Tag: चीन

  • चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

    चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

    बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएकी हुन् ।

    भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

  • लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन, आक्रोशित बन्याे बेइजिङ

    लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन, आक्रोशित बन्याे बेइजिङ

    काठमाडाैं । अमेरिकाले आफ्नो देशका महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा विशाल चिनियाँ बलुनलाई खसालेको छ ।

    अमेरिकी रक्षा मन्त्रालयले उसका लडाकु विमानहरूले अमेरिकी समुद्री क्षेत्रमा सो बलुन खसालेको बताएको बीबीसीले लेखेकाे छ ।

    राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बलुनलाई गोली हानेर खसाइदिने अमेरिकी पाइलटहरूलाई बधाइ दिएका छन् ।

    पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको छ ।

    तर चीनले मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको उक्त बलुनलाई खसाल्ने कार्यप्रति गहिरो असन्तुष्टि जनाएको छ ।

    उक्त बलुन “गैर सैनिक” भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ ।

    अमेरिकी टेलिभिजनहरुमा देखाइएका भिडिओमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसिरहेको देखिन्छ ।

  • नवनियुक्त चिनियाँ राजदूत चेन काठमाडौंमा

    नवनियुक्त चिनियाँ राजदूत चेन काठमाडौंमा

    काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आएका छन् । कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुगेका हुन् ।

    चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । उनले नेपाल चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् ।

    यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।

    ‘थोपा–थोपाले ट्यांकी भरिन्छ’ भन्ने नेपाली उखान र ‘सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने चिनियाँ उखान उद्धृत गर्दै उनले नेपाल–चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि त्यसैगरी योगदान दिने बताए ।

    सबै क्षेत्रका नेपालीहरुबाट नजिक भएर काम गर्न चाहेको बताउँदै उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।

  • प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

    प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गरेका छन् ।

    शुक्रबार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ सीनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

    बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो ।

    चीनले चाँडै नेपलमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।

     

  • चीनमा दुईसय वटा गाडी आपसमा ठोक्किए, एक जनाकाे मृत्यु

    चीनमा दुईसय वटा गाडी आपसमा ठोक्किए, एक जनाकाे मृत्यु

    काठमाडौं । चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो ।

    दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

    दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएकाे छ ।

  • चीनमा फेरि बढ्न थाले काेराेना संक्रमित

    चीनमा फेरि बढ्न थाले काेराेना संक्रमित

    बेइजिङ । चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ ।

    मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    साथै, यहाँ मङ्गलबार मात्र एक हजार नौ सय जना सङ्क्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्किएकाे चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ ।

    सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीय स्तरमा नै कोरोना सङ्क्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ ।

  • भारत र चीनका सैनिकहरूबीच फेरि सीमानामा झडप

    भारत र चीनका सैनिकहरूबीच फेरि सीमानामा झडप

    काठमाडाैं । भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ ।

    भारतीय समाचार पत्र द हिन्दूका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौँ भारतीय सैनिकहरू घाइते भएका छन् ।

    याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको पत्रिकाले उल्लेख गरेको छ ।

    घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको समाचारमा जनाइएकेा छ ।

    सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो । उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए ।

    शुक्रबार भएको झडपको विस्तृत विवरण आइसकेको छैन ।

  • चीन र साउदी अरबबीच सुरक्षा सम्झाैता, यस्तो भयाे सहमति

    चीन र साउदी अरबबीच सुरक्षा सम्झाैता, यस्तो भयाे सहमति

    काठमाडाैं । चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ ।

    साउदी अरबका राजा सलमान र उनका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे ।

    यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका छन् । तर आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको खबरमा उल्लेख छ ।

    दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा ऊर्जा, सुरक्षा, इरानको आणविक कार्यक्रम, यमनको सङ्कट र युक्रेन–रुस युद्धलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल भएको उल्लेख छ ।

    साथै दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ बनाउने र नयाँ तथा आशाजनक योजनामा जोड दिएका छन् ।

    तस्बिर : साउदी प्रेस एजेन्सी/राेयटर्स 

  • चीनमा कोभिड निषेधाज्ञाको विरोधमा प्रदर्शन, मागियो राष्ट्रपति सीको राजीनामा

    चीनमा कोभिड निषेधाज्ञाको विरोधमा प्रदर्शन, मागियो राष्ट्रपति सीको राजीनामा

    काठमाडाैं । उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन् ।

    साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिओ विदेशी पत्रकारहरूले पोस्ट गरेका छन् ।

    त्यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ ।

    कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् ।

    पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएका थिए ।

    प्रत्यक्षदर्शी र भिडिओहरूका अनुसार उक्त प्रदर्शन चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।

    सरकारी निकायहरूले अस्वीकार गरेको भएपनि कैयौँ इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको लकडाउनलाई जिम्मेवार ठहर्‍याएका छन् ।

    भिडिओमा मानिसहरूले मैनबत्ती बालेको र पीडितहरूप्रति फुल राखेर सम्मान व्यक्त गरेको देख्न सकिन्छ ।

    कैयौँ विश्वविद्यालयका विद्यार्थीहरू पनि पीडितहरूको सम्झनामा आयोजित उक्त समारोहमा सहभागी थिए ।

    साङ्घाईको प्रदर्शनमा मानिसहरूले सी जिन्पिङ र कम्युनिस्ट पार्टीविरुद्ध नाराबाजी गरेको सुन्न सकिन्थ्यो ।

    कतिपयले सेतो ब्यानरसमेत बोकेका थिए ।

    आइतबार बिहानसम्ममा अवस्था सामान्य भएपनि प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले देखेको छ ।

    त्यहाँ कैयौँ दर्जन प्रहरी अधिकारी, निजी सुरक्षा गार्ड र सादा पोसाकका प्रहरी चोकहरूमा खटाइएका छन् ।

    शनिवार राति कैयौँ विश्वविद्यालयहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका फोटो र भिडिओ अनलाइनमा सार्वजनिक भएका छन् ।

    सबैभन्दा ठूलो प्रदर्शन नानजिङ कम्युनिकेसन युनिभर्सिटीमा भएको थियो ।

    भिडिओहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न अप्ठेरो रहेको छ तर ती मध्ये धेरैले मानिसहरूको मनस्थितिमा उल्लेख्य परिवर्तन आएको सङ्केत दिन्छ ।

    आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो । बीबीसीबाट

  • टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

    टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

    चीन । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।

    फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन् ।

    फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको बताइएको छ।

    सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।