Tag: नेपाल-भारत

  • दार्चुला घटना सम्बन्धमा पठाइयो ‘कूटनीतिक नोट’

    दार्चुला घटना सम्बन्धमा पठाइयो ‘कूटनीतिक नोट’

    काठमाडाैं । भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

    परराष्ट्र मन्त्रालयले आइतबार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।

    गृह मन्त्रालयले शनिबार सो घट्नाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।

    यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

  • भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्यायाे

    भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्यायाे

    काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ ।

    भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

    चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ ।

    भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

  • दार्चुला घटना : पीडित पक्षलाई भारतीय कम्पनीले दियाे १६ लाख रुपैयाँ

    दार्चुला घटना : पीडित पक्षलाई भारतीय कम्पनीले दियाे १६ लाख रुपैयाँ

    दार्चुला । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का ९ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ती वापतको रकम दिएको छ ।

    शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ती वापत १६ लाख रुपैयाँ उपलब्ध गराएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।

    पीडित परिवार, भारतीय प्रशासन र नेपाली प्रशासनबीच छलफल भएर कम्पनीले मृतकका बुवालाई १६ लाख क्षतिपूर्ती नगद हस्तान्तरण गरेको अध्यक्ष धामीले बताए ।

    कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर शुक्रबार पवनको मृत्यु भएको भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।

    आगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमति समेत भएको छ ।

    –फाइल तस्बिर 

  • भीम रावलको प्रश्न- भारतको ज्यादतीविरुद्ध बोल्न कसले घाँटी अँठ्यायो ?

    भीम रावलको प्रश्न- भारतको ज्यादतीविरुद्ध बोल्न कसले घाँटी अँठ्यायो ?

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकार भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति प्रश्न उठाएका छन् ।

    महाकाली नदीपारि भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रवार विस्फोट गराउँदा दार्चुलाको व्यास गाउँपालिका २ का ९ वर्षीय बालक पवन महराको मृत्युबारे सरकार मौन बसेपछि नेता रावलले असन्तुष्टि पोखेका हुन् ।

    उनले सिमानामा भारतको ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? भनेर प्रश्न गरेका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागि ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ । १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’

  • ‘भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

    ‘भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

    ओलीले फेसबुकमा स्टाटस लेखेर घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

    ओलीले ‘तुइन काटेर गएकाे वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’ भनेर पनि प्रश्न गरेका छन् ।

    नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा ढुंगाले लागेर हिजो दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको ज्यान गएको छ ।

    घटनामा १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय नागरिक घाइते भएका छन् ।

  • प्रहरीकै संलग्नतामा दैनिक २० लाखकाे मदिरा भारत ‘तस्करी’

    प्रहरीकै संलग्नतामा दैनिक २० लाखकाे मदिरा भारत ‘तस्करी’

    बारा । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

    बिहारमा मदिरा पूर्ण प्रतिबन्धित भएदेखि नै बाराको पचरौता नगरपालिकाको सीमावर्ती बजार र गाउँमा मदिराको कारोबार फस्टाएको हो । योसँगै पचरौताका सीमावर्ती नाका हुँदै नेपालबाट घरेलु तथा शिलबन्दी गरिएका मदिरा बिहारमा तस्करीसमेत भइरहेको पाइएको छ ।

    गुलरिया बोर्डरबाट भारतफ जाँदै गरेको अवस्थामा भारतको प्रहरीले केही दिनअघि मदिरासहित एक नेपालि र भारतीय युवकलाई पक्राउ गर्‍याे । पक्राउ परेका युवकले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्वीकारे । उनीहरूको साथबाट भारतीय प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित तथा घरेलु मदिरा बरामद गर्‍यो । यस्तै नेपाल भारतको सीमामा तीन दिन अगाडिमात्रै एक भरतीयको मदिराका कारण मृत्यु भएको थियो । भारतको बिहारमा करिब १० करोड जनसंख्या रहेको छ ।

