लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन, आक्रोशित बन्याे बेइजिङ

काठमाडाैं । अमेरिकाले आफ्नो देशका महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा विशाल चिनियाँ बलुनलाई खसालेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले उसका लडाकु विमानहरूले अमेरिकी समुद्री क्षेत्रमा सो बलुन खसालेको बताएको बीबीसीले लेखेकाे छ ।

राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बलुनलाई गोली हानेर खसाइदिने अमेरिकी पाइलटहरूलाई बधाइ दिएका छन् ।

पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको छ ।

तर चीनले मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको उक्त बलुनलाई खसाल्ने कार्यप्रति गहिरो असन्तुष्टि जनाएको छ ।

उक्त बलुन “गैर सैनिक” भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ ।

अमेरिकी टेलिभिजनहरुमा देखाइएका भिडिओमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसिरहेको देखिन्छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७