Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • आगामी निर्वाचनमा माओवादी दाेस्राे पार्टी बन्न सक्ने रिपाेर्टिङ आएकाे छ, पहिलाे बन्नुपर्छ : प्रचण्ड

    आगामी निर्वाचनमा माओवादी दाेस्राे पार्टी बन्न सक्ने रिपाेर्टिङ आएकाे छ, पहिलाे बन्नुपर्छ : प्रचण्ड

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन् ।

    शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठक सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओवादी दोस्रो हुने आँकलन भएको सूचना आएको दाबी गरेका हुन् ।

    उनले भने,’आगामी चुनावमा पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ । दोस्रोमा माओवादी केन्द्र रहेछ । तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना छ ।’

    संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइसकेको उनकाे भनाइ थियाे ।

    ‘प्रचण्ड’ ले एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण पनि दिएका छन् ।

    माओवादी र समाजवादीबिनै एमसीसी पारित नहुने सन्दर्भमा कांग्रेस र एमाले मिलेर माओवादीलाई केन्द्र र प्रदेश सरकारबाट हटाउनेसम्मको योजना भएको पनि प्रचण्डको भनाइ थियो ।

    यसका लागि कांग्रेसले गठबन्धनसँगै एमालेसँग पनि समानान्तर छलफल चलाएको स्पष्ट रहेको प्रचण्डको भनाइ थियो ।

    यस्तो पृष्ठभूमिमा राजनीतिमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने भएकाले एमसीसीका सन्दर्भमा लिइएको निर्णय सही भइएको पनि बताए । शान्तिप्रक्रियाका कतिपय विषय अझैपनि टुंगोमा नपुगेकाले त्यसका लागि पनि राजनीतिमा सुझबुझपूर्ण निर्णय लिनुपर्ने जरुरी हुने बताए ।

    प्रचण्डले शान्तिप्रक्रिया टुंगिएको अवस्था हुन्थ्यो भने एमसीसीका सन्दर्भमा फरक किसिमको निर्णय लिन सकिने अवस्था रहेको पनि बताए । शान्तिप्रक्रियालाई टुंगोमा पुग्न नदिन अझैपनि अनेकन षड्यन्त्र भइरहेको प्रचण्डको भनाइ थियो ।

  • दाहाल–नेपालबीच भेटवार्ता : गठबन्धन जाेगाउन पर्नेमा जाेड

    दाहाल–नेपालबीच भेटवार्ता : गठबन्धन जाेगाउन पर्नेमा जाेड

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    शुक्रबार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुगेका थिए ।

    भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनकाे भनाइ छ ।

    प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्त्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्ने पार्टीको जोड रहेको उनले स्पष्ट पारे ।

  • गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

    गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् ।

    बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन् । त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे ।

    उनले बुधबार बिहान प्रधानमन्त्रीसंग नभई गृहमन्त्रीसंग भेटवार्ता भएको जानकारी दिए ।संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसंग भेटवार्ता गरेका थिए ।

  • एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

    एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

    काठमाडाैं । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेकाे गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटका अवसरमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ ।

    प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।

  • एमसीसीका कारण गठबन्धन नटुट्ने : प्रचण्ड

    एमसीसीका कारण गठबन्धन नटुट्ने : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

    सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसंग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केहि भन्न नसक्ने तर गठबन्धन भने केहि नहुने बताए ।

    त्यस्तै छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थीतिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए । यसलाई संशोधन गर्न सके त्यसलाई अघि बढाउनुपर्ने आफुले सुझाव दिएको उनले बताए ।

    कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सवै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिए ।

    एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरुसँगको भेटघाट गरेका हुन् ।