    नेपाल प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्थानीयले बताएका छन् । प्रहरीले नै मदिरा तस्करीमा सघाउँदै आएको स्थानीए चन्द्रिका यादवले बताएका छन् । ‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरूले नै ‘पास’ हुने समय निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्’,’ यादवले भने, ‘यो कुरा यहाँ धेरैजसो अधिकारीलाई थाहा छ नै, यद्यपि यसबारेमा कसैलाई पनि चिन्ता छैन ।’

    यस्तै अर्का स्थानीए दयालु पासवानले भने, ‘यहाँ बाट दैनिक रुपमा करिब ५ देखि २० लाखसम्मको मदिरा भारत जाने गर्दछ भने शनिबार र आइतबार करिब ५० लाखसम्मको मदिरा भारत जान्छ । जसमा निकै ठुलो मात्रमा घरमा उत्पादन भएको भदिरा जान्छ भने विदेशी ब्रान्डसहित नेपालमै उत्पादन भएका मदिरा उनीहरुको रोजाई भएका कारण भारत निर्यात हुने गर्दछ ।’

    यता प्रहरीभन्दा बढी स्थानिय सरकार मदिरा नियन्त्रण गर्न लागिपरेको देखिन्छ । पचरौता नगरपालिकाबाट भारत मदिरा ओसार पसार भएको समाचारका कारण पचरौता नगरपालिकाको निकै बेइज्जत भएको भन्दै जनप्रतिनिधिहरू यस नाकाबाट मदिराको अवैध कारोबारको अन्त्य गर्न चाहेकाे बताउँछन् ।

    पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले पचरौता नगरपालिकाको दक्षिण सीमा रहेको भारतको बिहार राज्यमा त्यहाँको सीमा हुँदै मदिराको अवैध कारोबार फस्टाएको र नियन्त्रण गर्ने प्रहरीलाई पटक पटक अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको बताएका छन्।

    ‘आफ्ने पालिकाको नाम नै खराब हुने गरि यस पालिकामा मदिरा उत्पादन र भारतमा नियात हुने गरेको छ । हामी यसको अन्त्य चाहान्छाैँ’, नगरप्रमुख जैसवालले भने, ‘मैले पटक पटक प्रहरीलाई अनुरोध गर्दा समेत यसको उत्पादन र निर्यादमा कमि आउन सकेको छैन । पालिकाको क्षेत्राधिकारभित्र पनि यो काम कार्य पर्दैन । तर, जसले गर्ने हो, सो सरोकारवालालाई भने कुनै चिन्ता छैन ।’

    यता ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक देवराज काफ्लेले आफ्नो मातहतमा रहेको प्रहरी चौकी बेल्दारीलाई अवैध घरेलु मदिरा ओसार पसारमा रोक्न निदेशन दिएको बताए । उनले सीमावर्ती क्षेत्रमा रहेका अवैध घरेलु मदिरा भट्टीसमेत पटक पटक नष्ट गरेको र छापा मारेर रक्सी उत्पादनमा प्रयोग गरिने भाँडासमेत बरामद गरिएको बताए ।

    ‘अब काहीँ कतैबाट लुकिछिपी तस्करहरूले ओसार पसार गरेको भए, मलाई थाहा भएन कहिँ कतै भित्रि बाटोमा भयो पनि होला । तर, आफु र आफ्ने मातहतका प्रहरी चौकीले दिनरात नाकामा रहेको हुँदा पहिलाको तुलनामा निकै कमि भएको,’ निरिक्षक काफ्लेले भने, ‘अब स्थानीयले के भने, कसरी भने, त्यसको जवाफ मसँग छैन, प्रहरीको मिलेमतोमा ओसारपसार भएको छैन, कसैले छ भन्छ भने प्रमाण देखाउँदा हुन्छ ।’

