म पनि युवाकालकाे खेलाडी हुँ, खेलमा रुची छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् ।

शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेल्ने पनि बताए ।

आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको उनकाे भनाइ थियाे ।

अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१