काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिने कार्यक्रम छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिने कार्यक्रम छ ।
काठमाडाैं । मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बसेको छ ।
नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ । आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ । सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
सरकारमा कुन दलबाट कति मन्त्री भन्ने टुंगो गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन् ।
यस्तै रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पनि सत्ता गठबन्धनको बैठकमा सहभागी छन् ।
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जितेका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।
आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जिते पनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने भरतपुर महानगरप्रमुख रेनु दाहालले बताइन् ।
आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आएका थिए ।
नगरप्रमुख दाहालले भनिन्, ‘‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ ।’
चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस नेता राजन गौतमले प्रचण्ड प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे ।
जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचै वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।
नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताए । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याएकाे स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे । नारायणी तटबन्धजस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।
विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उनी प्रधानमन्त्री भएपछि अझै सहज भएको बताए । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ ।
काठमाडाैं । नयाँ सरकारको प्रधानमन्त्री बन्न मुख्यतः कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवाद छ । दुवैले अबको सरकारमा प्रधानमन्त्री दाबी गरेकाछन् । उनीहरु दुवैमा आलोपालो प्रधानमन्त्री बन्ने कुरामा बिमति नभए पनि पहिलो प्रधानमन्त्री को हुने कुरामा विवाद छ ।
स्वभावतः चुनावको परिणाम र गठबन्धनको प्रमुख नेताको हैसियतमा पहिलो प्रधानमन्त्री हुने देउवाको प्राकृतिक अधिकार हो । उनी सबैभन्दा ठूलो दलको सभापति मात्र होइन संसदीय दलको नेतासमेत हुन् । सरकारको नेतृत्वमा उनको दाबी स्वभाविक हो । तर, तेस्रो दल भएर पनि प्रचण्ड प्रधानमन्त्रीमा दाबी गरिरहेकाछन् । यो अली अस्वभाविक देखिन्छ ।
चुनावअघि आलोपालो प्रधानमन्त्रीको सहमति भएको कुरा उठाउँदै प्रचण्डले पहिलो प्रधानमन्त्री आफू हुनुपर्ने बताइरहेका छन् । यो कुरा उनले प्रधानमन्त्री देउवालाई भेटेरै बताइसकेका छन् । उनले नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसमेत आफ्नो समर्थनमा रहेको भन्दै देउवामाथि दबाब बढाएकाछन् ।
प्रचण्डले अन्य पार्टीका सांसदहरुको समर्थन आफूलाई छ भनेर बार्गेनिङ गर्नु नै उचित देखिँदैन । समाजवादी र स्वतन्त्र पार्टीले प्रचण्डलाई समर्थन गर्ने भनेर अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन् । समाजवादीले प्रचण्डलाई समर्थन गर्नसक्ने सम्भावना भएपनि रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले यसबारेमा कुनै संकेत गरेको छैन । यो अवस्थामा प्रचण्डको बार्गेनिङ तर्कसंगत देखिँदैन ।
कुरा यतिसम्म अघि बढेको छ कि पहिलो नेतृत्व नपाए गठबन्धन टुटाएर एमालेसँग सहकार्य गर्ने हल्ला पनि प्रचण्डले फिँजाएका छन् । यो सरासर गठबन्धनप्रतिको बेइमानी र चुनावमा तेस्रो स्थानमा पुग्दासमेत आफ्नो हैसियत नबुझ्नु हो । यहीबेला एमालेले पनि प्रचण्डलाई प्रयोग गर्ने रणनीति बनाएको छ । गठबन्धन टुटाएर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आश्वासन एमालेले दिएको छ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि प्रचण्ड पहिलो प्रधानमन्त्री नभए गठबन्धन टुट्ने धारणा राख्छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समिति त झन आफनै नेतृत्वमा सरकार गठन गर्ने निर्णय नै गरिसकेको छ । यो अवस्थामा कांग्रेस पछि हट्ने सवाल उठ्दैन । कांग्रेसले त अझ प्रधानमन्त्रीसहित राष्ट्रपतिमा पनि दाबी गरेको छ । कांग्रेसको दाबी स्वभाविक देखिन्छ र यो चुनावको जनादेश पनि हो ।
तर, जुन हिसाबले प्रचण्डको अडान आएको छ यसले मुलुकमा अस्थिरता चाहने शक्तिहरुलाई बल पुग्ने देखिन्छ । प्रचण्डले सुरुमा नेतृत्व नपाए गठवन्धन टुट्छ भनेर चेतावनी दिनुको कारण के हो ? उनलाई सुरुमै प्रधानमन्त्री पद किन चाहिने ? कांग्रेसले भने जस्तै पहिले देउवा, त्यसपछि प्रचण्ड र अन्तिममा माधव नेपाल प्रधानमन्त्री बन्दा के समस्या छ ?
