Tag: अफगानिस्तान

  • अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

    अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

    काठमाडाैं । अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ ।

    गएको हप्ता मात्रै अफगानिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।

    भूकम्पका कारण अफगानिस्तानको जनजीवन अस्तव्यस्त भएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावितका बसोबास र उपचार सेवालाई लिएर चिन्ता व्यक्त गरेको छ । भूकम्प प्रभावित धेरैजसो खुला चौरमा बसिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • काबुलमा हतियारको भण्डार फेला

    काबुलमा हतियारको भण्डार फेला

    काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

    सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो ।

    त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेटलगायतका विभिन्न हातहतियार बरामद गरेको छ । प्रोपेल्ड ग्रेनेड, हजारौँ गोली, कारतूस र अन्य सैन्य उपकरण फेला पारिएको प्रहरी प्रमुख हाज्जी शिर अली जन्दुल्लाहले जानकारी दिएका छन् ।

    आइतबार यस्तै, कारबाहीमा, प्रहरीले उत्तरी कुन्दुज प्रान्तमा १२० थान ह्यान्ड ग्रेनेड र हजारौँ गोलीसहित ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको थियो ।

  • अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

    अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

    काठमाडाैं । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो ।

    आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन् ।

    प्रहरीले हत्याको गम्भीर अनुसन्धान भइरहेको बताएको छ ।

    सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन् ।

    अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए। नविजादा भने स्वदेशमै बसिरहेकी थिइन् ।

    उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन् ।

    तालिबानहरू फेरि सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ । छात्राहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्म प्रतिबन्ध लगाइएको छ ।

  • अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

    अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

    काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् ।

    घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ ।

    अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ ।

    अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।

  • अफगानिस्तानमा टिकटक र पब्जी एपसहित दुई करोड ३० लाख बढी वेबसाइट बन्द

    अफगानिस्तानमा टिकटक र पब्जी एपसहित दुई करोड ३० लाख बढी वेबसाइट बन्द

    काठमाडाैं । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसहित पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका हुन् ।

    मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरुको भनाइ छ। प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ ।

    अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो । तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।

    तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने, ‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्‍यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’

  • मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

    मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

    साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

    घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

    विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् ।

    एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन् । केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो ।

  • काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु

    काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।

    अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।

    विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

    अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ ।

    गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

  • तानिबानले गर्‍याे युट्युबरको रामधुलाई

    तानिबानले गर्‍याे युट्युबरको रामधुलाई

    तालिबान । अफगानिस्तानमा तालिबान शासनले मानवताको खिल्ली उडाइरहेको छ । अजमल हकीकी र उनका तीन सहकर्मीलाई तालिबानले गिरफ्तारपछि क्रुर यातना दिएका छन् । अजमललाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    तालिबानले रमाइलोका लागि कुटपिट र यातना दिएको भिडियो खिचेर आफूहरूको ह्वाट्सएप ग्रुपमा राखेको प्राप्त विवरणहरूमा जनाइएको छ । अजमल र उनका सहकर्मीहरूलाई इस निन्दाको आरोपमा पक्राउ गरिएको तालिवानको गुप्तचर महानिर्देशनालयले जनाएको छ ।

    एउटा विवादास्पद भिडियोमा अजमलका सहयोगीमध्ये एक जना कुरानको केही वाक्यांश हास्यास्पद तरिकामा पढेका छन् । उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ ।

    तर, तालिबानले यसलाई अपराध मान्दै अजमलले ‘इस्लामिक पवित्र मूल्यहरूको अपमान’ गरेको आरोप लगाएको छ । सोही आरोपमा माफी मागेको भिडियो पोस्ट गरे तापनि चारै जनालाई थुनामा राखिएको छ ।

    -प्रतिकात्मक तस्बिर । 

  • अफगानिस्तानमा शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु, सयाैँ घाइते

    अफगानिस्तानमा शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु, सयाैँ घाइते

    काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । सयाैँ मानिस घाइते भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।

    भूकम्पकाे धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

    सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

  • अफगानिस्तानको चर्चित गुरुद्वारामा शक्तिशाली हमला, ३० जना फसेको आशंका

    अफगानिस्तानको चर्चित गुरुद्वारामा शक्तिशाली हमला, ३० जना फसेको आशंका

    काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको बीबीसी हिन्दीले जनाएकाे छ ।

    आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ ।

    अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुनसक्छ । आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ ।

    यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन् ।

    यद्यपी मृतकको यकिन संख्या भने आउन सकेको छैन । गुरनाम सिंहले तालिबान शासनले कसैलाई पनि परिसरमा प्रवेश गर्न नदिने बताएको छ ।