अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् ।

घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ ।

अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ ।

अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७