    तर, यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएकाे कारण यो अवैध धन्दा न्यूनीकरणको साटो बढेर नै गएको भनि सरोकारवालाहरुले आराेप लगाउने गरेका छन् । सीमा नाकामा प्रहरीको तैनाथी पनि नरहेको होइन । उनीहरूले भारततर्फ मदिरा निकासी गर्न लागेको अवस्थामा कयौं पटक अवैध मदिरा नियन्त्रणमा पनि लिएका छन् । तर, पनि यो अवैध धन्दा कम नहुनुमा मदिरा तस्करीमा ठूलो मुनाफाको हात रहेको अनुमान लगाउन सकिन्छ । नेपालमा खरिद गरेको मदिरा भारतमा तीन गुणासम्म बढी मूल्य लिएर बेच्न सकिने भएका कारण यसमा तस्करहरूको आकर्षण बढेको हो ।

    दिनभरि सीमा नाकानिर मदिरा भण्डारण गर्ने र रातिराति पारी भारततर्फ निकासी गर्ने धन्दा अहिले पनि चलिरहेको छ । भारतबाट लागुऔषध ल्याउने गिरोह पनि उत्तिकै सक्रिय रहेका कारण दुईतर्फी रुपमा यो अवैध धन्दा फस्टाउँदै गएको अवस्था छ । तसर्थ यस प्रकारका अवैध धन्दा बन्द गर्नका लागि प्रहरी प्रशासनले कडाईका साथ प्रस्तुत हुनुपर्ने स्थानीय बताउँछन् ।

  • भारतको सहयोगमा सुनसरीमा दुईवटा विद्यालय परियोजनाको उद्घाटन

    भारतको सहयोगमा सुनसरीमा दुईवटा विद्यालय परियोजनाको उद्घाटन

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको उद्घाटन गरिएकाे छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरे ।

    यी दुई परियोजनामा नेपाल पुलिस स्कुलका लागि निर्मित विद्यालय भवन, छात्रावास भवन तथा खेलकुद मैदान र श्री महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन रहेका छन् ।

    भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख रुपैयाँको लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो ।

    यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

    सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं. १ मा ८० वटा रहेका छन् ।

  • भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

    भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

    काठमाडाैं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।

    पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।

    नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौ देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

  • नेपालले दियाे पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

    नेपालले दियाे पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपालका २ ठूला जलविद्युत आयोजन श्वेतपत्र जारी गरेर भारतलाई दिएको छ ।

    लगानी बोर्डको निर्णयानुसार बिहिबार साँझ उक्त सम्झौतामा हस्ताक्षर भएको हाे ।

    इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी– ६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने लगानी बोर्डको ५१औं बैठकले निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सम्झौता भएको हो ।

    मन्त्रिपरिषदबाट स्वीकृति लिएर बोर्डले सम्झौता गर्न लागेको हो । बोर्डका सीईओ सुशील भट्टको संयोजकत्वमा अध्ययन समिति बनेको र त्यही समितिको प्रतिवेदनअनुसार बिहीबार सम्झौता भएको हो ।

    समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका हुन् ।

    पश्चिम सेती र सेती नदी ६ आयोजना सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुनेछ । यी दुई आयोजना निर्माण गर्न २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको लागि १ अर्ब ४८ करोड डलर र सेती नदी– ६ आयोजनामा ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

  • भारतीय राजदूतावासले काठमाडाैंमा यसरी मनायाे भारतको ७६ औँ स्वतन्त्रता दिवस

    भारतीय राजदूतावासले काठमाडाैंमा यसरी मनायाे भारतको ७६ औँ स्वतन्त्रता दिवस

    काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले साेमबार भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएकाे छ ।

    यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा मनाइएकाे हाे ।

    दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेकाे सम्बोधन पढेर सुनाएका थिए ।

    भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी थिइन् । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गरी उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भइ अघि बढ्न आह्वानसमेत गरेकी थिइन् ।

    यस्तै, कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई २.६५ करोड रुपैयाँ प्रदान गरी सम्मान गरेकाे थियाे ।

    दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत पनि गरेकाे छ । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।

    कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीतलगायतका प्रस्तुति दिएका थिए ।