Tag: काेराेना संक्रमण

  • थप ४१ जनामा काेराेना संक्रमण पुष्टी

    थप ४१ जनामा काेराेना संक्रमण पुष्टी

    काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै, सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

  • डेंगीका कारण थप एक जनाको मृत्यु

    डेंगीका कारण थप एक जनाको मृत्यु

    काठमाडाैं । डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ । मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ ।

    शनिबार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

    देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।

  • चीनका ठूला शहरमा फेरि बढ्न थाल्याे काेराेना, विद्यालय र मनोरञ्जन स्थल बन्द

    चीनका ठूला शहरमा फेरि बढ्न थाल्याे काेराेना, विद्यालय र मनोरञ्जन स्थल बन्द

    चीन । कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरञ्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् ।

    यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकारीहरूले अक्टोबर १० मा २,०८९ नयाँ स्थानीय संक्रमण रिपोर्ट गरेका छन्, जुन अगस्ट २० यताकै सबैभन्दा धेरै हो ।

    भित्री मंगोलियाको उत्तरी क्षेत्रका रमणीय स्थलहरू सहित पर्यटक गन्तव्यहरूमा संक्रमणका केही घटना देखिएका छन् । त्यस्तै पहाडका मुख्य आकर्षक पर्यटकीय क्षेत्रमा पनि संक्रमण बढेका छन् ।

    चीनको वित्तीय राजधानी सांघाईमा सोमबार २८ जनामा स्थानीय संक्रमण देखिएको थियो । बाहिरबाट ती सहरमा जाने यात्रु र होटल जस्ता स्थानमा जाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन् ।

    चीनले कोभिडविरुद्ध शून्य नीति लागू गर्ने बताउँदै आएको छ । अक्टोबर १६ मा सुरु हुने कम्युनिष्ट पार्टीको महाधिवेशनभन्दा केही दिन अगाडि कोभिड रोकथामसम्बन्धी उपायलाई सशक्त बनाइएको छ । महाअधिवेशनमा राष्ट्रपति सी जिनपिङले आफ्नो नेतृत्व विस्तार गर्ने अपेक्षा गरिएको छ ।

  • नेपालमा कति छन् सक्रिय काेराेना संक्रमित ?

    नेपालमा कति छन् सक्रिय काेराेना संक्रमित ?

    काठमाडाैं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ८ सय ६७ पिसिआर परिक्षणका क्रममा २५ जना र ६ सय ७९ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै थप २६ जना निको भएका छन् । हाल नेपालमा ५६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

     

  • थप ५१ जनामा कोरोना संक्रमण, १०० जना संक्रमणमुक्त

    थप ५१ जनामा कोरोना संक्रमण, १०० जना संक्रमणमुक्त

    काठमाडाैं । नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभर गरिएको १ हजार २ सय ६ पिसिआर परिक्षणका क्रममा ४० जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण आइतबार कसैको पनि मृत्य भएको छैन । त्यस्तै, थप एक सय जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् ।

    हाल नेपालमा १ हजार २ सय २३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

     

  • काेभिड संक्रमणबाट थप १ जनाकाे मृत्यु

    काेभिड संक्रमणबाट थप १ जनाकाे मृत्यु

    काठमाडाैं । देशभर थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

    थप ११६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।

     

  • थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त

    थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

  • थप ५९ जनामा कोरोना संक्रमण, १ सय ६१ संक्रमणमुक्त

    थप ५९ जनामा कोरोना संक्रमण, १ सय ६१ संक्रमणमुक्त

    काठमाडाैं । नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ सय ६१ संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • २४ घण्टामा ६३ जना संक्रमित थपिए, कति छन् देशभर काेराेना संक्रमित ?

    २४ घण्टामा ६३ जना संक्रमित थपिए, कति छन् देशभर काेराेना संक्रमित ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

    एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ ।

  • थप १ सय १० जनामा कोरोना, १ सय २६ संक्रमणमुक्त

    थप १ सय १० जनामा कोरोना, १ सय २६ संक्रमणमुक्त

    काठमाडाैं । नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परिक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।