• २०८३ असार १०
  • 2026 June 24, Wednesday

८४ सालमा स्वतन्त्र पार्टी देशकै ठुलो पार्टी बन्ने रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्र्दभमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले २०८४ साल सम्ममा स्वतन्त्र पार्टी सबैभन्दा धेरै सदस्य भएको ठुलो पार्टी बन्ने जिकिर गरे ।

उनले भने, ‘झण्डै १२ लाख जनताले घण्टीमा भोट हाल्नु भयो उहाँहरु सबै हाम्रो सदस्य होईन् भोलीपनि यो देशमा सबै भन्दा बढि सदस्यता लिने पार्टी स्वतन्त्र पार्टी हुन्छ ढुक्क हुनुहोस् । देश दौडानमा हिडिरहेका छौं २०८४ सालमा नेपाली जनताले जिताएर पठाएको सबै भन्दा ठूलो पार्टी पनि हुन्छ ।’

उनले ८४ सालको चुनावको लागि पार्टीदेखि वडा सम्म होनाहार व्यक्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्ने तयारी भइरहेको बताए ।

उनले भने, ‘पार्टी देखि वडा सम्म एक एक होनाहार व्यत्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्नु नै हाम्रो यो साढे चार वर्षको होमआर्क हो ।’