सरकार निर्माणको कसरत चलिरहेकाबेला विदेशी शक्तिहरुको दौडधूप तीव्र भएको छ । राजदूतहरु नेताहरुका घर–घरमा पुगिरहेकाछन् । उनीहरु आफू अनुकुलको सरकार बनाउने मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रमुख मन्त्रालयका मन्त्रीसमेत आफनो इच्छाअनुसार बनाउन चाहिरेका छन् । गठवन्धनभित्र अविश्वास उत्पन्न भए विदेशीहरुका लागि आफनो स्वार्थ पूरा गर्न यो उपयुक्त अवसर हुनेछ ।
गठबन्धनका नेताहरुको मुख्य ध्यान ५ वर्ष स्थिर सरकार दिएर विकास र समृद्धिलाई अघि बढाउने हुनुपर्ने हो । तर, पहिला को प्रधानमन्त्री बन्ने विवादले फेरि अस्थिरता मच्चिने, बीचमै सरकार ढल्ने लगायतका संकेत देखा पर्न थालेका छन् । यसले गठबन्धन र दलहरुप्रति मात्र होइन यो व्यवस्था र नेताहरुप्रति नै वितृष्णा उत्पन्न गराउनेछ ।
प्रचण्ड गठबन्धनको प्रमुख नेता भएकाले मुलुकमा शान्ति, स्थायित्व, विकास र समृद्धिको वातावरण बनाउनु उनको प्रमुख दायित्व हुन्छ । को पहिला प्रधानमन्त्री बन्ने भन्ने झिनो कुरामा उनी अल्झिनु हुँदैन । सबैभन्दा ठूलो दललाई पहिलो, दोस्रोमा आफू र तेस्रोमा माधव नेपाललाई जिम्मा दिने सहमति गरेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ । अन्यथा, उनको ढिपीले मुलुक फेरि भड्खालोमा नजाला भन्न सकिँदैन ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् ।
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेल्ने पनि बताए ।
आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको उनकाे भनाइ थियाे ।
अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने बताए ।
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको चुनाव जित्नुभन्दा पनि अत्याधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार गोरखा नगरपालिका–१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरे ।
‘गोरखामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र हो, दुवै मिलेपछि यसै जितिहालियो, अब के मेहनत गर्नुपर्यो भनेर धेरै ठाउँमा तर्क गरेको सुनेको छु । यसरी सोच्नु सही हुँदैन, जित्ने कुराभन्दा पनि गोरखामा एउटा नयाँ रेकर्ड बनाउने कुरा महत्वपूर्ण छ, अत्यधिक बहुमतले जित्ने भन्ने कुरा महत्वपूर्ण छ’ उनले भने ।
अधिकतम मत खसाएर अत्यधिक बहुमतबाट विजयी गराएर गोरखाले कीर्तिमान बनाए मात्र गोरखामा विकासको महाअभियान सुरु गर्न सकिने उनकाे भनाइ थियाे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नो नट अगेन’ का नाममा दलहरुप्रति वितृष्णा फैलाउने कोसिस भएका टिप्पणी गरेका छन् ।
माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘गणतन्त्र आएर पनि केही भएको छैन भनेर एकथरी मान्छेहरुले धमिलो पानीमा माछा मार्ने गरिकन नो नट एगेन भन्याजस्ता प्रचार गरिरहेका छन् । दलहरुप्रति वितृष्णा फैलाउने कोसिस, यो युगान्तकारी परिवर्तन ल्याउने शक्तिहरुलाई अपमानित गराउने प्रयास, जो भइरहेका छन् । त्यसको मुलमा चाहीँ हामीले नै आफैंभित्र हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् ।
शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए ।
अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए ।
स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् ।
माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् ।
तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताए ।
बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताए ।
बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए ।
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबकाे निर्वाचनमा सेन्टिमेन्टले जित्ने बताएका छन् ।
उपत्यका विशेष प्रदेश समितिकाे कार्यक्रममा साेमबार प्रचण्डले काठमाडाैं महानगरका मेयर बालेन साहकाे जितकाे चर्चासहित उनले सेन्टिमेन्टले चुनाव जितेकाे र माओवादी केन्द्रले बालेनले भन्दा बढी सेन्टिमेन्ट ल्याउने उपाय खाेजिरहेकाे बताए ।
उनले भने, ‘निर्वाचन भनेकाे सेन्टिमेन्ट पनि हाे, बालेनले सेन्टिमेन्टले जिते हामी पनि बालेनले भन्दा बढी सेन्टिमेन्ट ल्याउने उपाय खाेजिरहेका छाैँ ।’
उनले यसअघि चर्चामा रहेका मानिसहरुले चलखेल गरेर जित्ने सम्भावना नदेखिएका कारण नयाँ-नयाँ मानिस ल्याउने पनि बताए । उनले भने, ‘तपाईँहरुले साेच्दै नसाेचेकाे मानिस ल्याउने विचार छ मेराेचाहीँ । त्यस्ताे मान्छे याे गुटकाे पनि हाेइन त्याे गुटकाे पनि हाेइन ।’
प्रचण्डले माओवादीसँग शक्ति कम भएर हाेइन विकेन्द्रीत भएरमात्र कमजाेर जस्ताे देखिएकाे दाबी गरे । उनले अबकाे निर्वाचनबाट माओवादी ठूलाे शक्ति बन्ने दाबी पनि गरे ।