

    संसदमा भैंसी प्रसंग, सत्ता र प्रतिपक्षका सांसदहरुले मिलेर देखाए रमिता

    काठमाडौं । मुर्रा भैंसी देशभर चर्चामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निशाना बनाएर सुरु भएको यो चर्चाले सोमबार प्रतिनिधिसभा बैठक पनि ततायो ।

    भारतबाट प्रधानमन्त्री भैंसी चढेर आएको भन्ने भनाइले आपत्ति, नियमापत्ति र बहस सबै उत्पन्न गराउँदा प्रतिनिधिसभा बैठकमा केही बेर तमासा नै भएको थियो ।

    आफ्नो भारत भ्रमणको बारेमा उठेका सवालहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिए । उनले तर्क कुतर्क गरेर आफ्नो भारत भ्रमणलाई उपलब्धिविहीन बनाउन खोजेको गुनासो गर्दै भैंसीमा चढेर आएको भन्दै मजाक पनि बनाइएको बताए ।

    उनले भने ‘राम्रो काम गर्दा पनि जस दिइएन, तर्क कुतर्क गरेर आफ्नो भारत भ्रमणको उपलब्धिलाई छायाँमा पारियो, भैंसी चढेर आएको भनेर मजाक पनि बनाइयो ।’

    तर जब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्किएको बताएपछि संसदमा हंगामा नै भयो ।
    रास्वपा सांसद खनालले भने ‘ प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु भएछ ।’

    खनालको भनाइप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापति आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरे ।

    यसपछि एमालेसहितका सांसदहरू उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए ।

    यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे भने प्रतिपक्षी सांसद आपत्ति जनाए ।

    यस लगत्तै नेकपा एमालेका सांसद रघुजी पन्त र रास्वपाका सांसद रवि लामिछाने कडा प्रतिबाद गरे ।

    पन्तले भने ‘भैंसी चढेर आएको कुरा पहिला प्रधानमन्त्रीले गर्नु भएको छ, संसदको रेकर्डबाट हटाउने हो भने उहाँले बोलेको पनि हटाउनु पर्यो, भारत भम्रणका विषयमा प्रधानमन्त्री ‘डिप्लोमेसी प्रेसर’मा परेका थिए, अजित डोभललाई भेटेपछि यति गर्दैनस् भने विजुली सम्झौता पनि हुँदैन भनेपछि प्रधानमन्त्रीले दबाबमा आएर कालापानीसंग बगलादेशको बाटो साट्ने कुरा गरेका हुन् ।’

    यस्तै रवि लामिछानेले भने ‘प्रधानमन्त्रीले स्वयं आफैले भनेको शब्दलाई प्रधानमन्त्रीले भन्दा केही नहुने दृष्टान्त स्वरुप हाम्रा संसदले भन्दा त्यो रेकर्ड बाट हटाउने भए ठीक छ हटाउ । यो हटाउने हो भने प्रधानमन्त्रीले बालेको शब्द पनि हटाऔं । यो सत्ता पक्षको सदन हैन प्रतिपक्षको सदन हो । त्यसैले प्रतिपक्षको उपस्थितिलाई प्रतिपक्षले दादागिरी देखाउन नखोजोस यस्तो संवेदनशील विषयमा कुरा गर्दा ३० सेकेण्ड १ मिनेटको समय दिएर यो सदनले मजाक गर्न खोजेको हो ।’

    सत्ता पक्षले भारतसंग मुर्रा जातको राँगो ल्याउने सहमति सात बर्ष अघि नै भएको प्रष्टीकरण दिदैं प्रधानमन्त्री दाहालको बचाउ गर्दै आएको छ । यसपटक आउनु संयोग मात्र भएपनि प्रधानमन्त्री दाहाललाई मजाक बनाएको आरोप पनि सत्ता पक्षले लगाउँदै आएको छ ।

  • नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

    नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध भएको टिप्पणी गरेका छन् ।

    तल्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि रविले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन् ।

    नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानीत संस्थाको गरिमाविपरीत भएको उनको बुझाइ छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

  • ‘अखण्ड भारत’को नक्साबारे यथार्थ बाहिर ल्याउन रास्वपाको माग

    ‘अखण्ड भारत’को नक्साबारे यथार्थ बाहिर ल्याउन रास्वपाको माग

    काठमाडौं । भारतको नयाँ संसद भवन भित्र काठमा कुँदिएको अखण्ड भारत नामक नक्सामा नेपाली भूभाग लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

    मंगलबारबाट विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । सो बारे बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा वास्तविकताबारे सत्यतथ्य सार्वजनिक गर्र्नुपर्ने माग रास्वपाले गरेको छ ।

    ‘भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ‚’ विज्ञप्तिमा थप लेखिएको छ ।

    ‘नेपालको सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नभएको तथा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गनुपर्ने जाडदार माग रास्वपाले गर्दछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।