• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपालमा कति छन् सक्रिय काेराेना संक्रमित ?

काठमाडाैं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ६७ पिसिआर परिक्षणका क्रममा २५ जना र ६ सय ७९ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २६ जना निको भएका छन् । हाल नेपालमा ५६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।