• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ढाकाकुमारले नाम मुछेपछि रास्वपाले थाल्याे केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि रासवपाले थापामाथि अनुसन्धान सुरु गरेकाे हाे ।

एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो ।

‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ ।’