• २०८३ असार १०
  • 2026 June 24, Wednesday

बालेनले सेन्टिमेन्टले जिते, हामी बालेनलेभन्दा बढी सेन्टिमेन्ट ल्याउने उपाय खाेजिरहेका छाैँ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबकाे निर्वाचनमा सेन्टिमेन्टले जित्ने बताएका छन् ।

उपत्यका विशेष प्रदेश समितिकाे कार्यक्रममा साेमबार प्रचण्डले काठमाडाैं महानगरका मेयर बालेन साहकाे जितकाे चर्चासहित उनले सेन्टिमेन्टले चुनाव जितेकाे र माओवादी केन्द्रले बालेनले भन्दा बढी सेन्टिमेन्ट ल्याउने उपाय खाेजिरहेकाे बताए ।

उनले भने, ‘निर्वाचन भनेकाे सेन्टिमेन्ट पनि हाे, बालेनले सेन्टिमेन्टले जिते हामी पनि बालेनले भन्दा बढी सेन्टिमेन्ट ल्याउने उपाय खाेजिरहेका छाैँ ।’

उनले यसअघि चर्चामा रहेका मानिसहरुले चलखेल गरेर जित्ने सम्भावना नदेखिएका कारण नयाँ-नयाँ मानिस ल्याउने पनि बताए । उनले भने, ‘तपाईँहरुले साेच्दै नसाेचेकाे मानिस ल्याउने विचार छ मेराेचाहीँ । त्यस्ताे मान्छे याे गुटकाे पनि हाेइन त्याे गुटकाे पनि हाेइन ।’

प्रचण्डले माओवादीसँग शक्ति कम भएर हाेइन विकेन्द्रीत भएरमात्र कमजाेर जस्ताे देखिएकाे दाबी गरे । उनले अबकाे निर्वाचनबाट माओवादी ठूलाे शक्ति बन्ने दाबी पनि गरे ।