डेंगीका कारण थप एक जनाको मृत्यु

काठमाडाैं । डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ । मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ ।

शनिबार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७